कपट, तिकडम र महत्त्वाकांक्षाबाट सञ्चालित राजनीति अक्सर छोटो अवधिका लागि मात्र कोरिएको हुन्छ । किनकि त्यसमा कुनै व्यक्ति, उसको समूह या दलको तात्कालिक स्वार्थ सर्वोपरी हुने गर्छ, यद्यपि त्यस्तो राजनीतिले मुलुक र समाजलाई दीर्घकालीन र अक्सर प्रतिकूल रूपमा असर पारेकै हुन्छ । ०६२/६३ को आन्दोलनपछिको राजनीतिक परिवर्तनमा प्रजातन्त्रको दरिलो पुनस्र्थापना मुख्य माग रहे पनि आन्दोलनपछिको राजनीतिक व्यवस्थापन, नेतृत्व र सत्ता बाँडफाँडमा माओवादीको दलीय र गिरिजाप्रसाद कोइरालाको व्यक्तिगत महत्त्वाकांक्षाले राष्ट्रिय जीवनमा सर्वाधिक महत्त्व पाएपछि शान्तिप्रक्रिया, प्रजातन्त्र र आर्थिक समृद्धिको नाराले प्रतिबद्धताविनाको राजनीतिको स्वरूप लिन पुगेको हो ।
मुलुकभित्र त्यो परिवर्तनसँग जोडिएको 'नागरिक समाज र सञ्चारमाध्यमसमेत त्यही महत्त्वाकांक्षाको अनुमोदनमा निर्लिप्त भएपछि कोइराला र माओवादी गठजोडलाई खबरदारी गर्ने प्रभावकारी संस्था या आवाज नै नरहेको आभास हुन थाल्यो मुलुकमा । यस्तो अवस्थामा अन्तर्राष्ट्रिय जगतको अधिकांश हिस्सा नेपालमा कुनै पनि किसिमले प्रभुत्व बढाउने अभियानमा खुलेरै लाग्न थाल्यो । ती दुईलाई समर्थन गरेबापत जे पनि गर्न सकिन्छ भन्ने हिसाबले उसले सुरक्षा निकायमा सुधारदेखि आफ्ना कार्यक्रमको कार्यान्वयन र त्यसका लागि आवश्यक रकमको विनियोजन आफ्नै हिसाबले तथा अपारदर्शी र जवाफदेहिताविहीन किसिमले गर्न थाल्यो । बलिया व्यक्ति र बलिया दल अनि कमजोर र निस्तेज राज्य स्थापनामा कोइराला-माओवादी महत्त्वाकांक्षा, नागरिक समाज र सञ्चारको द्वैध मान्यतायुक्त भूमिका अनि अधिकांश अन्तर्राष्ट्रिय शक्तिहरूको अपरादर्शी र हेपाहा रबैया बढी जिम्मेवार साबित हुन गए । तर, त्यो अवधिभित्रै नेपालका प्रमुख राजनीतिक शक्ति, दल र व्यक्तित्वहरू नैतिक रूपमा टाट पल्टेको र पूर्व रूपमा जनताको समर्थन गुमेको
लज्जाजनक उदाहरण पनि बन्न पुगे । विकल्पको राजनीतिक शक्ति मानिएको एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) समेत व्यक्तिगत महत्त्वाकांक्षा र तिकडमको राजनीतिले पर्यायजस्तै बन्न पुगेको छ । अब यसपल्टको रस्साकस्सीमा प्रचण्डको संसदीय दल र एमाओवादीको नेतृत्व जोगाउन सफल भए पनि उनले जैविक हैसियत र पार्टीभित्र तथा बाहिरको सम्मान पूर्ण रूपमा गुमाएका छन् । नैतिक, संवैधानिक र राजनीतिक रूपमा प्रधानमन्त्री झलनाथ खनालले मान्नै नसक्ने गरी २४ जना आफ्ना मन्त्रीहरू राख्न आग्रह गरेर प्रचण्डले शासन व्यवस्था तथा राज्यलाई बिर्ता र आफू त्यसको एक्लो 'जिम्मावाल' रहेको सन्देश दिएका छन् । संसद्मार्फत तत्काल राजीनामा दिने घोषणा सात हप्ताअघि नै गरिसकेका प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् व्यापक रूपमा विस्तार गर्न दबाब दिनुलाई नैतिकताको उपहासको पराकाष्ठा मात्र मान्न सकिन्छ । तर, भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिएको गौरवशाली क्षणमा 'वैकल्पिक राजनीतिक शक्तिभित्रका वैकल्पिक नेतृत्व मानिएका बाबुराम भट्टराईले समेत त्यसका पक्षमा वकालत गरे । 'मन्त्रिपरिषद्लाई बढी समावेशी' बनाउन त्यसो गरिएको उनको दाबी थियो । यो प्रस्ताव कार्यान्वयन नभएको अवस्थामा प्रचण्डले एउटा जिम्मावालकै हैसियत र शैलीमा मोहन वैद्य किरण, भट्टराई, बादल र नारायणकाजी श्रेष्ठ प्रकाशलाई गुथाएको नयाँ जिम्मेवारीको पगरी पनि व्यवहारमा लागू नहुने खतरा सबैले देखेका छन् । त्यसैले अरूको भन्दा भट्टराईको छटपटाहट बढी हुनु अस्वाभाविक हैन ।
