This is the online Version of Nispakshya National Weekly Nepali News Paper, Publishing since 1992 from Kathmandu Nepal (now it is on Online Version only) यो राष्ट्रिय साप्ताहिक पत्रिका हामीले नेपालमा १५ बर्ष लगातार प्रकाशन गरेका थियौँ । पहिला बुटवलबाट र पछी काठमाडौंबाट प्रकाशित यो साप्ताहिक अत्यन्त लोकप्रिय थियो र हामी अमेरिका आएपछी प्रकाशन बन्द भएकोमा यसलाई अनलाइन भर्सनबाट प्रकाशित गरिएको छ। Email : rampdkhanal@gmail.com
---------------------------------------------------------------------------------------------------------------Thursday, June 6, 2013
Wednesday, April 10, 2013
Sunday, April 7, 2013
मान्छे यती सम्म सम्बेदनहिन भएर कसरी बाँच्न सक्छन ??
धनगढी
,कैलालीको घुरसुवाकी ६० वर्षकी वृद्धा राजकुमारी राना शुक्रबार बिहान ४
बजे सुतिरहेकी रानालाई लछार्दै बाहिर लगेर अमानवीयता पूर्वक कुटपिट गरेर
दिसापिसाब खुवाए र त्यतिले नपुगेर पूरै कपाल खौरिदिए र निर्वस्त्र पारेर
रुखमा लगेर बाधिदिएछन । यति बर्बर यातना दिइसकेपछि वरपरका छिमेकीसमेत आए
अरे । तर ती सबै रमिते मात्रै भए अरे। मान्छे यती सम्म सम्बेदनहिन भएर कसरी
बाँच्न सक्छन ?????
Thursday, March 28, 2013
Monday, March 18, 2013
Sunday, March 17, 2013
Saturday, March 16, 2013
यो मुलुक प्रचण्ड, विजय गच्छदार, सुजाता कोइराला, हिसिला यमी, आङकाजी शेर्पा र ऋषि धमलाहरूको जिम्मा लगाइदिने हो भने कसो होला ?
- Devprakash Tripathi
यो मुलुक प्रचण्ड, विजय गच्छदार, सुजाता कोइराला, हिसिला यमी, आङकाजी शेर्पा र ऋषि धमलाहरूको जिम्मा लगाइदिने हो भने कसो होला ? निराश मानिसहरू कहिलेकाहीँ यस्तै अभिव्यक्ति दिएर असन्तुष्टि प्रकट गर्ने गर्छन् । मुलुकमा राजनीतीकरणले तीव्र गति लिएको, प्राज्ञिक, बौद्धिक, क्षमतावान, योग्य र इमानदारको भन्दा बाहुबली र कुटुम्बीहरूको उच्च मूल्याङ्कन हुने गरेको, बौद्धिक, तार्किक र विवेकसम्मत विचार–व्यवहार गर्ने मानिस घन्टैपिच्छे अपमानित भइरहनुपरेको, सुण्ड, मुसुण्ड, उद्दण्ड र अधिकांश पाखण्डी दिनहुँ सम्मानित र अभिनन्दित भइरहेको देख्नुपरेपछि असन्तुष्ट मानिसले आफैँसँग प्रश्न गर्न थालेका छन्– यो मुलुक प्रचण्ड, विजय, सुजाता, हिसिला र आङकाजीहरूको जिम्मा लगाएर पलायन हुनुपर्छ कि क्या हो ? ०६३ को ‘युगान्तकारी’ परिवर्तनपछि हजारौँ नेपालीले देश छोडिसकेका छन् भने थप हजारौँले खुट्टा उचालिरहेका छन् । नयाँ पुस्ताका कुनै पनि व्यक्तिले यो देशमा आफ्नो भविष्य देख्न छोडेका छन् । उनीहरूको एउटै सपना पढाइ पूरा गर्ने र देशबाहिर ‘सेटल’ हुने भन्ने मात्र छ । गरिब तथा बेरोजगार युवाहरू रोजगारीका निम्ति विदेशिने क्रम ०६३ पछि गाउँ नै रित्तिनेगरी बढिरहेको बेला योग्य र इमानदारहरूले समेत देश छोड्ने मानसिकता बनाउन थालेपछि नेपाल कतै अयोग्य, अक्षम, लुच्चा, लफङ्गा र जाली–झेलीहरूको धुनी जगाउने अखडामा रूपान्तरित हुने त होइन भन्ने चिन्ता थपिएको छ । नेपाली जनतामा