Thursday, July 21, 2011

तीन उपाध्यक्ष, महासचिव रामबहादुर थापा र सचिव सीपी गजुरेलसमेत अध्यक्ष प्रचण्डका विरुद्धमा उभिएपछि प्रचण्ड असजिलोमा !

 नेकपा (माओवादी) का तीन जना उपाध्यक्ष र महासचिवले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ँघेराबन्दी’ गरेर पार्टी सामूहिक नेतृत्व र जिम्मेवारी बाँडफाँडमा बाध्य पार्ने भएका छन्। पार्टीेन्द्रीय समितिको लगातार बैठक स्थगित भइरहेको समयमा बुधबार उपाध्यक्षहरू डा. बाबुराम भट्टर्राई, मोहन व्ौद्य र नारायणकाजी श्रेष्ठ तथा महासचिव रामबहादुर थापाबीचमा अध्यक्ष प्रचण्डलाई सामूहिक नेतृत्वमा जाने र जिम्मेवारी बाँडफाँडमा जान बाध्य बनाउने सहमति कायम गरेका छन्। अध्यक्ष प्रचण्डले आफू विरुद्ध उपाध्यक्षहरू र महासचिवसमेत लाग्नुलाई ँघेराबन्दी’को संज्ञा दिँदै आउनुभएको छ। ललितपुरको धोबीघाटस्थित सिर्द्धार्थ कटेज रेस्टुरेन्टमा बुधबार भएको भेटघाट र छलफलमा पार्टी रूपान्तरण हुने गरी अगाडि बढ्ने विषयमा छलफल र सहमति भएको उपाध्यक्षहरू वैद्य र श्रेष्ठले जानकारी दिनुभयो। तीनै जना उपाध्यक्ष, महासचिव र अन्य केन्द्रीय सदस्यसमेत अबको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डको व्यक्तिवादी शैली, नेतृत्व वा पदाधिकारीहरूलाई फुटाएर सधंै शक्तिमा रहिरहने चतुर्याइँ, पार्टीको अपारदर्शी आर्थिक व्यवस्थालगायतका
विषयमा एक भएर जाने भएका छन्। अध्यक्ष प्रचण्डले भने बुधबार आफू निकट नेताहरूसँग आŠनै निवासमा छलफल गर्दै आफूले शान्ति र संविधानका लागि प्रतिबद्ध भएर काम गर्न लागिरहेकोे बेला घेराबन्दी गरी शान्ति र संविधानको कामलाई अलपत्र पार्ने षड्यन्त्र हुन लागेको भनी चिन्ता व्यक्त गर्नुभएको थियो। पार्टी तीन उपाध्यक्ष, महासचिव रामबहादुर थापा र सचिव सीपी गजुरेलसमेत अध्यक्ष प्रचण्डका विरुद्धमा उभिएपछि प्रचण्ड असजिलोमा पर्नुभएको छ। ती नेताहरूले पार्टी संसद्को नेतृत्व फरक-फरक व्यक्तिले गर्नुपर्ने माग गर्न थालेका छन् र उपाध्यक्ष भट्टर्राई संसदीय दलको नेता बन्ने सम्भावना देखिएको छ तर प्रचण्ड पक्षले
अझै संसदीय दलको नेता फर्ेर्ने छाँटकाँट देखाएको छैन। ँबाहिर प्रचार भएजस्तो अध्यक्ष प्रचण्डले संसदीय दलको नेता छाड्नुहुन्न’, माओवादी पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले बुधबार रिपोर्टस क्लबमा भन्नुभयो- ँअहिले पनि पार्टी अध्यक्ष प्रचण्ड नै बहुमतमा हुनुहुन्छ र यस्तो समयमा प्रचण्डलाई कमजोर बनाएमा शान्ति र संविधाननिर्माण प्रभावित हुन सक्छ।’ अध्यक्ष प्रचण्डले संसदीय दलको नेता छाड्नु भनेको जिम्मेवारीबाट भाग्नु जस्तै भन्दै गजुरेलले भदौ १४ गतेसम्म प्रचण्डकै नेतृत्वमा शान्ति र संविधाननिर्माणको कार्यमा पार्टीाग्ने बताउनुभयो। तर अध्यक्षका प्रयासहरू असफल बनाउने तर पार्टीई भने एक बनाउने पक्षमा उपाध्यक्ष र महासचिवको समूह लागेको छ। अध्यक्ष विरुद्धको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष श्रेष्ठले केन्द्रीय समिति बैठकमा एक भएर जाने सहमति भएको जानकारी दिनुभयो।

माओवादी केन्द्रीय समिति बैठक लगातार स्थगित हुँदै आए पनि आज बस्ने सम्भावना रहेको छ। गत आइतबार १५ मिनेट बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन कार्ययोजना शर्ीष्ाकको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रस्तावको अध्ययनपछि सोमबारबाट सदस्यहरूले आŠनो धारणा राख्ने बताइए पनि अहिलेसम्म बैठक बस्न सकेको छैन। माओवादी पदाधिकारीको बुधबार पार्टीुख्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकले आज २ बजे केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो तर अझै पनि असजिलो अवस्थामा अध्यक्षले बैठक बोलाउनुहुन्छ वा तयारी नपुगेको भन्दै स्थगित गर्नुहुन्छ आशंका यथावत् रहेको छ। आइतबार बसेको बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टी नेताहरूको कार्यविभाजन सम्बन्धी उल्लेख नगरिएको भन्दै वैद्य-भट्टर्राई पक्षले विरोध गर्दै आएका छन्। पार्टी तर्फाट सरकारमा सामेल मन्त्रीहरूको फेरबदललाई लिएर पनि माओवादीभित्र विवाद उत्पन्न भएको छ।

क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि ! August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, केही  कृयासिल अन्य संस्थाहरुको सह - आयोजनामा अमेरिकाको मनाससमा तीज महोत्सब हुँदै ! 

अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

हाम्रो यस पटकको थप आकर्सण : 
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता
 *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता 
       
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।

यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा  । 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा 
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको  

आयोज
अन्तराष्ट्रिय कलाकार मँच  
 
सह-आयोजक :

* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  

*डिसी नेपाली समाज,

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 

अमेरिका नेपाल चौपारी, 

नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका  

Nepalese American Women Helping Hands   


International Media House


 रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि  सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै  सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं ।  उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ। हामीले August 27, Saturday मा तीज महोत्सब September 1 मा तिजे पञ्चमीका दिन दिदी बाहिनिहरुलाइ पूजाको समेत ब्यबस्था गर्दैछौं । धन्यवाद !

Our Teej Mahotsab's  Media Partners :  

Sagarmatha Television 
Biswa parikrama pachhik 
http://www.nepalmother.com/
www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
www.janapukar.com 
                                                                    ***************
                                                       
                                                                      भबदीय

- रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
703-419-0924
for more detail please visit  our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net,
nepalmother.com. janapukar.com

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

No comments:

Post a Comment