Monday, January 9, 2012

नायिका रेखा थापा र निर्माता छवि ओझा दम्पतीको सम्बन्ध संकटमा, "ऊ जवान भई म बूढो भएँ" : छवि ओझा

5287696774_60275cc3f9.jpg
बिहे गरेको केही समयपछि नै शुरु भएको बेमेल र किचलो बढ्दै गएपछि नायिका रेखा थापा र निर्माता छवि ओझा दम्पतीको सम्बन्ध संकटमा परेको छ। ११ वर्षअगाडि छवि ओझाले निर्माण गरेको चलचित्र हिरोबाट हिरोइनका रुपमा डेब्यु गरेकी नायिका रेखा थापा त्यो चलचित्र तयार हुँदा-नहुँदै छविको 'पस्रनल लाइफकी हिरोइन’ भइसकेकी थिइन्। २० वर्ष उमेरको अन्तरलाई हेरेर रेखाले 'ड्याडी’ भन्दै आएका छवि र उनीबीच खुसुक्क बिहेबारी भए पनि यो दम्पतीले यसबारे एक वर्षसम्म पनि कसैलाई केही सुइँको दिएको थिएन। तर सँगै बस्न थालेको शुरुमै उनीहरुको दाम्पत्य सम्बन्ध पुस-माघको जस्तो चिसो हुन थालिसकेको थियो। छविले रेखा अरु पुरुषसँग बोल्दा नराम्रो मान्ने तथा शंका गर्ने होम प्रोडक्सनबाहिरको चलचित्रमा काम गर्ने क्रममा हस्तक्षेप गर्ने घरखर्चका लागि बराबर खर्च गर्नुपर्ने सुटिङ-डबिङजस्ता काम सकेर घरभित्र प्रवेश गर्ने कुरामा समयको पावन्दी लगाउनेजस्ता
विविध व्यावहारिक र पारिवारिक हस्तक्षेपका कारण रेखा र छविबीच विवाद र बेमेल भएको तथा त्यो बढ्दै जाँदा कुरा डिभोस्रसम्म पुगेको हो। अरुसँग बोल्ने र हाँस्ने कुरामा बिहे गरेको एक सातामै सबका सामु गाली गरेपछि रेखा रुँदै झोला बोकेर हिँड्न लागेकी थिइन्। यस्ता घटना बारम्बार हुने गरे पनि फेरि दुबै जना सहमतिमा आउँथे र साथै बस्थे। बताइएअनुसार बिहेको २-३ महिनासम्म रेखा घरखर्चका लागि ५-७ हजार छविलाई बुझाउने गर्थिन्। माइती तथा साथीसंगीहरुसँगको मेलमिलाप पनि दुईबीच झगडाको निहुँ हुने गर्दथ्यो। चलचित्रक्षेत्रमा प्रवेश गरेदेखि लगातार सफलताको स्वाद चाख्दै व्यस्त रहन थाले पनि उमेर र समय बित्दै जाँदा तथा मेलिना मानन्धर अरुणिमा लम्साल संचिता लुइँटेलजस्ता नायिकाहरु सन्तानका आमा भएपछि रेखा पनि आमा बन्न चाहेकी थिइन्। तर उनले छविबाट 'सपोर्ट’ पाइनन्। तनाब शंका बेमेल र असमझदारी बढ्दै गएपछि छविले नै रेखासँग डिभोस्र माग्न थालेको बताइएको छ। दुई वर्षअगाडिदेखि डिभोस्रको कुरा भइरहेको दम्पतीबीच एउटै छतमुनि बसे पनि ८-९ महिनायता बोलचालसमेत छैन। पछिल्लोपटक आपुनो घर आएकी सासूलाई छविले छोरी लगे पनि हुन्छसमेत भनिदिए। लगातारको तनाबका कारण छवि र रेखा ११ वर्षको दाम्पत्य जीवन नै टुंग्याउन सक्ने मनस्थितिमा पुगे पनि हाल सर्लाहीमा चलचित्र लंकाको सुटिङ गरिरहेकी रेखा र काठमाडौंमै रहेका छवि आफूहरुको सम्बन्धका बारेमा छलफल गरी पुनर्विचार गर्ने सोचमा छन्। रेखा पनि काठमाडौं फर्केर छविसँगको दाम्पत्य जीवन फेरि एकपटक 'ट्राइ गर्ने’ पक्षमा देखिएकी छिन्। रेखासँगभन्दा पहिले छविले दुई बिहे गरिसकेका छन्। छविका जेठी पत्नी हेमाका तर्पुबाट दुई र माइली नायिका पत्नी स्व। गीतांजली सुनारका तर्पुबाट एक छोरा छन्। जेठीपट्टिबाट उनी हजुरबुबासमेत बनिसकेका छन्। छविले चलचित्र नाताको निर्माण गर्ने क्रममा त्यसकी नायिका गीतांजलीसँग बिहे गरेका थिए भने गीतांजलीसँग बिहे गरेपछि हेमा उनीसँग छुट्टिएर धरान फर्केकी थिइन्। अन्याय जन्मभूमिजस्ता चलचित्रकी नायिका सुनारले पासो लगाएर आत्महत्या गरेकी थिइन्। छविले भने आफूले डिभोस्र नमागेको तर रेखाले छुट्टिन चाहे आफू खुट्टा ढोगेर सँगै बस्ने पक्षमा नभएको बताए। 'रेखालाई मैले स्वास्नीको भन्दा पनि बच्चाको दर्जा दिएर राखेको छु आफूलाई उसको गार्जेन’ छविले भने- 'उसलाई मैले ल्याउँदा १५-१६ वर्षको बच्चा थिई। उसैलाई भनेर मैले रेखा फिल्म्स खोलिदिएँ सबै फिल्ममा अरु हिरोइन नलिएर उसैलाई लिएँ। ल्याएर हुर्काएँ बढाएँ अहिले ऊ जवान भई म बूढो भएँ। अब आएर मसँग बस्दिनँ भन्छे भने म खुट्टा ढोग्नेवाला छैन।’ उनले भने- 'समयको कुरो हो पहिले रेखा थापालाई छविकी स्वास्नी भन्थे अहिले छविलाई रेखाको लोग्ने भन्छन्।’ उनी खासमा कुरामा आए- 'लोग्ने-स्वास्नीमा झगडा हुन सक्छ बोलचाल नहुन सक्छ। खाने-बस्ने काम गर्ने मान्छे सबैको व्यवस्था छ आएर बस्ने÷नबस्ने उहाँकै इच्छाको कुरा हो।’ दुवै कुरा सुन्दा उनीहरुको सम्बन्ध संकटमा भए पनि फेरि मिल्न सक्ने देखिन्छ। तर तनाब बेमेल शंका-उपशंका र हस्तक्षेपको बलियो धागोमा अल्झिएको उनीहरुको ँसम्झौताको सम्बन्ध’ कति समय टिक्ला भन्न सकिन्न।

No comments:

Post a Comment