Sunday, January 8, 2012

माओवादी कमरेड मन्त्री बनेपछि : गाविस स्तरको जुनार महोत्सवमा ३ घण्टाका लागि महंगो दरमा डाईनेष्टी एयरको हेलिकप्टर भाडामा लिएर आईपुगेका पर्यटन मन्त्री लोकेन्द्र विष्ट मगर !

पर्यटन मन्त्री लोकेन्द्र विष्टमगरले शान्ति प्रकृया र संविधान निर्माणको कार्य भाड्ने देशको माईलो र साईलो पार्टी भएको आरोप लगाएका छन् ।विष्टले शान्ति प्रक्रिया भाँड्ने कांग्रेस र एमाले भएको लक्षित गर्दै भने-'माओवादीले शान्ति प्रकृयामा गतिरोध गरेको र संविधान निर्माणलाई भाँडेको आरोप लगाउदै हिड्नेहरुनै वास्तविक भँडुवा हुन् ।' रामेछापको ओख्रेनीमा आयोजना भएको जुनार महोत्सवको उदघाटन गर्न आईतवार भालुखोप आईपुगेका मन्त्री मगरले कृषिमा आधुनिक मेसिन र बैज्ञानिक सीपको आवश्यकता रहेको बताए ।  'एक्लै हिड्नेले केहि गर्न सक्दैन' विष्टले भने आधुनिक मेसीनरी, वैज्ञानिक सीप र सहकारीको माध्यमले कृषि क्रान्ति गर्नुपर्ने बेला आएको छ । नेपालमा राजनैतिक क्रान्ति समेत अधुरो रहेकोले आर्थिक क्रान्तिको कुरा ओझेलमा परेको उनले बताए । 'राजनीतिक क्रान्तिलाई पूरा गरी आर्थिक क्रान्त्रि गर्नु हाम्रोलागि चुनौति छ' मगरले भने । उनले विश्व धेरै अघि वढी सकेको बताउँदै अव माओ र लेनिनको विचारले कुनै काम नदिने बताए । गाविस स्तरको जुनार महोत्सवमा ३ घण्टाका लागि महंगो दरमा डाईनेष्टी एयरको हेलिकप्टर भाडामा लिएर आईपुगेका पर्यटन मन्त्रीले पर्यटन क्षेत्रको विकासका लागि दुई हेलिकप्टर तथा ६ वटा जहाज खरिद गर्ने र  मुलुकका ५४ विमानस्थलको सुधार गर्ने तयारी गरिएको बताए । 

No comments:

Post a Comment