Wednesday, September 21, 2011

महासभालाई सर्ट, पाइन्ट, कोट लगाएर सम्बोधन गर्दै !

प्रधानमन्त्री डा. बाबुराम भट्टराई : नेपालको सरकारप्रमुखको रूपमा महासभालाई सर्ट, पाइन्ट, कोट लगाएर सम्बोधन गर्दै ! - बबिता बस्नेत
पृथ्वीनारायण शाहको सालिक ढालेर सुरु भएको लोकतन्त्रले नेपालीमा कस्तो प्रकारको देशभक्तिको ज्ञान प्रवाह गरेको छ हामी महसुस गर्दै छौँ - देवप्रकाश त्रिपाठी
प्रचण्डको अधिनायकवादविरुद्ध सङ्घर्षरत उपाध्यक्ष मोहन वैद्य खेमाले अब आफ्नो अभियानलाई राष्ट्रियतासँग जोड्दै प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध समेत केन्द्रित गर्ने - रामहरि पाण्डे

************************************************************
 प्रधानमन्त्री डा. बाबुराम भट्टराई अहिले संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्युयोर्कमा हुनुहुन्छ । त्यहाँ उहाँले नेपालको सरकारप्रमुखको रूपमा महासभालाई सर्ट, पाइन्ट, कोट लगाएर सम्बोधन गर्नुहुनेछ । जुन पोसाक युरोपेली र अमेरिकी मुलुकका प्रतिनिधिहरूको शरीरमा पनि हुनेछ । छिमेकी मुलुक भारतका प्रधानमन्त्रीदेखि अन्य विभिन्न मुलुकका सरकारप्रमुखहरूले आफ्नै राष्ट्रिय पोसाक लगाएका हुनेछन् । प्रत्येक वर्ष हुने संयुक्त राष्ट्रसङ्घको महासभा यस्तो थलो हो जहाँ विभिन्न देशका प्रतिनिधि आफ्नो व्यक्तिगत होइन राष्ट्रिय पहिचान झल्काउने पोसाक लगाएर प्रस्तुत हुन्छन् । महासभाका बेला विश्वका थरीथरी राष्ट्रिय पोसाकको प्रदर्शनीस्थलझैं लाग्छ राष्ट्रसङ्घ परिसर । औपचारिक कार्यक्रमका लागि देशको राष्ट्रिय पोसाक लगाउनु गौरवको कुरा हो । तर, हामीकहाँ माओवादी राजनीतिको मूलप्रवाहमा आएपछि यसप्रकारका गौरवलाई मेटाउँदै हरेक कुरालाई ‘राष्ट्रिय’का ठाउँमा ‘जातीय’ बनाउने कोसिस गरियो । राष्ट्रिय पहिचानका ठाउँमा जातीय पहिचानलाई महत्त्व दिँदै गर्दा माओवादी अध्यक्ष प्रचण्ड र नेता बाबुरामहरूको आफ्नै पहिचान भने न हाँसको चाल न बकुल्लाको हुने अवस्थामा पुगेको छ । केही मधेसी समुदायले राष्ट्रिय पोसाक, भाषाजस्ता कुराहरूको पहिलेदेखि नै विरोध गर्दै आएका हुन् । उपराष्ट्रपतिजस्तो पदमा पुग्दासम्म परमानन्द झाले राष्ट्रिय पोसाक लाउँदिनँ, नेपाली भाषा बोल्दिनँ भन्नु नेपालीपनप्रतिको घृणाको चरम रूप थियो । अहिले तिनै समूहका केही मधेसीले राष्ट्रिय पोसाकको बारेमा प्रश्न उठाए भनेर सरकारले सबैका पोसाकलाई ‘राष्ट्रिय’
माँन्ने भनी हास्यास्पद निर्णय गरेको छ । हामीकहाँ जातीय संस्कृति र मूल्य-मान्यता झल्कने पोसाकहरू धेरै छन्, आदिवासी, जनजाति, जनजातिभित्र पनि फरक-फरक जातिका फरक-फरक पोसाकहरू छन् । आफ्नो छुट्टै भाषा र पोसाक नहुने भनेको त क्षेत्री, ब्राह्मण र दलितहरू मात्र हुन् । डा. बाबुराम भट्टराईले लगाउने गर्नुभएको सर्ट, पाइन्ट, कोट जातीय र सांस्कृतिक दुवै हिसाबले बाहुनको पोसाक होइन । उहाँहरूले जातीय पहिचानका आधारमा सबै जातका पोसाकलाई राष्ट्रिय पोसाक भनेर गाईजात्राको झलक दिने घोषणा त गर्नु भो तर त्यसभित्र आफ्नै पहिचान भने कतै पनि नदेखिने निश्चित छ ।
