Sunday, July 10, 2011

आफ्ना मागहरु नसमेटिए बजेट प्रस्तुत हुन नदिने चेतावनी

मधेसी मोर्चाले आफ्ना मागहरु नसमेटिए बजेट प्रस्तुत हुन नदिने चेतावनी दिएको छ । आइतबार अर्थमन्त्री भातमोहन अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै मधेसी मोर्चाले बजेटमा आफ्ना मागहरुलाई सम्वोधन गर्न आग्रह गरेको छ । आफ्ना मागहरु बजेटमा समावेश नगरिए बजेट प्रस्तुत हुन नदिने मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष जेपी गुप्ताले बताउनु भयो । उहाँले भन्नुभयो-’हाम्रा माग समेटिएनन् भने हामी बजेट पेश गर्दा गर्दै अवरोध गछौं र बजेट पेश हुन दिन्नौं ।’ मधेसवादी पाँच दल अबद्ध मोर्चाले हुरामी मार्ग निर्माण, पूर्वपश्चिम रेलमार्ग, चुरे संरक्षण कार्यक्रम, मधेस आन्दोलनका सहिदहरुको नाममा विद्यालय खेल्नु पर्ने र प्रतेक विद्यालयलाई ५० लाख रुपैयाँ दिनु पर्ने माग गरेको छ । यसैगरी कृषकले वित्तीय संस्थाबाट लिएको एक लाख रुपैयाँसम्मको ऋण तथा ब्याज मिनाहा गर्नु पर्ने र त्यसमाथिको ऋण तथा ब्याजमा सहुलियतपूर्ण
व्यवस्था अपनाइनुपर्ने, सीमा क्षेत्रमा सय रुपैयाँसम्मका सामान ल्याउँदा कर तिर्नु पर्ने व्यवस्था खारेज गर्नु पर्ने, राजषिर् जनक र नेपालगञ्ज तथा वीरगञ्जमा विश्वविद्यालय खोल्न बजेट विनियोजन गर्नु पर्ने माग अघि सारेको छ ।

No comments:

Post a Comment