Sunday, January 15, 2012

अमेरिकाको जर्जिया राज्यको एटलान्टामा दामोदर पाठकको हत्यामा संलग्न भएको अभियोगमा एक व्यक्ति पक्राउ

इटालीको गिग्लियो टापु नजिकैको क्षेत्रमा करिव ४ हजार यात्रु बोकेको पानी जहाज दुर्घटनामा परेका ६ जना नेपाली शकुशल
अमेरिकाको जर्जिया राज्यको एटलान्टास्थित डेक्लाब काउन्टीस्थित वीपी ग्याँस स्टेशनमा कार्यरत नेपाली कामदार दामोदर पाठकको हत्यामा संलग्न भएको अभियोगमा एक व्यक्तिलाई प्रहरीले विहिवार पक्राउ गरेको छ । ३९ बर्षिय पाठकको ९ जनवरी अर्थात सोमबार राति ११ बजे अपराधि समूहले गोली हानी हत्या गरेका थिए । पक्राउ पर्नेमा आपराधिक समूहका सदस्य ५२ बषिर्य अर्लिन टर्नर रहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न टर्नरलाई प्हरीले यहाँस्थित लेक पार्क ड्राइभस्थित अपार्टमेन्टवाट पक्राउ गरेको हो । ग्याँस स्टेशन (स्टोर)मा राखिएको भिडियो क्यामेराबाट हेर्दा रातीको करिव साढे ११ बजे दुइ जना व्यक्ति स्टोरभित्र छिरेका र तिनै व्यक्तिहरुले रजिष्टर्डबाट नगद लुटेका थिए । पाठकको छातीमा गोली लागेको र पाठकलाई स्थानीय अस्पताल पुर्याउँदा पाठकको निधन भइसकेको स्थानीय अस्पतालले जानकारी गराएको थियो । पाठक विगत
चार वर्षदेखि सोही स्टोरमा कार्यरत थिए ।
इटालीको गिग्लियो टापु नजिकैको क्षेत्रमा करिव ४ हजार यात्रु बोकेको पानी जहाज दुर्घटनामा परेका ६ जना नेपाली शकुशल रहेका छन् । सो जहाजमा दुई बालबालिका सहित ६ जना नेपाली यात्रारत थिए । काठमाडौंका प्रकाशमोहन भट्टराई, रुपा पौडेल भट्टाई, प्रज्जलमोहन भट्टराई र रोहनमोहन भट्टराईको नाम खुलेको छ भने अन्य २ जनाको परिचय खुलेको छैन । अहिले उनीहरुको उद्धार गरिएको र रोममा ट्राभल डकुमेन्टको प्रतिक्षामा रहेको उनीहरुको निरन्तर सम्र्पकमा रहेका अनुपम पौडेलले जानकारी दिएका छन् । दुर्घटनाको समयमा उनीहरु रात्री पहिरनमा रहेका र अरु झोलामा रहेका अरु कपडा हराएकाले उनीहरु गएराति अरु ४२ सय मानिसहरु सँगै चिसोमै सामुदि्रक किनारमा रात काट्न बाध्य भएको पौडेलले जानकारी दिनुभयो । नेपालीहरुले भ्रमणको बन्दोबस्त मिलाउने एजेन्सीलाई आफ्ना पार्सपोर्ट दिएका थिए । दुर्घटनामा पासपोर्ट हराएपछि एजेन्सीले उनीहरुलाई भ्रमण कार्ड उपलब्ध गराएको छ । जसका माध्यमबाट उनीहरुले इटालीमा रहुन्जेल हिँडडुल गर्न पाउने छन् । एजेन्सीले इटालियन सरकारसँगको सहकार्यमा उनीहरुलाई पार्सपोर्ट बिनै भ्रमण गर्ने टाभल डकुमेन्ट पनि उपलब्ध गराएको छ । इटालीमा रहुन्जेल एजेन्सीले उपलब्ध गराएका कागजात पर्याप्त हुने भएपनि पार्सपोर्ट र अरु ट्राभल डकुमेन्ट नभएकाले ती नेपालीहरु काठमाडौं फर्किन सक्ने अवस्था नरहेको बताइएको छ । उनीहरु ट्राभल डकुमेन्ट प्राप्त भएपछि नेपाल फर्किने तयारीमा रहेको बताइएको छ ।

No comments:

Post a Comment