यसबीचमा राष्ट्रिय पोसाकको रूपमा दौरा-सुरुवालको जति चर्चा भयो सारी-चोलोको भएन । दौरा-सुरुवालको त्यति धेरै विरोध गर्ने मधेसी समुदाय सारीको मामिलामा चुप रह्यो, किनभने मधेसका महिला सारी-चोलो संस्कृतिबाट बाहिर आउन् भन्ने कल्पना पनि गरिएको छैन । मधेसका महिलाले सर्ट, पाइन्ट, कोट लगाएको परिकल्पना कुनै नेताले गर्न सक्ने देखिँदैन । माओवादी महिलाले सारी-चोलोलाई राष्ट्रिय पोसाक मान्दैनौँ भनेर जुन रूपमा सर्ट-पाइन्टलाई अपनाए मधेसी महिलाको सवालमा त्यो अवस्था छैन । सभासद् हुन् या मन्त्री या गृहणी सारीभन्दा बाहिर जान मिल्ने नदेखिएपछि सारीले दौरा-सुरुवालको जस्तो चर्चा नपाएको हो । छिमेकी मुलुकमा महिलाले सारी नै लगाउने चलनले पनि प्रभाव पारेको हुन सक्छ । यसको अर्को कारण राष्ट्रिय पोसाक भनेको औपचारिक समारोहमा लाउने कुरा हो जुन सार्वजनिक व्यक्तित्वहरूले लगाउने गर्छन् । राष्ट्रिय पहिचान र महिलाबीचको सम्बन्धलाई लिएर त्यत्रो चर्चा गरिराख्न आवश्यक नठानिएको पनि हुन सक्छ ।
हिसिला यमी अहिले यो मुलुककी प्रथम महिला हुनुहुन्छ । आजसम्म उहाँ जे-जे हुनुभो आफ्नै कारणले हुनुभो । इन्जिनियर, माओवादी नेतृ, सभासद्, मन्त्री जे-जे हुनुभो त्यसमा उहाँको मिहिनेत र योगदानको इतिहास जोडिएको छ । तर, हिसिला यमी यो देशको प्रमथ महिला -फस्र्टलेडी) हुनुमा डा. बाबुराम भट्टराईसँग विवाह हुनुबाहेक अर्को संयोग छैन । प्रधानमन्त्रीकी पत्नी भएकै कारण उहाँ ‘प्रथम महिला’ हुनुभएको हो । सारीलाई राष्ट्रिय पोसाक नमानेर कोट-पाइन्टमा आफ्ना प्रधानमन्त्री पतिसँग प्रथम महिलाको हैसियतले अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलमा समावेश हुने उहाँ नै पहिलो नेपाली महिला पनि हो । यसअघि प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा बाहिर जाँदा उहाँकी पत्नी सीताले सारी नै लगाउनुभएको थियो । मन्त्री हुँदा पनि हिसिला यमीले कहिल्यै राष्ट्रिय पोसाक लगाउनुभएको थिएन । तर, केही समययता भने यदाकदा हाकु पटासी -नेवारी समुदायले लगाउने पोसाक) लगाएको देखिएको छ । जुन पोसाक सारीजस्तै भए पनि आफ्नो जातीय पहिचान झल्काउने खालको भएकाले लगाएको हुनुपर्छ । अप्ठ्यारो कुरा कहाँ छ भने प्रथम महिलाका रूपमा उहाँ श्रीमती बाबुराम भट्टराई हो, भट्टराई भनेको बाहुन हो र हाकु-पटासीले बाहुन समुदायसँग कुनै सरोकार राख्दैन । झिना-मसिनाजस्ता लाग्ने यी यस्ता ‘कम्प्िलकेटेट’ कुरा हुन् जसले सम्बन्धित ठाउँमा ठूलो प्रभाव पारिरहेको हुन्छ । महिलाका सवालमा मात्र होइन पुरुषका सवालमा पनि यो कुरा लागू हुन्छ, यदि यो मुलुकमा भोलि प्रधानमन्त्री या राष्ट्रपति महिला भए तिनका पतिले प्रधानमन्त्रीका श्रीमान्का रूपमा औपचारिक समारोहहरूमा सहभागी हुँदा राष्ट्रिय पोसाक लाउने कि नलाउने – आफू जुन जातको छ त्यही जातको लुगा लगाउने कि – हिजोआज अन्तरजातीय विवाह सामान्य भइसक्यो, यस्तो अवस्थामा श्रीमतीपट्टकिो जातको लगाउने कि आफ्नै लगाउने – यसप्रकारका समस्या भोलि नआउलान् भन्न सकिन्न । कुनै जातजातिसँग सम्बन्धित जातीय सङ्गठनको प्रमुख या पदाधिकारी हुनु र राष्ट्रिय जिम्मेवारी प्राप्त गर्नु फरक-फरक कुरा हुन् । राष्ट्रिय जिम्मेवारी पाएको व्यक्तिले आफ्नो देशको पहिचान झल्किने पोसाक लगाउनुमा गौरव गर्नुपर्छ न कि हीनताबोध । अहिले जसरी सबै जातिका पोसाक राष्ट्रिय भनिएको छ यो दर्ीघकालसम्मका लागि हुने कुरा होइन । यसले मुलुकमा जातीय सद्भावनालाई होइन भावनालाई मात्रै