राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगका सदस्यहरुले दुई छुट्टा छुट्टै प्रतिवेदन तयार पारेका छन् । संयोजकसहित आयोगका ६ जनाले ११ जातीय र तीन जनाले ६ प्रदेशको प्रस्तावसहितको दुई वटा प्रतिवेदन बुझाउने तयारी गरेका छन् । जातीय आधारमा राज्य पुनर्संरचना गर्ने र नगर्ने भन्नेमा विवाद भएपछि आयोगका सदस्यहरु नै विभाजित भएका छन् । संयोजक मदन परियार, माओवादीका प्रतिनिधि मल्ल के सुन्दर, स्टेला तामाङ, मधेसी मोर्चाका कृष्ण हाछेथु, सुरेन्द्र महोतो र एमालेका भोगेन्द्र झाले बहुमतका आधारमा ११ प्रवेशको प्रस्ताव तयार पारेका छन् । बहुमत सदस्यले राज्य पुनसर्ंरचनासम्वन्धि समितिले तयार पारको १४ प्रदेशको प्रस्तावबाट सुनकोशी, शेर्पा र जडानलाई हटाएका छन् भने पश्चिम नेपालका खप्तड र कणार्लीलाई एउटै कणार्ली-खप्तड प्रदेश बनाएका छन् । यस्तै लिम्बुवान, किराँत, ताम्सालिङ्ग, नेवा, तमुवान, नारायणी, मगरात छन् भने तराईमा पूर्वमा मिथिला-भोजपुरा-कोच- मधेस र पश्चिममा लुम्बिनी-अबध-थारुवान भनिएको छ । यस्तै दलितलाई भौगोलिक आधारमा नभई बेग्लै प्रदेशकै हैसियतमा अधिकार दिने गरी ‘नन टेरिटोरियल’ अवधारणा अघि सारिएको छ । अल्पमतमा परेका काँग्रेसका सदस्य रमेश ढुंगेल र सावित्री गुरुङ तथा एमालेका सर्वराज खड्काले छलफल बहिस्कार गरी जातका आधारमा नभई भौगोलिक, सास्ंकृतिक र ऐतिहासक आधारमा ६ प्रदेशको छुट्टै प्रतिवेदन बनाएको स्रोतले जनाएको छ । उनीहरुले प्रदेशको नाम दिएका छैनन र १ देखि ६ नम्बर दिएका छन् । प्रतेक प्रदेशले हिमाल, पहाड र तराई छुनेछ । आयोगका संयोजक मदन परियार समेत बहुमतको खेलमा लागेकोले छुट्टै प्रतिवेदन बनाउनु परेको उनीहरुको तर्क छ । तीन जनाले आफ्नो प्रतिवेदन पहिले आयोगकै संयोजकलाई बुझाउने र बुझेर सरकार समक्ष लैजान नमाने आफैले सरकारलाई बुझाउने तयारी गरेका छन् ।
बिशेष प्रतिनिधि (रिपोर्टर) को आवश्यकता !
छोटै समयमा विश्वभर छरिएर रहेका नेपालीका बिच लोकप्रिय बन्न सफल अमेरिकाबाट प्रकासित, Nepali community based www.NepalMother.com लाई हामी अन्तरराष्ट्रिय स्तरको News, Views, Entertainment Website का रुपमा बिकास गर्दै गैरहेका छौं , बिभिन्न देश तथा अमेरिकाका बिभिन्न स्टेट तथा शहरहरुमा नेपाल मदर डट कम का लागि बिशेष प्रतिनिधि (रिपोर्टर) हरुको आवश्यकता छ । आफ्नो बायोडाटा र एक प्रती फोटो सहित ईमेल info@nepalmother.com मा आबेदन पठाउनुहोला । समाचार लेख्न जान्ने, नेपाली टाइप गर्न जान्ने, फोटो र भिडियोको समेत नलेज भएकालाई बिशेष प्राथमिकता । हाललाई बिशेष प्रतिनिधि (रिपोर्टर) हरुले Volunteer का रुपमा सेवा गर्नु पर्नेछ । हामी तपाईंलाई पैसा दिन सक्दैनौ तर सम्मान र इज्यत अबस्य दिन्छौं, र हामी पनि नेपाल र नेपालीका लागि, Nepali Community का लागि निशुल्क काम गर्छौँ ।- Editor in Chief, www.Nepalmother.com and www.Nispakshya.com
No comments:
Post a Comment