यो सम्पूर्ण प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री कृष्णबहादुर महरा एउटा अपवादका रूपमा देखा परेका छन् । तर, सिद्धान्तको राजनीतिको अवसान हुँदै गएको माओवादीभित्र आगामी दिन उनका लागि कति सहज होला हेर्न बाँकी छ । महराको राजनीतिक भविष्य जे भए पनि प्रचण्ड राजनीतिक पतनतर्फ बढ्दै छन् । यसपल्टको जिम्मेवारी बाँडफाँडपछि उनले आफ्नो नेतृत्व सुरक्षित भएको महसुस गरेका होलान् कमसेकम १४ भदौसम्म, तर रेडियो मिर्मिरेलाई उनलाई 'ब्ल्याक आउट' गर्नु, झलनाथ खनालले उनको प्रस्ताव मान्न नसक्नु र नयाँ जिम्मेवारी पाएका आफ्नै दलका नेताहरूले आफू फेरि नेतृत्वबाट ठगिएको महसुस गर्नु उनका लागि अपशकुन साबित हुनेछ ।
तर, यो संकट माओवादीभित्र मात्र सीमित छैन । एमाले निरीह बनेको छ । निस्तेज प्रधानमन्त्रीको लाचार छाया बनेको छ एमाले दल । नेपाली कांग्रेसमा सभापति सुशील कोइरालाका दुई पि्रय पात्र महासचिव कृष्णप्रसाद सिटौला र उपसभापति रामचन्द्र पौडेलको शीतयुद्ध चर्किएपछि पौडेलको संसदीय दलको नेतृत्व संकटमा पुगेको छ । राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेस यता आएर अविश्वसनीय शक्ति बन्न पुगेको छ । प्रजातन्त्रका लागि ऊ अझै पनि लड्न सक्छ भन्ने विश्वास मुलुकभित्र र बाहिर कमैलाई छ । उता मधेसवादी दलहरूमा चोइटिने प्रक्रिया र गतिले तीव्रता पाएको छ । त्यहाँका नेताप्रति मधेसमा तीव्र आक्रोश त छँदै छ, त्योसँगै उनीहरू मधेस र त्यहाँका जनताका लागि राजनीति गरिरहेका छैनन् भन्ने आमधारणा पनि बढ्दो छ । यो प्रसंग तराईमा समेत त्यस्ता नेतालाई च्यापेको मान्यताका साथ भारतविरोधी भावनाले या भनौँ भारतप्रतिको निराशाले व्यापकता पाएको छ ।
राजनीतिक दलहरूमा देखिएको यो विखण्डन, उदासीनता तथा चरम भ्रष्टाचार र सिद्धान्त विहीनताका कारण ०१५ सालयताको कुनै पनि राजनीतिक चरण राज्यको उपस्थिति र सक्रियताका कारण योभन्दा राम्रो तथा जनता र राष्ट्रपक्षीय भएका अभिव्यक्तिहरू जनस्तरबाट खुला रूपमा आउन थालेका छन् । आवेश र नकारात्मक आक्रोशमै आए पनि अहिलेका नेताहरूले मुलुक र प्रजातन्त्रलाई डुबाउन लागेको निष्कर्षमा छरिएका जनभावना पढ्न सकिन्छ ।
बेइमानी र कपटपूर्ण तरिकाले संविधानसभाको दोस्रोपल्ट थपिएको आयु पनि सकिन अब ३ साता मात्र बाँकी छ । यो संविधानसभाले केही गर्ला या त्यसले केही गरेमा मुलुकले त्यसलाई स्विकार्ला भनेर कसैले विश्वास गरेको छैन अब । संविधानसभाको स्विकार्यता समाप्त हुनु भनेको त्यसभित्रका मधेसलगायतका दलहरूको अस्तित्व प्रश्नचिह्नमा आउनु हो ।
१४ भदौमा या त्यसपूर्व संविधानसभाको अस्तित्व समाप्त हुने र त्यसका निणर्ायक दलहरू मुलुकमा खलनायकका रूपमा स्थापित हुने अवस्था उत्पन्न हुँदा उनीहरूले निर्माण गरेको अन्तरिम संविधानको हैसियतलाई समेत कसैले स्वीकार गर्ने छैनन् । त्यस अवस्था वर्तमान दलका नेतृत्व वर्ग, खासगरी विगत ५ वर्षमा सत्तामा रहेकाहरूले खुलेर गरेको भ्रष्टाचार र राज्यसत्ताको दुरुपयोग आमबहस र कारबाहीकै विषय बन्नुपर्छ भन्ने मागसमेत विभिन्न क्षेत्रबाट उठ्नेछ । अन्तरिम संविधानसमेत नरहने अवस्थामा मुलुकमा अर्को कस्तो व्यवस्था सिर्जित गरिनुपर्छ, त्यो आजैदेखि विभिन्न राजनीतिक शक्ति नागरिक समाज, पूर्वराजा र विगत ५ वर्षमा आपराधिक रूपमा असफल भएका राजनीतिक दलहरूले आजैदेखि सोच्नु जरुरी छ । मुलुक भताभुंग हुन लाग्दा त्यसलाई बचाउन खतरै मोलेर भए पनि जो अगाडि आउँछ, त्यो नै भावी नेपालको नेता र संरक्षक हुनेछ ।