बढाउने कामभन्दा अरू गर्दैन । उदाहरणका लागि सभामुख सुवास नेम्वाङ औपचारिक समारोहहरूमा सधैं राष्ट्रिय पोसाक लगाउनुहुन्छ, सबैलाई आफ्नो जस्तो लाग्छ । अब अहिलेको कुराअनुसार उहाँले सभामुखका रूपमा लिम्बू पोसाक लगाउनुभयो भने उहाँ लिम्बूको मात्रै आफ्नो मान्छे बन्नुहुन्छ अरू जातिको होइन । उहाँ नेपालको सभामुख हो लिम्बूको होइन र उहाँ लिम्बू भएका कारणले सभामुख हुनुभएको पनि होइन । त्यसैले साम्प्रदायिक भावना भड्किनबाट रोक्नका लागि पनि ‘सबै जातिका पोसाक राष्ट्रिय’ भन्ने कुरा फिर्ता लिएर एउटै राष्ट्रिय पोसाक निर्धारण गरिनुपर्छ । मुलुकलाई दर्ीघकालीन प्रभाव पार्ने कुरामा निर्णय गर्दा हचुवाको भरमा गर्न मिल्दैन । ‘सबै जातिका पोसाक’को कुरा गर्दा क्षेत्री, बाहुन र दलितको पोसाक के हो भन्ने विषयमा पनि छलफल र बहस हुनु आवश्यक छ ।

पृथ्वीनारायण शाहको सालिक ढालेर सुरु भएको लोकतन्त्रले नेपालीमा कस्तो प्रकारको देशभक्तिको ज्ञान प्रवाह गरेको छ हामी महसुस गर्दै छौँ 

-देवप्रकाश त्रिपाठी

सूर्य, तारा र चन्द्रमाले बाह्य संसारलाई उज्यालो तुल्याउँछन् भने मानिसको भित्री संसारलाई उज्यालो बनाउने काम ज्ञानले गर्दछ भन्ने कुराको जानकारी हामीमध्ये धेरैलाई छ । उज्यालोका स्रोत सूर्य, तारा र चन्द्रमा बनेझैं ज्ञानका पनि अनेक स्रोत हुन्छन् । ज्ञानस्रोतका बहुरूपहरूलाई व्यवस्थित गर्दा मूलतः तीनवटा स्रोतहरूबाट मानिसलाई ज्ञान प्राप्त हुने निष्कर्ष निकाल्न सकिन्छ । अनुभव, सूचना र अध्ययन, त्यस्ता स्रोत हुन्, जसबाट मानिसले निरन्तर ज्ञान हासिल गरिरहन सक्दछ । अध्ययन, अनुभव र सूचनाबाट प्राप्त ज्ञानका आधारमा मानिस आफ्नो धारणा निर्माण गर्छन् र सोही ज्ञानकै आधारमा जीवन-गन्तव्य निर्धारण गर्ने तथा विचार निर्माण गरी अभिव्यक्ति दिने पनि गरिन्छ । मानिसलाई सबैभन्दा पहिले अनुभवद्वारा ज्ञान प्राप्त हुन्छ, त्यसपछि मात्र सूचना र अध्ययन ज्ञानका स्रोत बनेका हुन्छन् । आगोले पोल्छ भन्ने कुराको ज्ञान धेरै या सबै मानिसले कसैको सूचनाका आधारमा या अध्ययनबाट नभई आफैंले अनुभव गरेर प्राप्त गरेका हुन्छन् । जन्मिएपछि बालबालिकाले जे-जस्ता अनुभूति गर्दै जान्छन्, त्यही अनुभूतिले नै उनीहरूको ज्ञानको मात्रा पनि बढाउँदै लैजान्छ र यो क्रम जीवनभर चलिरहन्छ । पारिवारिक पृष्ठभूमि, सामाजिक परिवेश र आफ्नै जन्मजात क्षमता एवम् गुणहरूले मानिसको अनुभवमा विविधता पैदा गरिरहेको हुन्छ । एउटै विषय-सर्न्दर्भमा पनि मानिसपिच्छे फरक-फरक अनुभव-ज्ञान हुनुको कारण परिवेशको विभिन्नता र ज्ञान ग्रहण क्षमतामा हुने विविधता नै हो भन्न सकिन्छ । जीवनले परिपक्वता प्राप्त गर्दै जाँदा आइपर्ने आपत्, विपत् या सुखद् घटनाहरूले मानिसमा अनुभूति जागृत गराउँछ र ती अनुभूतिहरू ज्ञानका रूपमा जीवनपर्यन्त स्थीर रहन्छन् ।
