Saturday, July 23, 2011

प्रधानमन्त्रीको कार्यालयमा गरिएको बम आक्रमणमा ७ जनाको मृत्यु, छुट्टाछुट्टै आक्रमणमा ९१ को मृत्यु

ओस्लो/ नर्वेमा गरिएका दुई छुट्टाछुट्टै आक्रमणमा ९१ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री कार्यालयमा बम आक्रमण गरेको केहि समयपछि राजधानी बाहिर युथ क्याम्पमा एक बन्दूकधारीले गोली हान्दा ८४ जना मारिएका छन् । यसअघि प्रधानमन्त्रीको कार्यालयमा गरिएको बम आक्रमणमा ७ जनाको मृत्यु भएको थियो । उटोइया द्धीपमा पुलिसको पोशाकमा एक व्यक्तिले लेबर पार्टीको यूथ क्याम्पमा सहभागी युवाहरुमाथि अन्धाधुन्ध गोलि प्रहार गरेका थिए । यो गोलाबारीमा कैयौं घाइते भएका छन् पुलिसले मृत्यु हुनेहरुको सङ्ख्या बढ्न सक्ने बताएका छन् । यसैबीच पुलिसले संदिग्ध हमलावारलाई गिरफ्तार गरेको छ । नर्वेका नागरिक आन्द्रे बेहरिङ्ग ब्रिविकलाई आक्रमणमा संलग्न भएको आशंकामा हिरासतमा राखिएको छ । यता प्रधानमन्त्री येस स्ताल्र्टवर्गले स्थिति धेरै गम्भीर रहेको भन्दै आक्रमणलाई कायरता र लोकतन्त्र विरुद्धको आक्रमणको संज्ञा दिएका छन् । यता प्रधानमन्त्रीको कार्यालयमा भएको आक्रमणमा क्षत्रि्रस्त भग्नावशेषहरुमा मानिसहरु रहेको हुन सक्ने बताइएको छ । प्रहरी तथा राहतकर्ताहरुले घाइतेहरुको उद्दार गरिरहेका छन् । नर्वेमा भएको आक्रमणको विश्वभरका नेताहरुले आलोचना गरेका छन् । अमेरिकाका राष्ट्रपति बराक ओबामा, फ्रान्सका राष्ट्रपति निकोल सरकोजी तथा बेलायतका विदेश मन्त्री विलियम हेगले नर्वेमा भएको आक्रमणको भर्त्सना
गरेका छन् ।

क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि ! August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, केही  कृयासिल अन्य संस्थाहरुको सह - आयोजनामा अमेरिकाको मनाससमा तीज महोत्सब हुँदै ! 

अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

हाम्रो यस पटकको थप आकर्सण : 
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता
 *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता 
       
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।

यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा  । 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा 
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको  

आयोज
अन्तराष्ट्रिय कलाकार मँच  
 
सह-आयोजक :

* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  

*डिसी नेपाली समाज,

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 

अमेरिका नेपाल चौपारी, 

नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका  

Nepalese American Women Helping Hands   


International Media House


 रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि  सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै  सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं ।  उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ। हामीले August 27, Saturday मा तीज महोत्सब September 1 मा तिजे पञ्चमीका दिन दिदी बाहिनिहरुलाइ पूजाको समेत ब्यबस्था गर्दैछौं । धन्यवाद !

Our Teej Mahotsab's  Media Partners :  

Sagarmatha Television 
Biswa parikrama pachhik 
http://www.nepalmother.com/
www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
www.janapukar.com 
                                                                    ***************
                                                       
                                                                      भबदीय

- रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
703-419-0924
for more detail please visit  our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net,
nepalmother.com. janapukar.com

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

No comments:

Post a Comment