सबैभन्दा आशा जगाउने क्रान्ति २००७ र २०४६ मा सम्पन्न भएका हुन् भन्ने तथ्यमा कसैको विमति रहन्छ भने पनि ०६३ को परिवर्तन नेपालीका निम्ति सर्वाधिक निराशाजनक रहेको परिणामत: सिद्ध भइरहेका छन् । नेपालको एकीकरण र त्यसयता भएका सत्ता–सङ्घर्षका घटनामा जति रगत बगेको थियो त्यसको हजार गुणा बढी रगत बगाएर सम्पन्न गरिएको ०६३ को ‘क्रान्ति’ले रातारात समृद्धिको शिखर चुम्ने यात्राको ढोका खोल्ने अपेक्षा हुनु स्वाभाविक थियो, तर जनताको तातो अपेक्षामा राजनीतिक दलका नेताहरूले पानी खन्याए, देश नबनेकोमा भन्दा पनि कहिल्यै नबन्ने भयो भन्ने निष्कर्षमा प्राज्ञिक र योग्य समुदायलाई उनीहरूले पु-याए । सर्वत्र राजनीतीकरण नै यस किसिमको अवस्था सिर्जना हुनुको मूल कारण बनेको तथ्यहरूले दर्शाएको छ ।
(क) कुनै राम्रो उद्यम या व्यवसायको अनुमतिपत्र पाउन दलविशेषको नेता, कार्यकर्ता तथा ‘प्रभावकारी समर्थन’ हुनैपर्ने अवस्था छ । कदाचित दलीय निकटताबाहिरका कसैले त्यस्तो अवसर पाए भने पनि काम सुरु

Saturday, February 23, 2013
बाह्रबुँदे सम्झौता (२०६२) बाट सुरु भएको एउटा राजनीतिक ज्वारभाटाको करिब पटाक्षेप हुने पृष्ठभूमि तयार

बाह्रबुँदे सम्झौता (२०६२) बाट सुरु भएको एउटा राजनीतिक ज्वारभाटाको करिब पटाक्षेप हुने पृष्ठभूमि तयार भएको छ । ‘महान् जनयुद्ध’ आफैँले सञ्चालन गरेको दाबी गर्ने माओवादीहरू, उन्नाइसदिने जनआन्दोलनको स्वामित्व आफैँमा निहित रहेको ठान्ने राजनीतिक दलहरू, जसले दुई सय चालीस वर्ष लामो शाहवंशीय राजतन्त्र विस्थापित गरी गणतन्त्र घोषणामा समेत आफूहरूले निर्णायक अगुवाको भूमिका निर्वाह गरेको बताउँदै आएका छन्, उनीहरूले एउटा चुनावी सरकार गठन गर्न नसकेपछि गैरराजनीतिक क्षेत्र ‘राजनीतिको जिम्मा लिन बाध्य’ हुने स्थिति बनेको छ । प्रधानन्यायाधीशले चुनावी सरकारको जिम्मेवारी सम्हाल्नुलाई नेपालको इतिहासमा नितान्त नौलो घटनाका रूपमा लिन सकिन्छ । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहद्वारा स्थापित आधुनिक नेपालमा यसअघि गैरराजनीतिक क्षेत्रलाई राजनीतिक कामको जिम्मेवारी यस रूपमा दिइएको पाइन्न । शाह र राणा ‘महाराजा’हरूले सैन्य, मान, पदवी या पोसाक पहिरिएर आफ्नो राजनीति सेनाको बलमा टिकेको जाहेर गर्ने गर्दथे, तर राजा, महाराजा या राजनीतिक गतिविधिमा केन्द्रितबाहेक अन्य कसैको हातमा सत्ताको साँचो कहिल्यै उपलब्ध भएको पाइन्न । जब कि वि.सं. २००७ सालसम्म नेपालमा प्रजातान्त्रिक अभ्यास सुरु हुन सकेको थिएन, राजनीतिमा दलीय अवधारणा निषेधित थियो, तथापि नेपाली राजनीति गैरराजनीतिक क्षेत्रले जिम्मा लिनुपर्ने अवस्था आएको महसुस इतिहासले गरेन । तर, तीनपटक ‘प्रजातान्त्रिक’ आन्दोलन ‘सफल’ भई गणतन्त्रसमेत घोषणा भइसकेको परिप्रेक्ष्यमा राजनीतिक दलहरू राजनीतिक कामको जिम्मा गैरराजनीतिक क्षेत्रलाई सुम्पने निष्कर्षमा पुगे, रहर या
Saturday, February 16, 2013
प्रचण्ड र बाबुरामका पछाडि कुद्ने सोझा साझा इमान्दार कार्यकर्ताले पढ्नु पर्ने एउटा वास्तविक जिबनकथा !