जीवन अघि बढ्दै जाँदा विभिन्न मोडमा भेटिने मानिसका व्यवहार र विचारले मानिसलाई कुनै न कुनै रूपमा प्रभाव पारिरहेको हुन्छ । मानिसका व्यवहारबाट त्यसरी प्राप्त हुने अनुभूतिको शृङ्खला पनि मानिसमा ज्ञानकै रूपमा सङ्ग्रहित हुन पुग्छ । विशेष गरी समाजका अगुवाको व्यवहारबाट बाँकी मानिसले सिक्ने अर्थात् ज्ञान प्राप्त गर्ने गर्छन् । राजनीतिकर्मी, समाजसेवी, पत्रकार, चिकित्सक, कलाकर्मी, उद्यमी, व्यापारी, प्रशासक आदि जो जे भए पनि आ-आफ्ना क्षेत्रमा विशिष्टता हासिल गर्ने मानिसको व्यवहारलाई बाँकी मानिसले अनुशरण-अनुकरण गर्न सक्छन् । तर दुर्भाग्यवश नेपाल र यस्तै मुलुकका अधिकांश अगुवा ती राजनीति, व्यापार, प्रशासन या पत्रकारिता जहाँसुकै क्रियाशील भएका हुन्, उनीहरूको व्यवहार र विचार अनुशरणयोग्य हुन सकिरहेको छैन । ज्यादै न्यून सङ्ख्यामा त्यस्ता मानिस भेटिन्छन् जसलाई अनुशरण गर्न सकियोस् । सिगरेट सल्काएर पिउँदै धुम्रपानका असरबारे कक्षा लिइरहँदा त्यस्ता शिक्षकबाट विद्यार्थीले के सिक्लान् ? प्रचण्डका मुखबाट शान्ति र अहिंसाका प्रवचन अनि विजय गच्छदारबाट भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धता सुन्नुपर्दा ज्ञान प्राप्त हुन्छ कि पीडा ? हो यस्ता कैयन अस्वाभाविक सर्न्दर्भहरूबाट मानिसमा ज्ञान होइन पीडा, घृणा र आक्रोशको सङ्ग्रह हुनसक्छ । तथापि मानिस कस्तासम्म हुनसक्छन् भन्ने कुराको ज्ञान सन्देश भने सिगरेट पिउँदै कक्षा दिने शिक्षक, प्रचण्ड र गच्छदारहरूले पनि दिइरहेका हुन्छन् । आमप्रवृत्ति नकारात्मक भएकोले यदि विद्यमान अगुवाहरूलाई नै अनुशरण गर्ने हो भने एउटा किटानी जवाफ प्राप्त गर्न सकिन्छ- ‘यो मुलुक कहिल्यै पनि बन्दैन ।’ वर्तमान नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराई अनुकरणीय पात्र बन्ने प्रयासमा देखिनुभएको छ । उहाँको साधारण जीवनशैली र इमानदारीलाई धेरैले आफ्नो जीवनमा लागू गर्न खोजेका पनि हुन सक्छन् । उहाँ कतिसम्म अनुशरणीय एवम् अनुकरणीय बन्न सक्नुहुन्छ भन्ने कुराको परीक्षा सकिएको छैन । तर, बाबुरामले अवलम्बन गर्नुभएको सम्पूर्ण विचार र व्यवहारलाई सकारात्मक रूपमा आत्मसात् गर्न सकिँदैन । उहाँले साध्य प्राप्तिका निम्ति अपनाउनुभएको हिंसात्मक विचार र व्यवहारको भावी पुस्ताका सबैथरी आकाङ्क्षीले पनि अनुशरण गर्दै जाने हो भने मानिसको भविष्य कहिल्यै पनि सुरक्षित र सुन्दर हुन सक्दैन भन्ने निष्कर्ष निकाल्नुपर्ने हुन्छ । आत्मकेन्द्रित सोच, भ्रष्ट व्यवहार, सुविधाभोगी चरित्र, भिन्न विचारप्रतिको असहिष्णुता र उपेक्षा अनि साध्य प्राप्तिका लागि जस्तोसुकै साधन अपनाउन पनि नहिचकिचाउने प्रवृत्तिको प्रतिनिधित्व आमरूपमा विद्यमान अगुवाहरूबाट भइरहेको छ । यस किसिमको प्रवृत्ति हाम्रो मुलुकको मूल प्रवाह बनेको छ र यस्तै प्रवृत्तिले निरन्तरता पाइरहने हो भने यो देशको शान्ति र समृद्धिको ढोका खुल्ने आशा गर्न सकिँदैन ।
अगुवा जुनसुकै विधाका हुन् ती उदाहरणीय पात्र हुन् र तीबाट नयाँ पुस्ताले केही न केही सिकिरहेका हुन्छन् । माक्र्सलाई साम्यवादी विचारका प्रवर्तक मान्नेहरूले पनि बुझ्न के जरुरी छ भने धेरै अघिल्ला पुस्ताहरूबाट सापटी लिएको विचार परिमार्जन गरेर मँक्र्स, माक्र्स भएका हुन् । जिसस क्राइस्टका सूत्रहरूमा आधारित भएर साम्यवाद स्थापनाको परिकल्पना धेरै पहिले नै गरिएको हो, जसले निजीकरणलाई निरुत्साहित गर्न चाहेको थियो । पाँचौँ शताब्दीमा युरोपमा भएको मज्दाक आन्दोलनलाई साम्यवादमुखी आन्दोलन भनिन्थ्यो । सोह्रौँ शताब्दीका ब्रिटिस लेखक थोमस मोरेले पनि आफ्ना रचनामा सामाजिकीकरण र साम्यवादको परिकल्पना गरेका थिए । सम्पत्तिमा साझा स्वामित्वलाई उनले जोड दिएका थिए । सत्रौँ शताब्दीमा इंग्ल्यान्डमा