Sunday, January 22, 2012

मेधसी नेताहरुको दिल्ली दौड : सानै हैसियत भएपनि मधेसी नेताहरुले भारतीय उच्च नेताहरुको सजिलै दर्शन पाउने गरेका छन्

चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले नेपाल भ्रमण गरेर फर्किए लगतै मधेसी नेताहरुको दिल्ली दौडाहा सुरु भएको छ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवं गृहमन्त्री विजयकुमार गच्छदार भारतबाट फर्किएलगतै सद्भावना पार्टीका अध्यक्ष एवं स्वास्थ्यमन्त्री राजेन्द्र महतो दिल्ली जाँदैछन् । सद्भावनाका सहमहामन्त्री मनिष सुमनले भन्नुभयो- ‘अध्यक्ष तिर्थाटनका लागि भोलि विहान दिल्ली जाँदै हुनुहुन्छ ।’ दिल्ली बसाईका क्रममा महतोले राजनीतिक भेटवार्ता पनि गर्ने श्रोतले जनाएको छ । महतोको १४ गते स्वदेश र्फकने कार्यक्रम छ । यस्तै तमलोपाका अध्यक्ष महन्थ ठाकुर पनि दिल्ली जाने तयारीमा हुनुहुन्छ । ‘नियमित स्वास्थ्य उपचारका लागि उहाँ भारत जाने तयारीमा हुनुहुन्छ’ तमलोपाका कार्यालय सचिव प्रदिप पाठकले भन्नुभयो । नेताहरुको दिल्ली भ्रमणबारे मधेसी मोर्चाको आइतबार बसेको बैठकमा समेत छलफल भएको थियो । गच्छदारले आफ्नो भ्रमणबारे अन्य मधेसी नेताहरुलाई जानकारी गराएको एक नेताले बताएका छन् । संसदमा सिमिति सिट संख्या र सानै हैसियत भएपनि मधेसी नेताहरुले भारतीय उच्च नेताहरुको सजिलै दर्शन पाउने गरेका छन् । मधेसी नेताहरुवीच भारतको संस्थापन पक्षको को निकट हुने भन्ने होडबाजी चल्दै आएको छ । गच्छदारको फिर्तिसँगै सुरु भएको मेधसी नेताहरुको दिल्ली दौडलाई पनि ‘नजिक हुने होडबाजी’का रुपमा हेरिएको छ ।

कागजातहरु अंग्रेजीमा उल्था (Translation) तथा प्रमाणित (Notarize) गराउन, घर किन्न बेच्न परेमा

कागजातहरु अंग्रेजीमा उल्था (Translation) तथा प्रमाणित (Notarize) गराउन, घर किन्न बेच्न परेमा


सम्बाददाताको आवश्यकता !

छोटै समयमा विश्वभर छरिएर रहेका नेपालीका बिच लोकप्रिय बन्न सफल अमेरिकाबाट प्रकासित, Nepali community based www.NepalMother.com लाई हामी अन्तरराष्ट्रिय स्तरको News, Views, Entertainment Website का रुपमा बिकास गर्दै गैरहेका छौं , बिभिन्न देश तथा अमेरिकाका बिभिन्न स्टेट तथा शहरहरुमा नेपाल मदर डट कम का लागि सम्बाददाताहरुको आवश्यकता छ । आफ्नो बायोडाटा र एक प्रती फोटो सहित ईमेल info@nepalmother.com मा आबेदन पठाउनुहोला । समाचार लेख्न जान्ने, नेपाली टाइप गर्न जान्ने, फोटो र भिडियोको समेत नलेज भएकालाई बिशेष प्राथमिकता । हाललाई सम्बाददाताहरुले Volunteer का रुपमा सेवा गर्नु पर्नेछ ।
हामी तपाईंलाई पैसा दिन सक्दैनौ तर सम्मान र इज्यत अबस्य दिन्छौं, र हामी पनि नेपाल र नेपालीका लागि, Nepali Community का लागि निशुल्क काम गर्छौँ
- Editor in Chief, www.Nepalmother.com  and www.Nispakshya.com

No comments:

Post a Comment