आयोजक :
भबदीय

यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा , August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा ! तपाईं छुट्नुहोला नि !
अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, केही कृयासिल अन्य संस्थाहरुको सह - आयोजनामा अमेरिकाको मनाससमा तीज महोत्सब हुँदै !
अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता , * पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ ।
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ ।
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन । क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि !
यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा ।
अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको
आयोजक :
अन्तराष्ट्रिय कलाकार मँच
सह-आयोजक :
* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि
(पशुपती बुद्ध मन्दिर, अमेरिका),
*डिसी नेपाली समाज,
अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,
Nepali woman's Global Network,
अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी ,
हेम सरिता पाठक प्रतिस्ठान,
अमेरिका नेपाल चौपारी,
नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो)
थकाली समाज - अमेरिका
Nepalese American Women Helping Hands
International Media House
थकाली समाज - अमेरिका
Nepalese American Women Helping Hands
International Media House
रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं । उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ। हामीले August 27, Saturday मा तीज महोत्सब र September 1 मा तिजे पञ्चमीका दिन दिदी बाहिनिहरुलाइ पूजाको समेत ब्यबस्था गर्दैछौं । धन्यवाद !
Our Teej Mahotsab's Media Partners :
Sagarmatha Television
Biswa parikrama pachhik
http://www.nepalmother.com/
www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
***************www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
भबदीय
- रामप्रसाद खनाल - अध्यक्ष्य
अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका
703-419-0924
for more detail please visit our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net, nepalmother.com.
<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<for more detail please visit our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net, nepalmother.com.
पोहोर साल २०१० मा यस्तो भएको थियो हाम्रो तीज महोत्सब , तपाईंको सम्झनाकालागी पोहोर सालका फोटोहरु तल हेर्नुस् ! यसपाली हामी यो भन्दा पनि झन बढी भब्य गर्दैछौं तपाईं छुट्नुहोला नि !
अमेरिकामा नेपाली तिज महोत्सब ( Nepali Teej Mahotsab in USA 2010)
कार्यक्रमका फोटो र भिडियो हरु हेर्नूस :
No comments:
Post a Comment