प्युरिटन धार्मिक समूह (जसलाई डिगर्स नामले पनि चिनिथ्यो) ले पनि निजी सम्पत्ति राख्न पाइने मान्यताविरुद्ध अभियान चलाएको थियो । खासगरी जमिनमा निजी स्वामित्व हुनुहुँदैन भन्ने उनीहरूको धारणा थियो । हिगल र कान्टका विचारले पनि माक्र्सलाई आफ्नो ज्ञानको विकास गर्न सहयोग पुर्‍याएको हो । विश्व सभ्यताको विकासले स्वर्ग र साम्यवादलाई सुन्दर परिकल्पना मानेको छ, तर धर्तीमै उन्नतिका निम्तिचाहिँ स्वतन्त्र संसार र उदार अर्थतन्त्र अनिवार्य रहेको व्यवहारतः सिद्ध भइसकेको छ । लेनिन, चे, किमइल सुङ, माओ र होची मिन्हदेखि फिडेल क्यास्त्रो, अदिद र गोञ्जालोसम्मले लडेका युद्धहरू विश्व समृद्धि र शान्त समाजका निम्ति नाजायज एवम् अनुपयुक्त थिए भन्न अब कुनै राता किताबको सहारा लिइरहनुपर्ने ठानिएको छैन । उदारनीतिपश्चात्को रसिया, चाइना र भियतनामले प्राप्त गर्दै गरेको समृद्धिले नै लेनिन र माओत्सेतुङहरू गलत थिए भन्ने सन्देश दिइरहेको छ । अमेरिकामा बन खाने आगोले नेपालमा चाहिँ पानीको काम गर्न सक्दैन । संसारका दर्जनौँ मुलुकमा असफल सिद्धान्त, नीति, विचार र दर्शनले नेपाललाई मात्र सफल तुल्याउने कल्पना गर्नु भनेको अमेरिकाको आगोले नेपालमा पानीको काम गर्छ भनेर सोच्नु जस्तै हो । गलत विचारबाहकहरू नेपाली राजनीतिमा अगुवा भूमिका निर्वाह गर्दै छन्, यिनीहरूबाट भावी पुस्ताले कस्तो ज्ञान प्राप्त गर्लान् ? प्रश्नको जवाफ जटिल छ ।
राजनीति मात्र होइन, प्रशासनिक तथा अन्य क्षेत्रमा क्रियाशील अगुवाको भूमिका पनि सकारात्मक सन्देशमूलक मान्न सकिने अवस्था छैन । राम्रो गरेर देखाउने प्रतिस्पर्धाबाट उत्पन्न हुने सकारात्मक सन्देश प्रवाह गर्न दलहरूजस्तै हाम्रो प्रशासनिक क्षेत्र पनि असफल भएको छ । ‘जसरी हुन्छ पैसा बनाउ’को नारा राजनीति र प्रशासनिक क्षेत्रका अगुवाहरूले व्यवहारतः लगाइरहँदा आपराधिक जगत् र राजनीतिक एवम् प्रशासनिक क्षेत्रको भिन्नता छुट्टनि मुस्किल पर्दै छ । माओवादीको हिंसात्मक आन्दोलनले ‘सफलता’ प्राप्त गरेर एक कालखण्डमा खलनायक मानिएकाहरू रातारात महानायकमा रूपान्तरित भएपछि देशमा पचासौँ हिंसात्मक समूहहरूको सृष्टि भयो । यसो हुनुको एक मात्र कारण साध्य प्राप्त गर्न जस्तोसुकै साधन अपनाए पनि हुन्छ भन्ने सन्देश प्रवाहित हुनु हो । प्रशासनिक क्षेत्रका अधिकांश अगुवाको व्यवहारले चाहिँ जसरी भए पनि नगद सङ्ग्रह गर भन्ने सन्देश प्रवाह गरिरहेको छ ।
निष्पक्ष र बिनापूर्वाग्रह दर्शन र इतिहासको अध्ययन गरी स्वतन्त्र एवम् विवेकपूर्ण धारणा बनाउने मानिसको सङ्ख्या अति न्यूनतम रहेको महसुस हामीमध्ये धेरैले गरेका छौँ । शिक्षित र साक्षर मानिसमध्ये धेरैले पत्रपत्रिका र अन्य सञ्चारमाध्यमलाई आफ्नो ज्ञानको स्रोत बनाइरहेका छन् । दुःखका साथ भन्नुपर्छ- नेपालका सञ्चारमाध्यमहरूको प्रस्तुति तथा सर्न्दर्भ-सामग्रीहरू न्यून ज्ञानबर्द्धक, ज्यादा नकारात्मक र सतही हुने गरेको छ । सञ्चारमाध्यमहरू सूचना प्रवाह गर्दा त्यसको असर र प्रभावप्रति निरपेक्ष रहने गरेका छन्, कतिपय अर्थमा यो स्वाभाविक र उपयुक्तजस्तो देखिए पनि कैयन अर्थमा नकारात्मक एवम् अनुपयुक्त सिद्ध हुन पुगेको छ । पन्ध्र वर्षअघि मेलम्ची आयोजनामा स्थानीय बासिन्दाले विभिन्न माग राखी अवरोध पुर्‍याएको समाचारलाई उच्च महत्त्वका