चाँदनी हमाल, चितवन - कम्युनिस्ट गुरु मोहनविक्रम सिंहको स्कुलिङले उनलाई कम्युनिस्ट बनायो। २०३५ सालमै खरो गाउँनेता बने।तत्कालीन महामन्त्री मोहनविक्रमले हाँकेको एकताकेन्द्र मशाल हुँदै कम्युनिस्ट पार्टी अँगालेका रोल्पा थवाङका ५५ वर्षीय कमलबहादुर रोक्का त्यसयता निरन्तर कम्युनिस्ट राजनीतिमा सक्रिय छन्। समय क्रममा थुप्रै कम्युनिस्ट पार्टी उमि्रए। जनयुद्धअघि नै माओवादी रोजेका रोक्काले युद्धकालमा ठूला नेतालाई घरमै राखेर भात पनि खुवाए। क्यान्सरले थलिएका उनी अहिले उपचारमा सहयोग खोजिरहेका छन्, सघाउने न कम्युनिस्ट भेटिन्छन्, न गैरकम्युनिस्ट कुनै दाता। 'पहिले-पहिले मोहन वैद्य र रामबहादुर थापा मेरै घर आएर बस्थे, म भात पकाएर खुवाउँथेँ,' उनले सम्भि्कए, 'प्रचण्ड पनि युद्धकालमा आएका थिए।'
Thursday, February 14, 2013
Tuesday, February 12, 2013
केपी दाइले भन्नुभयो– "सानै भए पनि तैँले मलाई जिन्दगी दिइस्, धन्यवाद । तेरो जिद्दीले आखिर मलाई बचाउनै लेखेको रहेछ है"
केपी ओलीलाई किड्नी दिएँ, धन्य भएँ
-टीका विष्ट
मुलुकभर संविधानसभा निर्वाचनको चटारो चलिरहँदा एमालेनेता केपी शर्मा ओली रोगसँग लडिरहेका थिए । ०६२×/०६३ को
आन्दोलन सफल भएर देशले दशकौं लामो द्वन्द्वबाट मुक्ति पाउँदा ०६४ को
वैशाखदेखि उनीचाहिँ ओछ्यान परे । मुलुकको मुक्तिका लागि कलिलो उमेरमै
जेलजीवन स्वीकारेका उनी यसपटक आफ्नै कमजोर शारीरिक अवस्थाविरुद्ध संघर्ष
गरिरहेका थिए । शासन, विचार र पद्धतिविरुद्धको लडाइँ र रोगसँगको लडाइँबीच
आकाश–पातालको फरक थियो । असारमा त झनै थला परे । भेट्न आउने शुभेच्छुकहरूको
भीडले उनलाई घेरिरहेको हुन्थ्यो । आउनेहरूले ल्याएका फलफूलसमेत खान नसक्ने
गरी थलिएका उनका दुवै ‘किड्नी’ काम नगर्ने अवस्थामा थिए । शरीर सुन्निँदै
थियो । डाक्टरहरूले उनलाई पहिलेजस्तै बनाउन किड्नी फेर्नुपर्ने अनिवार्यता
प्रस्तुत गरेका थिए । किड्नीको खोजी हुन थाल्यो । नजिकका आफन्त, नेता, कार्यकर्ता र
प्रशंसकहरू उनलाई आफ्नो किड्नी दिन तम्सिए । थुप्रैले रगत परीक्षण पनि गराए
। बाहिरबाट लिँदा विवाद हुन सक्ने देखेपछि परिवारभित्रैबाट किड्नी खोजी
गरियो । तर, उनकी पत्नी राधिकाको रक्तसमूह नै ‘म्याच’ गरिदिएन । सहोदर भाइ
जयको किड्नी पनि नमिल्ने भयो । ओलीका ठूलो बुबाको छोरा ताराले परीक्षण
गराए, त्यो पनि काम लागेन । यी सबै अवस्था नियालिरहेकी अञ्जान घिमिरेको
मनमा लागिरहेको रहेछ– ‘कतै मेरो Monday, February 11, 2013
Tuesday, February 5, 2013
वर्षौंदेखि माओवादी एजेण्डाका पछिपछि कुदिरहेको काङ्गे्रस अहिले पनि समीक्षाका लागि तयार हुँदैन भने !

