Tuesday, January 10, 2012

" १६ दलले माओवादी विरुद्ध मोर्चाबन्दी गरेकाले जनसंविधान र संघीय गणतन्त्र स्थापानका लागि एक भएर लड्न पार्टीमा सहमति "

"शान्ति प्रक्रिया पुरा हुने अवस्था नदेखेकोले जनविद्रोह गर्न माओवादी एक"
 
The Nepalese Maoist leader, Prachandra, or 'the fierce one' नेकपा माओवादीका सचिव सीपी गजुरेलले १६ दलले माओवादी विरुद्ध मोर्चाबन्दी गरेकाले जनसंविधान र संघीय गणतन्त्र स्थापानका लागि एक भएर लड्न पार्टीमा सहमति भएको बताउनु भएको छ । रिपोर्टर्स क्लबले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा सचिव गजुरेलले विभाजित हुँदा मोर्चा बन्दी भएको भन्दै अब एक भएर शान्ति र संविधान लेखनको काममा लाग्ने बताउनुभयो । माओवादीले संसदीय ब्यवस्था कुनै पनि
हालतमा नमान्ने गजुरेलले बताउनुभयो । ‘संसदीय ब्यवस्था मान्ने भए २०५२ सालमा हतियार उठाउने नै थिएनौँ’, गजुरेलले भन्नुभयो, ‘राजा हाम्रा लागि समस्या थिएन ।’ उहाँले कांग्रेस र एमालेका कारण शान्ति प्रक्रिया र संविधान लेखनको काम जोखिममा परेको आरोप लगाउँदै काँग्रेस र एमालेले भने जस्तो संविधान कुनै पनि हालतमा बन्न नदिने चेतावनी दिनुभयो । वैद्य पक्षीय नेता गजुरेलले काँग्रेसले नै अविश्वास प्रस्ताव ल्याउने तयारी गरेकोले त्यसअघि नै राजिनामा दिन प्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई सुझाव दिनुभयो । मोर्चाको माग मानेर सरकारमा बसिरहनु उपयूक्त नहुने गजुरेलको भनाई छ । शान्ति प्रक्रिया पुरा हुने अवस्था नदेखेकोले जनविद्रोह गर्न पार्टी एक भएको उहाँको भनाई थियो । केन्द्रीय कमिटिमा प्रस्तुत दुई प्रतिवेदन यथावत रहने भन्दै गडजुरेलले त्यसमाथिको बहस कायम रहेको बताउनुभयो । गजुरेलले क्रान्तिकारी भूमिसुधार लागु गर्ने, भूमिहीन र सुकुम्बासीलाई गरिने व्यवस्था, आत्मनिर्णयको अधिकार, संघीयता, मजदुर र किसानलाई अधिकार सम्पन्न बनाउने, राष्ट्रपति कार्यकारी हुने शासन ब्यवस्था र निर्वाचन प्रणालीका विषयमा बुधवारको बैठकले निर्णय गर्ने दावी गर्नुभयो ।
माओवादीको संस्थापन पक्षले प्रधानमन्त्री डा.बाबुराम भट्टराईकै नेतृत्वमा सहमतिको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ ।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष भट्टराईपक्षबीच मंगलवार बालुवाटारमा भएको छलफलमा अहिले भट्टराई नेतृत्वको विकल्प नभएको र अहिलेकै सरकारलाई राष्ट्रिय सहमति स्वरुप प्रदान गर्नका लागि पहल गर्ने सहमति भएको हो ।
छलफलमा अध्यक्ष प्रचण्डले आफूले राजिनामाको प्रसंग नै नउठाएको र बाहिर आएको हल्ला गलत भएको भन्दै अहिलेकै सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप प्रदान गर्नका लागि कृयाशिल रहने विश्वास दिलाएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार बैठकमा अध्यक्षले राजिनामा मागेको होईन भनेर भट्टराईलाई आश्वस्त पार्ने क्रममा हास्दै भन्नुभयो “तपाई (प्रधानमन्त्री) ढुक्क हुनुस म यहाँ (प्रधानमन्त्री बनेर बालुवाटार) आउँदिन ।”
बैठकमा भट्टराई पक्षले उपाध्यक्ष वैद्यसित राजिनामाको सहमति गरेको भन्दै असन्तुष्टि जनाएपछि अध्यक्ष प्रचण्डले उपाध्यक्ष वैद्यले राजिनामाको कुरा उठाए पनि आफूले अहिले भट्टराईकै नेतृत्वमा जानु पर्ने भनेर जवाफ दिनुभएको थियो । प्रचण्डले शान्ति र संविधानको कोर्स पुरा नहुँदासम्म भट्टराई सरकारको विकल्प नभएकोमा जोड दिनुभएको थियो ।
बैठकपछि प्रचण्ड पक्षीय पोलिटब्यूरो सदस्य अग्नि सापकोटाले अहिले भट्टराईको विकल्प नभएको र शान्ति र संविधानका लागि पार्टी एक ढिक्का भएर जाने सहमति भएको बताउनुभयो । पार्टी विवाद मिलाउन प्रचण्डले वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणसित प्रधानमन्त्री बाबुराम भट्टराईको राजिनामामा सहमति  जनाएको चर्चा चलेपछि दुई पक्षबीच एक अर्कालाई आश्वस्त पार्ने काम भएको हो ।

No comments:

Post a Comment