साथ सकारात्मक रूपमा प्रचार गर्दा देशका धेरै उद्योगधन्दा र विकास आयोजनाहरूले स्थानीयवासीका नाममा अनपेक्षित ढङ्गले अड्चन प्रदान गर्ने स्थिति बन्यो, अझै बन्दै छ । यदि आयोजनामा अड्चन पैदा गर्नुलाई नाजायज ठान्ने प्रकारको प्रस्तुति सञ्चारमाध्यमहरूको भइदिएको भए त्यसबाट एउटा बेग्लै ज्ञान प्राप्त हुने स्थिति बन्न सक्थ्यो । त्यसो नभई अवरोध पुर्‍याउनुलाई जायज र आवश्यक भन्ने शैलीमा समाचार सम्पे्रषण हुँदा देशभर विभिन्न आयोजनाहरूसँग अनेक माग तेर्स्याउने र पूरा नभए अवरोध पुर्‍याउनुपर्छ भन्ने ‘ज्ञान-सन्देश’ फैलियो, जसको मार देशले आज भोगिरहनुपरेको छ । यो एउटा दृष्टान्त मात्र हो, यस्ता हजारौँ घटना-सर्न्दर्भ छन् जसका कारण मुलुकमा नकारात्मक ज्ञान प्रवाह हुन पुगेको छ । यर्सथ ज्ञानको एउटा प्रभावकारी मानिने सूचना स्रोत पनि कुनै न कुनै रूपमा मैलिएको छ, जहाँबाट नेपालीले स्वच्छ ज्ञान प्राप्त गर्न सकिरहेका छैनन् ।
धेरै नेपाली अध्ययनमा रुचि राख्दैनन् । मानिस जब जीवन निर्वाहमा केन्द्रित हुन थाल्छ उसका अन्य कुराहरू छुट्छन् र अध्ययन पनि उसको प्राथमिकतामा पर्ने गर्दैन । जो मानिस अध्ययनका माध्यमबाट ज्ञान प्राप्त गर्न चाहन्छन् उनीहरूमध्ये धेरैले ज्ञान प्राप्तिका लागि कस्तो पुस्तक पढ्नुपर्ने हुन्छ भन्ने कुराको हेक्का राख्दैनन् । कतिपय नेपाली त युधीर थापा र प्रकाश कोविदका उपन्यासमा अल्झिनुलाई पनि अध्ययन गरिरहेको ठान्छन् । स्वेट मार्डेनकै पुस्तक त्यस्ता मानिसको हातमा पर्‍यो भने त उसले विश्व विजयी बन्ने ज्ञान नै प्राप्त गरेको ठान्न सक्छ । ज्ञानका विधा सहश्र छन्, सबै विधामा एउटै मानिसले दखल राख्न असम्भव छ । इञ्जिनियरिङ, चिकित्सकीय, व्यवस्थापकीय, राजनीति, कला, संस्कृति, धर्म र पत्रकारिता या प्रशासनिक जुनसुकै विधाको ज्ञान आर्जन गरे पनि जीवन र सृष्टिबारेको ज्ञान शून्य छ भने त्यस्तो मानिस एउटा यन्त्रभन्दा बढी केही सायदै देखिएला । जो मानिस इतिहासको अध्ययनबाट पाठ सिक्न सक्दैन त्यस्तो मानिसको भूमिका वर्तमानमा पनि उपयुक्त र जायज हुन्छ भन्न सकिँदैन । मेकियाबेली पढेर पनि ज्ञान आर्जन गर्न सकिन्छ र प्लेटोलाई पढेर पनि । विष्मार्कलाई पढ्दा पनि ज्ञान प्राप्त हुन्छ र सिकन्दरलाई पढ्दा पनि । तर फरक-फरक व्यक्तिलाई पढ्दा प्राप्त हुने ज्ञानको कोटि पनि फरक नै हुन्छ । पृथ्वीनारायण शाहको सालिक ढालेर सुरु भएको लोकतन्त्रले नेपालीमा कस्तो प्रकारको देशभक्तिको ज्ञान प्रवाह गरेको छ हामी महसुस गर्दै छौँ । हिंसा र छलकपटको बलमा विजयी बन्नेहरूबाट देशवासीले कस्तो ज्ञान प्राप्त गर्दै छन् त्यो पनि हामी देखिरहेका छौँ । ज्ञानको स्रोतमै कीरा परेपछि कसरी शुद्ध ज्ञान प्राप्त होला र अशुद्ध ज्ञानले हामीलाई कहाँसम्म पुर्‍याउला ? खानेकुरामा कीरा पर्दा त शारीरिक स्वास्थ्यमा प्रतिकूल असर गर्छ र मानिसले अकाल मृत्युवरणसमेत गर्न सक्दछ, ज्ञानको स्रोतमा परेको कीराले मानव सभ्यताको विकासमा कतिसम्म क्षति पुर्‍याउन सक्दोरहेछ । वश, दुःखद् प्रतीक्षा यसैको हुँदै छ ।

 प्रचण्डको  अधिनायकवादविरुद्ध सङ्घर्षरत उपाध्यक्ष मोहन वैद्य खेमाले अब आफ्नो  अभियानलाई राष्ट्रियतासँग जोड्दै प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध  समेत केन्द्रित गर्ने