खोल न काङ्गे्रस आँखा खोल !
विश्वमा प्रचलित प्रजातन्त्रको पहरेदार पार्टी नेपाली काङ्गे्रसको आँखा दशक नाघिसक्दा पनि नखुल्दा काङ्गे्रस मात्र सङ्कटग्रस्त अवस्थामा पुगेको छैन, प्रजातन्त्र, विकास, शान्ति, स्थिरता र समृद्धि प्राप्तिको जनआकाङ्क्षा पनि अवरुद्ध बनेको छ । टुँडिखेलमा ठडिएको जंगबहादुरको शालिक त होइन नि काङ्गे्रस ज्यान भएको प्राण नभएको, हो कि भन्ने पर्न थालिसकेको छ । नेपाली जनतालाई प्रजातन्त्रको निम्ति जगाउने काङ्गे्रस, राज्यप्रति जनताको आस्था र आशा जगाउनुपर्ने काङ्गे्रस, राष्ट्रियता र राष्ट्रिय एकताको विगुल फुक्ने काङ्गे्रस घाटेवैद्यको अघिल्तिर लम्पसार सुताइएको बिरामीजस्तो भइदिँदा बाँच्नेहरूमा व्याकुलता बढिसक्यो, अवाञ्छित गतिविधि र अनर्गल प्रलापहरूको आँधी–बेहरी चलिसक्यो, आस्था र एकताका धरोहर एकपछि अर्को गर्दै ढलिसक्यो, त्यसैले काङ्गे्रस आँखा खोल र उठ जाग । मृत्युमात्र पर्खिएको हो भने भन, ‘अब म परम्धामतर्फको यात्रा तय गर्दै छु, मेरोप्रतिको आस्था, विश्वास र भरोसा त्याग ।’Tuesday, January 22, 2013
कली युग हे मेरे यार !!!
- By Ram Prasad Khanal
हरकिसीको विश्वाश मत करो, जमाना खराब हे
तुम जिसको अपना समझते हो, ओ शराब हे
पिछे से छुरी धस्नेवालोको, दोस्त नही कहेते हैं
खुशी मे जित्ना भि, दु:खमे भाग्तेहेँ, नही रहेते हैं
ईसीको आजकालके जमानामे, दोस्ती कहेतें हैं !
तुम जिसको अपना समझते हो, ओ शराब हे
पिछे से छुरी धस्नेवालोको, दोस्त नही कहेते हैं
खुशी मे जित्ना भि, दु:खमे भाग्तेहेँ, नही रहेते हैं
ईसीको आजकालके जमानामे, दोस्ती कहेतें हैं !
धोका पाने के बाद समझ समझकर, रोते रहेते हैं
नक्कलीयोँके खातिर सक्कलियोँ को खोतेँ रहेते हैं
नक्कलीयोँके खातिर सक्कलियोँ को खोतेँ रहेते हैं
कली युग हे मेरे यार हर चिजमे, उल्टी चलरही हे
पापियों और दुस्टोँकी बस्तिमे दिये जल रहि हे !
पापियों और दुस्टोँकी बस्तिमे दिये जल रहि हे !
