Wednesday, July 27, 2011

झलनाथ खनाल लाई प्रधानमन्त्रीबाट नहटाए सम्म सँसद चल्न नदिने निर्णयमा कङ्रेस, साना १२ दललाई सहयोग गर्न अपिल

प्रधानमन्त्रीको राजीनामाको मागसहित पाँचबुँदे सहमति कार्यान्वयनमा जोड दिएको नेपाली काँग्रेसले संसदमा रहेका साना दलसँग आफ्नो अभियानमा साथ दिन आग्रह गरेको छ । कांग्रेस संसदीय दलकको कार्यालय सिंहदरबारमा भएको साना दलसँगको छलफलमा नेपाली काँग्रेसले शान्ति प्रक्रियाको कार्यान्वयन, संविधान लेखनसहितको पाँचबुँदे सहमति कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको थियो । छलफलमा राष्ट्रिय जनशक्ति, राष्ट्रिय प्रजातन्त्र पार्टी, चुरे भावर, समाजवादी दलसहितका एकदर्जन साना दल सहभागी थिए ।
छलफलमा कांग्रेस उपसभापति एवम् संसदीय दलका नेता रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह र सचिव महेन्द्रध्वज जिसीले पाँचबुँदे सहमति कार्यान्वयनका लागि आग्रह गरेका थिए । पौडेलले पाँचबँुदे सहमति कार्यान्वनयका लागि सबै राजनीतिक दलसँग सहयोगका लागि आग्रह गरिएकामा वार्तामा सहभागी दलहरु सकारात्मक रहेको जानकारी दिए । कांग्रेसले पाँचबँुदे सहमति कार्यान्वयनको माग राख्दै सोमबारदेखि संसदमा लगातार अवरोध गर्दै आएको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले पनि पाँचबुँदे कार्यान्वयनका लागि आवश्यक सबै खालका दबाबमूलक कार्यक्रम सञ्चालन गर्न संसदीय दललाई निर्देशन
दिएको छ । >>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि ! August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, केही  कृयासिल अन्य संस्थाहरुको सह - आयोजनामा अमेरिकाको मनाससमा तीज महोत्सब हुँदै ! 

अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

हाम्रो यस पटकको थप आकर्सण : 
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता
 *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता 
       
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।

यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा  । 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा 
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको  

आयोज
अन्तराष्ट्रिय कलाकार मँच  
 
सह-आयोजक :

* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  

*डिसी नेपाली समाज,

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 

अमेरिका नेपाल चौपारी, 

नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका  

Nepalese American Women Helping Hands   


International Media House


 रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि  सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै  सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं ।  उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ। हामीले August 27, Saturday मा तीज महोत्सब September 1 मा तिजे पञ्चमीका दिन दिदी बाहिनिहरुलाइ पूजाको समेत ब्यबस्था गर्दैछौं । धन्यवाद !

Our Teej Mahotsab's  Media Partners :  

Sagarmatha Television 
Biswa parikrama pachhik 
http://www.nepalmother.com/
www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
www.janapukar.com 
                                                                    ***************
                                                       
                                                                      भबदीय

- रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
703-419-0924
for more detail please visit  our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net,
nepalmother.com. janapukar.com

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

No comments:

Post a Comment