- रामहरि पाण्डे
आफ्नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अधिनायकवादविरुद्ध सङ्घर्षरत उपाध्यक्ष मोहन वैद्य खेमाले अब आफ्नो अभियानलाई राष्ट्रियतासँग जोड्दै प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध समेत केन्द्रित गर्ने भएका छन् । यसका लागि वैद्य पक्षले केन्द्रदेखि सेलसम्म बेग्लै सांगठनिक संरचना निर्माण अभियानलाई अन्तिम रूप दिइसकेका छन्, त्यसैले अब एकीकृत माओवादी पार्टी विधिवत् विभाजन भएन भने पनि छिट्टै एउटा मोर्चामा रूपान्तरण हुने निश्चितप्रायः भएको छ । उनीहरूले पार्टी र सरकार नेतृत्व (प्रचण्ड-बाबुराम)को भण्डाफोर गर्दै उनीहरूलाई आमनागरिकमाझ झुकाउन देशव्यापी समानान्तर कमिटी नै खडा गरेको बताएका छन् । वैद्य पक्षका अनुसार नेतृत्वको भण्डाफोर अभियानलाई राष्ट्रघातविरुद्धको आन्दोलनका रूपमा परिणत गरिनेछ र माओवादीकै नेतृत्वमा राष्ट्रिय सहमतिको नयाँ सरकार गठन गर्न दबाब सिर्जना गरिने भएको छ । यही अभियानबाट प्रचण्ड-बाबुरामलाई गद्दार घोषणा गर्नेसम्मको तयारी रहेको वैद्यनिकट एक नेताले बताउनुभयो । ती नेताका अनुसार पार्टीभित्र पार्टी, सङ्घर्षभित्र सङ्घर्ष र योजनाभित्र योजना भन्ने वैद्यको पुरानो नीतिलाई ब्युँत्याउँदै केन्द्रदेखि गाउँ तहसम्म समानान्तर कमिटी गठन गरिएको हो र यो अभियान अन्तिम चरण पुगेको छ ।
वैद्य पक्षले दसैं-तिहारभित्रमा पचहत्तरवटै जिल्लामा समानान्तर कमिटी निर्माण गरिसक्ने लक्ष्य लिएको छ । कन्टेनरको साँचो विशेष समितिलाई बुझाएको, सरकारको नेतृत्व गर्ने नाममा मधेसकेन्द्रित दलको मोर्चासँग अव्यावहारिक र अवैध सम्झौता गरिएको भन्दै वैद्य पक्ष सडकमा नै उत्रिएको र त्यसलाई थप प्रभावकारी र सशक्त बनाउने भन्दै समानान्तर कमिटी निर्माणमा जोड दिइएको हो । अध्यक्ष प्रचण्ड र बाबुरामले पनि पार्टीमा समानान्तर कमिटी बनाएको जिकिर गर्दै आफूहरूले विषयवस्तुलाई बहसको रूपमा लैजानका लागि कमिटी निर्माण गरिएको प्रतिक्रिया उनीहरूले दिएका छन् । आफ्नो विचारधारालाई स्थानीय स्तरमा लैजान आफूनिकटकै मानिसको खाँचो पर्ने भएकोले त्यसलाई पूर्णता दिन बेग्लै कमिटीको खाँचो महसुस भएको उनीहरूको भनाइ छ । सचिव सीपी गजुरेलले पार्टी नेतृत्वको गलत नियत र कार्यलाई भण्डाफोर गर्न पनि बेग्लै कमिटीको खाँचो देखिएकाले त्यसलाई पूर्णता दिएको बताएका छन् । गजुरेलको भनाइ थियो, ‘हामीले पार्टी विभाजन नै गरी फरक समूह बनाएका होइनौँ, आफ्नो विचार प्रवाह गर्न मात्र बनाइएको हो, यसको बाहिर गलत अर्थ नजाओस् ।’ ‘पार्टी एउटै भए पनि त्यहाँ फरक-फरक विचार भएको र एकले अर्कालाई निषेध गरिएकोले पनि
बेग्लै धार सिर्जना गर्नु खाँचो थियो,’ वैद्यनिकट नेताहरूको भनँइ छ, त्यसैले हामी नेताहरूको जिम्मेवारीसहित आ-आफ्नो कार्यक्षेत्रमा खटिएका छौँ/खटाइसकेका छौँ ।’ उनीहरूले आवश्यक परे पार्टी नेतृत्वबाट भएका पार्टी नीतिविपरीत कार्यहरूको प्रतिकार गर्नेसम्मको तयारी गरेका छन् । यसका लागि सुकुम्बासी, भूमिहीन र पिछडा वर्गलाई केन्द्रबिन्दु बनाइएको छ । सरकारले उक्त वर्गका मानिसलाई उपयुक्त व्यवस्था नगरी हाल बसोबास गरिरहेको स्थानबाट हटाउन खोजे कडा प्रतिकार गर्ने र यसका लागि नेत्रविक्रम चन्दको नेतृत्वमा यसअघि गठन गरिएको जनस्वयम्सेवक परिचालन समितिलाई सक्रिय पार्ने निर्णय भएको छ ।