Wednesday, January 16, 2013
प्रचण्ड–बाबुरामहरूको औचित्य पनि अन्ततः सदाका निम्ति समाप्त हुनेमा शङ्का गरिरहनुपर्ने छैन - देवप्रकाश त्रिपाठी
पत्रकार डेकेन्द्र थापाका हत्याराहरू पक्राउ परेपछि माओवादी कित्तामा गम्भीर कम्पन पैदा भयो। दश वर्ष लामो हिंसात्मक युद्धकालमा आफूहरूबाट भए–गरेका कामकारबाही कुन हदसम्म अमानवीय र आपराधिक चरित्रका थिए भन्ने तथ्यबोध स्वयम् कर्ताहरूमा भएको सङ्केत सरकारी तथा गैरसरकारी कित्ताका माओवादीहरूबाट प्रस्तुत व्यवहारले दिएको छ। माओवादी सशस्त्र सङ्घर्ष, वास्तवमा जनता र देशका लागि नभई सर्वसत्ता या सत्ताका लागि भएको जगजाहेर छ। हिंसाको एक दशक बित्नै लाग्दा उनीहरूमा सुरक्षित अवतरणको पिरलो थियो। तत्कालिक राजा ज्ञानेन्द्रले शासनसत्ता आफूमा केन्द्रित गरेपछि क्रियाशील राजनीतिक दलहरू माओवादीसमेत समेटेर शक्ति जुटाउन बाध्य भए। राजनीतिक दलहरूको बाध्यता माओवादीका निम्ति अवसर बनेर प्रकट भएको थियो। गिरिजाप्रसाद कोइरालाले हात दिए, सत्ताका प्यासी प्रचण्डले कोइरालाले दिएको हात यसरी पक्रिए कि कालान्तरमा कोइराला नै हातविहीन हुन पुगे, कुनै न कुनै रूपले सत्ताका मालिक प्रचण्ड–बाबुराम हुँदै आएका छन्। खुला राजनीतिमा आएर सत्ता केन्द्रमा रहँदा पनि माओवादी कित्ताले सुरक्षित महसुस गर्न सकिरहेको छैन। आफूहरूद्वारा खास कालखण्डमा भएका अमानवीय एवम् जघन्य अपराधको बदला कसैले कुनै कुनाबाट लिने हुन् कि भन्ने त्रास कार्यकर्तामा भन्दा नेतृत्वपङ्क्तिमा ज्यादा देखिन्छ। त्यसैले माओवादी कित्ताको नेतृत्व द्वन्द्वकालका सबै घटना सबैले बिर्सिदिऊन् भन्ने चाहना राख्दछन्। जब कि कसैले बिर्सन सक्ने व्यवहार त्यसबेला माओवादीबाट भएकै थिएन, नेपालको इतिहास र विश्व मानव सभ्यताको इतिहासमा एउटा विष्मयकारी कालखण्डका रूपमा स्मृत भइरहने माओवादी युद्धको घाउ जति बिर्सन खोजे पनि चहर्याउने प्रकारकै रहेको मानिन्छ। द्वन्द्वकालमा सर्वसाधारण नागरिक र राज्यपक्षीय व्यक्तिहरूले मात्र सास्ती पाएका भने अवश्य होइनन्, परिवर्तनको सुन्दर
सपनासहित कुनै न कुनै रूपले युद्धमा सहभागिता जनाउनेहरूले पनि ठूलो कष्ट र क्षति व्यहोरेका थिए। देशमा प्रजातान्त्रिक शासन पद्धति थियो, जनताको विश्वास जित्नसक्ने जो–कसैलाई सत्तामा पुर्याउन सकिने राजनीतिक प्रणाली थियो। सत्ता केन्द्रमा पुग्न भीमसेन थापा र जंगबहादुर रणााले झैं छलपकट र हिंसाको सहारा लिनुपर्ने अवस्था किञ्चित छँदै थिएन। शान्तिपूर्ण रूपमा विरोध या असहमति जनाउने, दल खोल्ने, चुनाव लड्ने, जनतामा जाने र सत्तामा पुग्नेलगायतका सबै अधिकार सबैलाई उपलब्ध भएका बेला हिंसात्मक
