Saturday, December 3, 2011

भगवान बुद्ध र लुम्बिनीका नाममा राजनीति शुरु गरेका, केही दिन अगाडी मात्रै बुद्ध र लुम्बिनीका लागि काम गरिरहेका हरुबाट अभिनन्दित समेत भएका प्रचण्डले फेरी एक पटक दोहोर्याएर दिए विद्रोह मार्फत सत्ता कब्जा गर्ने चेतावनी !

भगवान बुद्ध र लुम्बिनीका नाममा राजनीति शुरु गरेका, केही दिन अगाडी मात्रै बुद्ध र लुम्बिनीका लागि काम गरिरहेका हरुबाट अभिनन्दित समेत भएका प्रचण्ड का कुरा गरी साध्य छैन । शान्ती र संबिधान को कुरा गरेर नथाक्ने प्रचण्डले फेरी बिद्रोह र सत्ता कब्जाको शब्द दोहोर्याएर आफ्नो असली अनुहार झल्क्याएका छन । लाजै छैन बा आफ्नै सरकार हुँदा र आफ्नै पथमा सारा दल र तिनका नेता पिछलग्गु भएर हिड्दा पनि अझ बिद्रोह र सत्ता कब्जाका कुरा दोहोर्याउन प्रचण्डलाई !!! एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान लेखिए पनि नलेखिए पनि माओवादीको अन्तिम लक्ष्य सत्ता कब्जा रहेको बताएका छन्। नेपालका प्रमुख दलहरुबीच आशंका र विवादको विषय बन्ने गरेको “सत्ता कब्जा” शब्द एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइको मुख्य विपक्षीहरुले विरोध गरेका छन्। पार्टीका आन्तरिक र बाह्य सभा समारोहमा बारम्बार माओवादीको अन्तिम लक्ष्य सत्ता कब्जा भन्ने गरेका प्रचण्डले केहि समय यता त्यसबारे कम्तिमा सार्वजनिक समारोहमा बोलेका थिएनन्। पछिल्लो समयमा माओवादीले संस्थागत रुपमै जनविद्रोहको कार्यदिशा परिवर्तन गरेर शान्ति र संविधानको बाटो अपनाएको भन्दै त्यसले आफुहरुबीच विश्वासको वातावरण बन्दै गएको विपक्षी दलहरुले भन्दै आएका थिए। केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा भएको पार्टी एकता कार्यक्रममा प्रचण्डले शान्तिका लागि आफ्नो पार्टीले अन्तिमसम्म पहल गर्ने बताए । माओवादीलाई फुटाउने षडयन्त्र भईरहे पनि आफ्नो पार्टी अझै एकताबद्ध हुँदै गएको भन्दै उनले फुटाउने षड्यन्त्र पुरा हुन नदिने प्रतिबद्धता जनाए । अहिलेको अवस्थामा शान्ति र संविधानमा लाग्नुको विकल्प नभएको उनको भनाई थियो । कार्यक्रममा तीनवटा साना कम्युनिष्ट पार्टीहरु नेकपा माओवादी, क्रान्तिकारी कम्युनिष्ट पार्र्टी र सयुक्त जनवादी मोर्चा एकीकृत नेकपा माओवादीमा गाभिएको घोषणा गरिएको थियो ।

No comments:

Post a Comment