सूत्रका अनुसार उनीहरूले उपाध्यक्ष मोहन वैद्यको नेतृत्वमा समानान्तर कमिटी निर्माण गरेका हुन् । कमिटी निर्माणमा सक्रिय रहेका महासचिव रामबहादुर थापालाई भने कुनै पनि जिम्मेवारी तोकिएको छैन । जिम्मेवारी नतोकिए पनि थापालाई विशेष भूमिका र महत्त्व दिइएको बताइन्छ । सचिव सीपी गजुरेललाई बाहिरी मोर्चा र विदेश, देव गुरुङलाई संविधानसभा/संसद् र नेत्रविक्रम चन्दलाई सङ्गठन विभागको जिम्मेवारी दिइएको छ । सूत्रका अनुसार उनीहरू जिम्मेवारीअनुसार कार्यक्षेत्रमा समेत खटिइसकेका छन् । वैद्य पक्षले राज्यसमितिका इन्चार्जहरूमा पनि जिम्मेवारी तोकेको छ । जिम्मेवारीअनुसार लिम्बुवानमा धर्मचन्द्र लावती, किरातमा पदम राई, कोचिलामा प्रह्लाद बुढाथोकी, मिथिलामा कृष्णदेव सिंह, भोजपुरामा महेन्द्र पासवान, अवधमा किसन शर्मा, थारुवानमा हरिभक्त कँडेल र महेश्वर गहतराज, नेवाःमा हितमान शाक्य, राम आचार्य र यशोदा सुवेदी, ताम्सालिङमा कुलबहादुर केसी, अनिल शर्मा र दिनेश आचार्य, तमुवानमा श्रीराम ढकाल, मगरातमा सन्तोष बुढामगर, भेरी-कर्णालीमा मायाप्रसाद चौलागाईं र हर्कबहादुर शाह, सेती-महाकालीमा खड्गबहादुर विश्वकर्मा, विदेश विभागमा इन्द्रमोहन सिग्देल, लडाकुमा कुलप्रसाद केसीलाई इन्चार्ज बनाइएको छ । त्यसैगरी जनवर्गीय सङ्गठनहरूमा उमा भुजेल वाईसीएल, दिलीप प्रजापति र लेखनाथ न्यौपाने विद्यार्थी, कुमार दाहाल मजदुर, इश्वरी दाहाल स्वास्थ्य, महेश्वर दाहाल सञ्चार, जयपुरी घर्तीमगर महिला, माइला लामा सांस्कृतिक र डा. ऋषिराज बराललाई बुद्धिजीवी फाँटको नेतृत्व दिइएको छ । आफ्नो विचारलाई स्थानीयस्तरमा लैजान पार्टीभित्र बेग्लै धार बनाइएको पोलिटब्युरो सदस्य हरिभक्त कँडेलले बताउनुभयो । कँडेलले भन्नुभयो, ‘हामीले मात्र यसरी फरक धारको कमिटी बनाएका छैनौँ, अध्यक्ष प्रचण्ड र बाबुरामले पनि फरक धार निर्माण गरी आफ्ना विचार तल्लो तहसम्म पुर्‍याएका छन् भने हामीले चाहिँ किन नपाउने ।’ फरक विचार र धार खडा गरी तल्लो तहसम्म आफ्ना विचार पुर्‍याए पनि यसलाई कसरी अघि बढाउने भन्नेबारे आगामी केन्द्रीय कमिटी बैठकले निर्धारण गर्ने कँडेलको भनाइ छ । उहाँले भन्नुभयो, ‘यो अहिले बहसको तहसम्म मात्र छ, केन्द्रीय कमिटीबाट हामीले उठाएका विषयलाई सम्बोधन नगरिए त्यसपछि के गर्ने भन्नेमा सोचेर अघि बढ्ने छौँ ।’
माओवादी उच्च सूत्रका अनुसार माओवादी नेतृत्वमा वैचारिक विमतिसँगै केही व्यावहारिक पक्षले पनि आन्तरिक विवाद उत्कर्षमा पुगेको हो । यीमध्ये आर्थिक कारण मुख्य हो । अध्यक्ष प्रचण्डले वैद्य र उनी पक्षलाई बिस्तारै आर्थिक नाकाबन्दी लगाएपछि विवाद बढ्दै गएको हो । पार्टी सञ्चालनका लागि प्रत्येक सभासद्बाट प्रतिमहिना १० हजार र शिविरमा रहेका लडाकुबाट शुल्कबापत एक हजार रुपैयाँ लिने गरिएको छ । यसरी आफ्ना दुई सय ३९ जना सभासद् र शिविरमा रहेका १९ हजार ६ सय एक लडाकुबाट प्रत्यक्ष देखिने गरी माओवादीले मासिक दुई करोड १९ लाख ७१ हजार उठाएको देखिन्छ । तर, त्यसको कुनै हिसाब-किताब गरिएको छैन । वैद्य पक्षले यसलाई पनि प्रमुख मुद्दा बनाएको छ । माओवादीमा आर्थिक जिम्मेवारी अध्यक्ष प्रचण्ड र उनीनिकटका नेताहरूले सम्हाल्दै आएका छन् ।
- घटना र विचार

No comments:

Post a Comment