Thursday, July 21, 2011

अमेरिकाको नेपाल जस्तै सुन्दर शहर डेन्भर कोलोराडोमा हालै "राम प्रसाद खनाल साँस्कृतिक साँझ" भब्य रुपमा सम्पन्न

 अन्तराष्ट्रिय नेपाली साहित्य समाज केन्द्रिय समिती र कोलोराडो च्याप्टर अमेरिकाको आयोजनामा अमेरिकाको नेपाल जस्तै सुन्दर शहर  डेन्भर कोलोराडोमा हालै "राम प्रसाद खनाल साँस्कृतिक साँझ" भब्य रुपमा सम्पन्न भयो। समाज को बिसौँ वार्षिक साधारण सभा तथा १९८ औं भानु जयन्तिका अबसरमा आयोजित उक्त बिशेष साँस्कृतिक साँझमा अन्तराष्ट्रिय कलाकार मन्च का केन्द्रिय अध्यक्ष्य एबम नेपाली लोक तथा दोहोरी गीत क्षेत्रका हस्ती राम प्रसाद खनाल ले उपस्थित दर्सकहरुलाई आफ्ना करिब एक दर्जन लोकगीतहरु गाएर भरपुर मनोरन्जन गराउनुभएको थियो । कार्यक्रमको सन्चालन बरिस्ठ कलाकारहरु कृष्णमुरारी ढुंगेल र निर्मल प्याकुरेलले गर्नुभएको थियो भने अध्यक्ष्यता अनेसासका अध्यक्ष्य ज्ञानेन्द्र गदाल
ले गर्नु भएको थियो । कोलोराडो च्याप्टरका अध्यक्ष्य एबम साहित्यकार पदम बिक ले स्वागत भासण गर्नुभएको कार्यक्रममा मा कबि, कबयित्री, साहित्यकारहरु सहित थुप्रै कोलोराडो बासीको उपस्थिती थियो। कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष्य होमनाथ सुबेदी, बर्तमान अध्यक्ष्य ज्ञानेन्द्र गदाल, साहित्यकारहरु विश्वाबिमोहन श्रेष्ठ, गोबिन्द गिरी प्रेरणा, सैलेन्द्र साकार आदिले पनि मन्तब्य ब्यक्त गर्नुभएको थियो।                          












क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि ! August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, केही  कृयासिल अन्य संस्थाहरुको सह - आयोजनामा अमेरिकाको मनाससमा तीज महोत्सब हुँदै ! 

अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

हाम्रो यस पटकको थप आकर्सण : 
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता
 *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता 
       
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।

यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा  । 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा 
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको  

आयोज
अन्तराष्ट्रिय कलाकार मँच  
 
सह-आयोजक :

* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  

*डिसी नेपाली समाज,

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 

अमेरिका नेपाल चौपारी, 

नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका  

Nepalese American Women Helping Hands   


International Media House


 रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि  सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै  सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं ।  उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ। हामीले August 27, Saturday मा तीज महोत्सब September 1 मा तिजे पञ्चमीका दिन दिदी बाहिनिहरुलाइ पूजाको समेत ब्यबस्था गर्दैछौं । धन्यवाद !

Our Teej Mahotsab's  Media Partners :  

Sagarmatha Television 
Biswa parikrama pachhik 
http://www.nepalmother.com/
www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
www.janapukar.com 
                                                                    ***************
                                                       
                                                                      भबदीय

- रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
703-419-0924
for more detail please visit  our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net,
nepalmother.com. janapukar.com

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

No comments:

Post a Comment