Monday, January 23, 2012

"रुबेल चौधरी भगाउनमा माओवादी अध्यक्ष पुष्पकमल दहालको पनि सहभागिता, बाबुराम भट्टराई नेतृत्वको सरकार इतिहासकै सबैभन्दा बढी भ्रष्ट, सत्ता कब्जा गर्ने माओवादीलाई मलजल गर्ने एमाले र कांग्रेस" - थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले बाबुराम भट्टराई नेतृत्वको सरकार इतिहासकै सबैभन्दा बढी भ्रष्ट रहेको बताएका छन्। उनले एक महिनामै पेट्रोलियम पदार्थको तीनतीन पटक मूल्य वृद्धि गराएर भट्टराई सरकार इतिहासकै नालायक सरकार भएकोसमेत दाबी गरे।  धनगढीमा आयोजित सेती अञ्चल स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले पछिल्ला ६ वर्षको अवधिमा देशमा भ्रष्टाचार, बेथिति बढेको बताए। उनले माओवादी लडाकुको रासन भत्तामा १ सय ५० करोड भ्रष्टाचार भएको दाबीसमेत गरे। 'लडाकुको रासन भत्तामा १ सय ५० करोड भएको भ्रष्टाचारमा माओवादी नेतृत्व संलग्न छैन भने उच्च स्तरीय आयोग गठन गरेर जनतालाई जानकारी दिनसक्नुपर्छ,' उनले भने । नत्र इतिहासकै ठूलो भ्रष्टाचार
काण्डको कालो टीका माओवादीको निधारमा लाग्नेछ। उनले सुडान भ्रष्टाचार काण्डमा मुख्य अभियुक्त रुबेल चौधरी भएको र उनलाई एकीकृत माओवादी, नेपाली कांग्रेस र एमाले तीन वटै दलले भगाएको आरोप लगाए। 'रुबेल चौधरी भगाउनमा माओवादी अध्यक्ष पुष्पकमल दहालको पनि सहभागिता थियो,' उनले भने। नेपाली कांग्रेस र नेकपा एमालले माओवादीको सत्ता कब्जा गर्ने कामलाई मलजल पुगाएको पनि उनने बताए।  'एमाले र कांग्रेसले माओवादीविरुद्ध गरेको मोर्चाबन्दीले शान्ति निर्माण र संविधान लेखनको काममा अवरोध पुगेको छ,' उनले भने, 'सत्ता कब्जा गर्ने माओवादीलाई मजलजल गर्ने एमाले र कांग्रेसले अहिले कब्जा सम्पत्तिलाई वैधता दियो भनेर विरोध गर्नुको कुनै अर्थ छैन।' अध्यक्ष थापाले थपिएको ६ महिनाभित्र पनि संविधान नबन्ने दाबी गरे। उनले दलहरुले लेनदेनका आधारमा सहमति गरी तिगडम गरेर दस्ताबेज निर्माण गरिहाले पनि त्यसले जनताको चाहाना र आकाक्षां पूरा नगर्ने बताए।



कागजातहरु अंग्रेजीमा उल्था (Translation) तथा प्रमाणित (Notarize) गराउन, घर किन्न बेच्न परेमा

कागजातहरु अंग्रेजीमा उल्था (Translation) तथा प्रमाणित (Notarize) गराउन, घर किन्न बेच्न परेमा


सम्बाददाताको आवश्यकता !

छोटै समयमा विश्वभर छरिएर रहेका नेपालीका बिच लोकप्रिय बन्न सफल अमेरिकाबाट प्रकासित, Nepali community based www.NepalMother.com लाई हामी अन्तरराष्ट्रिय स्तरको News, Views, Entertainment Website का रुपमा बिकास गर्दै गैरहेका छौं , बिभिन्न देश तथा अमेरिकाका बिभिन्न स्टेट तथा शहरहरुमा नेपाल मदर डट कम का लागि सम्बाददाताहरुको आवश्यकता छ । आफ्नो बायोडाटा र एक प्रती फोटो सहित ईमेल info@nepalmother.com मा आबेदन पठाउनुहोला । समाचार लेख्न जान्ने, नेपाली टाइप गर्न जान्ने, फोटो र भिडियोको समेत नलेज भएकालाई बिशेष प्राथमिकता । हाललाई सम्बाददाताहरुले Volunteer का रुपमा सेवा गर्नु पर्नेछ ।
हामी तपाईंलाई पैसा दिन सक्दैनौ तर सम्मान र इज्यत अबस्य दिन्छौं, र हामी पनि नेपाल र नेपालीका लागि, Nepali Community का लागि निशुल्क काम गर्छौँ
- Editor in Chief, www.Nepalmother.com  and www.Nispakshya.com

1 comment:

  1. thapa ji ekdam sorai aana sahi kuro garnu bhoarab ra africa ma jasto bishal julus ra aandolan gare kaso hola?edi yeso bhayo bhane ma turuntai nepal farkan6u sahabhagi huna .comon do it thapa .natra bhane ghar ma basera khau papa .lol

    ReplyDelete