Friday, January 11, 2013
Monday, January 7, 2013
एक नेपाली नरबहादुर टन्डनले क्यानडा र अमेरिकामा चल्ने आफ्नो ट्रकमा नेपाल झल्काउने विभिन्न तस्बिर अंकित गरी पर्यटन प्रबर्द्धनको सुरुवात
एक
नेपाली नरबहादुर टन्डनले क्यानडा र अमेरिकामा चल्ने आफ्नो ट्रकमा नेपाल झल्काउने विभिन्न
तस्बिर अंकित गरी पर्यटन प्रबर्द्धनको सुरुवात गरेका छन्। उनले ५३ फिट लामो
१८ पांग्रे ट्रकको बायाँ भागमा पशुपतिनाथ मन्दिर, गैंडा, बाघ, ताल,
जंगललगायतका तस्बिर राखेका हुन्। क्यानडा बसोबास गरिरहेका नरबहादुर टन्डनले
यसका लागि ५ हजार ५ सय क्यानेडियन डलर (करिब पाँच लाख रुपैयाँ) खर्च गरेको
बताए।
युवाले जोखना नहेर - नारद गौतम
पार्टीका सब हालचाल बुझियो, नेता पनी भोगियो ।
यिन्का शक्ति र बुद्धिबर्कत सबै जान्यौँ पूरै देखियो ।।
केही छैन खुबी दिमाग यिनको खाली छ निस्तेज छ ।
कुर्चीमोह छ मात्र देश दुनियाँ बुझ्दैन खै? शून्य छ ।।
पार्टीमा जबसम्म यी अबुझको नेतृत्व चल्ने छ नि ।
त्यो बेतालक हेर यो मुलुकमा सुध्रन्न केहीपनि ।।
जस्ले हाँक्न सकेन देश त्यसको बाटो नहेरौँ अब ।
पार्टी हाँक युवा मिलेर अनि पो यो देश बन्ला तब ।।
जो जो छन् मतिदृष्टिहीन अघिका बूढा पूराना जति ।
तिन्कै कारणले दुख्यो मुलुक यो छेके अघिल्लो गति ।।
तिन्को सोंच, विचार, चिन्तन सबै छोंटो छ संङ्कीर्ण छ ।
त्यस्ताका भर पर्न हुन्न अब ता यो हो कुरा प्रश्ट छ ।।
सुध्रन्नन् अब ती जिना मनहरू बानी त्यही नै बस्यो ।
बोधो बुद्धि छ तीक्ष्ण छैन परको देख्दैन रोगै पस्यो ।।
यो बिग्य्रो यसरी बनाउँन पर्यो, आउन्न यो अक्कल ।
सक्थे सोंच्न भने त आज यसरी पर्थ्यो र यो मुश्किल ।।
व्यर्थै हो अब आश गर्नु तिनका गर्नेजति मूर्ख हौँ ।
माया मोह नराख है बुझ कुरा राख्ने स्वयं मूढ हौँ ।।
हेर्नै व्यर्थ छ जोखना उठ युवा यो भन्छ यो देशले ।
तिम्रै बुद्धि र शक्ति सीप-हुपको खोजी गऱ्यो देशले ।।
यो नौलो युग हाँक्ने सक्नि क्षमता राख्ने युवा मात्र छौ ।
पैलेका सब थोत्रिए अब तिमी मात्रै त सत्पात्र छौ ।।
तिम्ले राम नहेर देश यसरी बन्दैन हेऱ्यौ भने ।
तिम्ले आँट गऱ्यौ भने मुलुक यो फेरिन्छ फेऱ्यौ भने ।।

Saturday, January 5, 2013
Sunday, December 30, 2012
अक्सफोर्डबाट ग्राजुएट बेलायतकी एम्मा ओबिच पछिल्लो १३ वर्षदेखि वेल्शहिलको जंगलमा माटोको झुपडीमा बस्दै !!!

