प्रधानमन्त्री झलनाथ खनालले तत्काल राजीनामा नदिए व्यवस्थापिका संसदमा बजेट सम्वन्धी छलफल अघि बढन नदिने

अपराध गर्ने सरकार एक मिनेटपनि सरकारमा बस्न नहुने बताए । 'पाँच बूँदे सहमति अनुसारपनि डेढ महिनाको अवधिमा प्रधानमन्त्रीले शान्ति र संविधान निर्माणको काम एक पाईला पनि अघि बढाउन सकेनन, अर्कोतर्फ बजेट 'लिक' गरेर गंभिर आर्थिक अपराध समेत गर्न पुग्यो' आचार्यले भने-'अब यस्तो सरकारलाई एक मिनेटपनि राख्न हुन्न भन्ने कांग्रेसको ठहर छ ।' उनले केन्द्रीय समितिको बैठकबाट आन्तरिक कार्यतालिका बनाएर सरकारलाई राजीनामा दिन बाध्य पारिने बताए । बैठकमा पार्टीको विभाग, संसदीय समिति र अनुशासन समिति निर्माण हुन नसक्दा पार्टीको संगठन समेत कमजोर हुन पुगेको धारणा सदस्यहरुले राखेका थिए । उनीहरुले सरकारको नेतृत्व लिनका लागि बाहिर आएको विवाद गोप्य रुपमा मिलाउन नेता शेरवहादुर देउवा समेत उपस्थित रहेको अनौपचारिक बैठकमा नेतृत्वसंग आग्रह गरेका थिए । 'तपाईहरु -सुशिल कोइराला, शेरवहादुर देउवा र रामचन्द्र पौडेल ) मिलेर आन्तरिक रुपमा मिलाउन सक्नुभएन भने हामी केन्द्रीय समितिबाट टुंगो लगाईदिन्छौ' भन्दै सदस्यहरुले नेताहरुलाई सहमतीमा अघि बढ्न दबाव दिएका थिए ।
संसदीय दलको नेतालाई लिएर उत्पन्न विवाद समाधान गर्न शनिबार सभापति सुशिल कोइराला, नेता शेरवहादुर देउवा र संसदीय दलका नेता रामचन्द्र पौडेल बीच छलफल भएको छ । अनौपचारिक बैठक सकेपछि सभापति कोइरालाको आग्रह अनुसार तीन नेता छुट्टै बसेर छलफल गरेका हुन । संसदीय दलको नेता हटाउन देउवा समूहले हस्ताक्षर अभियान थालेपछि अधिकांश केन्द्रीय सदस्यले पार्टी विभाजन भएको सन्देश जान नदिन तीन नेता गोप्य बसेर सहमति गर्न दबाव दिएका थिए । त्यसको प्रयासस्वरुप शनिबार छलफल सूरु भएपनि सहमति भने हुन सकेन । तीन नेताको छलफल जम्मा दश मिनेट जति मात्रै भएको थियो । स्रोतका अनुसार छलफलमा देउवाले पार्टीले आफ्नो लागि विकल्प दिन तयार भएमा सरकारको नेतृत्व पाउने संभावना रहेको बताएका थिए । जबाफमा पौडेलले भने तीन/तीन पटक प्रधानमन्त्री भईसकेकाले आफूलाईनै सहयोग गर्न देउवा संग आग्रह गरेका थिए । कोइरालाले भने सहमतीबाट अघि बढनुको विकल्प नरहेको बताएका थिए । तर, कसरी मिलाउने भन्नबारेमा भने उनले केही बताएनन् । संस्थापन पक्षले भने सरकारको नेतृत्व पाउने अवस्था आएमा देउवालाई सहयोग गर्न सकिने बताएका छन । त्यसका लागि केन्द्रीय समितिको बैठकमानै औपचारिक प्रस्ताव ल्याएर निर्णय गराउने गरी सहमती जुटाउन संस्थापन पक्षका नेताहरु लागेका छन । तर, देउवा भने संसदीय दलको नेता बन्ने कसरतमा रहेको स्रोतले बतायो ।
<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<
क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि ! August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा
अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, केही कृयासिल अन्य संस्थाहरुको सह - आयोजनामा अमेरिकाको मनाससमा तीज महोत्सब हुँदै !
अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !
हाम्रो यस पटकको थप आकर्सण :
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता ,
* पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ ।
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ ।
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन । यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा ।
अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको
आयोजक :
अन्तराष्ट्रिय कलाकार मँच
सह-आयोजक :
* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि
(पशुपती बुद्ध मन्दिर, अमेरिका),
*डिसी नेपाली समाज,
अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,
Nepali woman's Global Network,
अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी ,
हेम सरिता पाठक प्रतिस्ठान,
अमेरिका नेपाल चौपारी,
नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो)
थकाली समाज - अमेरिका
Nepalese American Women Helping Hands
International Media House
थकाली समाज - अमेरिका
Nepalese American Women Helping Hands
International Media House
रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं । उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ। हामीले August 27, Saturday मा तीज महोत्सब र September 1 मा तिजे पञ्चमीका दिन दिदी बाहिनिहरुलाइ पूजाको समेत ब्यबस्था गर्दैछौं । धन्यवाद !
Our Teej Mahotsab's Media Partners :
Sagarmatha Television
Biswa parikrama pachhik
http://www.nepalmother.com/
www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
www.janapukar.com
***************www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
www.janapukar.com
भबदीय
- रामप्रसाद खनाल - अध्यक्ष्य
अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका
703-419-0924
for more detail please visit our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net, nepalmother.com. janapukar.com
<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<for more detail please visit our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net, nepalmother.com. janapukar.com
No comments:
Post a Comment