- Jhon Ghotane Gurung
अक्सफोर्डबाट ग्राजुएट बेलायतकी एम्मा
ओबिच पछिल्लो १३ वर्षदेखि वेल्शहिलको जंगलमा माटोको झुपडीमा बस्दै आएकी
छिन् । उनको तत्काल शहर बसाई सर्ने कुनै योजना पनि छैन् ।५८ वषिर्या एमा आफ्नो गुजारा चलाउन खेती गर्छिन् र प्रकृतिको अध्ययन गरिरहेकी छिन् । सरकारसँग जमिनसम्वन्धी एक विवादपछि
उनी पहाडमा गएर बस्न थालेकी हुन् । उनी बस्ने स्थानमा न त कुनै ग्याजेट छ न विद्युत नै । जब उनको छोरा उनलाई भेट्न जान्छन्, मोबाइल र ल्यापटप नल्याउन भन्छिन ।उनको
झुपडीमा तीन बाख्रा छन् भने ७
वटा Tuesday, December 25, 2012
Monday, December 24, 2012
Sunday, December 23, 2012
बाबुराम मण्डलीको सत्तामोह र अबको निकास
-कृष्ण पौडेल
प्रमुख
राजनीतिक दल र शीर्षस्थ नेतृत्वको बोली र व्यवहारमा देखिएको चरम असंगतको
कारण नेपाली राजनीति पुन: दुर्घटनातर्फ उन्मुख छ । प्रतिगमन वा अधिनायकवाद र
असफलताको दिशातर्फ मुलुक धकेलिएको छ । परिणामत: मुलुकको सार्वभौमिकता,
अखण्डता, राष्ट्रिय हित र अग्रगमन डरलाग्दा जोखिमहरूले घेरिएको छ । राजनीति
र राजनीतिक नेतृत्वप्रति आमनागरिक पंक्तिको विकर्षण र घृणा जागेको छ र
अनपेक्षित रूपमा सर्वोच्च आकार ग्रहण गरिरहेको छ । गत हप्ता मुलुक सहमतिको निकटतम् अवस्थामा पुगिसकेको थियो । राजनीतिक
दलहरूबीच संवाद, सहकार्य र सहयात्राका सम्भावनाहरू नजिक बनेका थिए ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्षस्थ नेताहरूले सहमतिको अन्तिम
बिन्दुमा पुगेको दाबी गरेका थिए । सहमतिको संकेत देखिँदाकै अवस्थामा
आमनागरिकमा एकखालको विश्वास र उत्साह सिर्जना भएको थियो । एमाओवादी
Friday, December 14, 2012
षड्यन्त्रै षड्यन्त्रको पृष्ठभूमिबाट गुज्रिएको नेपाली राजनीति २१औँ शताब्दीको प्रारम्भसम्म आइपुग्दा पनि षड्यन्त्रमुक्त हुन सकेन !
- देवप्रकाश त्रिपाठी
षड्यन्त्रै षड्यन्त्रको
पृष्ठभूमिबाट गुज्रिएको नेपाली राजनीति २१औँ शताब्दीको प्रारम्भसम्म
आइपुग्दा पनि षड्यन्त्रमुक्त हुन सकेन । पात्र र शैली परिवर्तन भए पनि
प्रवृत्ति र व्यवहार दुई शताब्दीपूर्व जस्तो प्रकारको थियो अहिले पनि
त्यसमा कुनै बदलाव आएको छैन । त्यसबेला भीमसेन थापा, जंगबहादुर राणा,
वीरशमशेर र राजेन्द्रलक्ष्मीहरू षड्यन्त्रका ‘नायक’ बनेका थिए र तिनले
सत्ता केन्द्रमा रहन जसरी षड्यन्त्रका ब्यूह रचना गर्दथे ठीक त्यही शैलीको
षड्यन्त्रको सिकार आधुनिक नेपालको राजनीतिले बन्नुपरिरहेको छ– एक्ला ‘नायक’
बनेका छन् प्रचण्ड । विगतका षड्यन्त्रकथकहरू सीधै सत्तामा पुग्न र प्राप्त
हैसियत जोगाइराख्न आफ्नै नाममा षड्यन्त्र गर्थे, तर २१औँ शताब्दीको
षड्यन्त्र जनताको नाममा कथिएको छ । हत्या, धोखाधडी र चालबाजी हिजो पनि
रचिन्थ्यो र आज पनि रचिँदै छ, तर फरक यत्ति छ अहिले मर्नेहरू जनताका नाममा
मरेका छन् र मारिनेहरू पनि जनताकै नाममा जब कि थापा, पाँडे या राणाहरू
आफ्नै नाममा मार्ने–मारिने गर्दथे । मुलुक एकीकरणका क्रममा तात्कालिक राजा पृथ्वीनारायण शाहले के–कस्ता
षड्यन्त्र र दाउपेच थिए भन्ने विषयलाई कतिपय राजनीतिकर्मीले आफ्नो उपस्थिति
जनाउन बुद्धि–विलासको सन्दर्भ बनाएका Saturday, December 1, 2012
Wednesday, November 21, 2012
Sunday, November 4, 2012
Subscribe to:
Posts (Atom)