Monday, January 16, 2012

"अहिलेको एक कम आधासय मन्त्रीमण्डलका मन्त्रीहरु नै भिलेनजस्तो जस्तो लाग्छ"

- यमुना अर्याल
नेकपा एमालेका नेता केपी शर्मा ओलीले वर्तमान सरकारका प्रमलाई नेता नभई  अभिनेताको संज्ञा दिए । ओलीको भनाई र्सार्वजनिक भए लगत्तै जनबोली तयार पार्ने क्रममा एकजना सञ्चाकर्मीले सुन्धारा आश्पासका र्सवसाधारणलाई सोधेका थिए, , "ओलीले प्रमलाई अभिनेता भन्नु भयो तपाईकेा यसमा तपाईको धारणा के  छ -" एक जना लक्का जवानले जवाफमा भने  "प्रम मात्रै होइन , अहिलेको एक कम आधासय मन्त्रीमण्डलका मन्त्रीहरु  नै  भिलेनजस्तो जस्तो लाग्छ  । कोही के आरोप लागेका, कुनै मुद्धा खेपिरहेका , बोल्ने तुक नभएका, जे मन लाग्यो जहाँ मन लाग्यो बोलिदिने, बोलेपछि मिडियाले बंगायो भन्ने मानसिकता बोकेका मन्त्रीलाई अभिनेता भन्न सुहाँउदैन । अभिनेता निर्देशकको दायराभित्र रहेर काम गर्छ तर हाम्रा मन्त्रीहरुमा त्यो पनि छैन ।" फूटपाथमा  सामान किन्न घुइचो लागेका नागरिकहरु पेट मिचिमिची हाँसे  । आफुलाई राजनेता भन्न रुचाउने तर व्यवहारमा सिन्कोसम्म नभाँच्ने कथित नेताहरुको व्यवहारबाट रुष्ट भएरै उक्त भनाई स्वतरुर्फुत रुपमा प्रस्फुटन भएकेा हो यसमा विमत्ति छैन ।
पछिल्लो समयमा बाबुराम भट्टर्राई सरकारका बारेमा सकारात्मक भन्दा पनि नकारात्मक टिकाटिप्पणीहरु धेरै सुनिन थालेका छन । जनतामा निराशाको अनुपात तुलनात्मक रुपमा बढी छ ।  प्रतिपक्षी दलहरुको सोझो कटाक्ष छ, "वर्तमान सरकार नेपालमा मात्रै होइन विश्वमै भ्रष्टचारी कहिलएकेा छ "। इतिहाँस बे्रक गरेर जम्बो
मन्त्रीमण्डल विस्तार गरेयता यही आरोप लाग्ने गरेकेा छ । आर्थिक मितव्ययीताको ढोंग पिट्ने प्रमले केही गर्न नसकेकेा आरोप सवत्र उठाइऐका  छ । कतिपय कुरा प्रम एक्लैको प्रयासले सम्भव पनि नहोला तर विचारणीय प्रश्न के हो भने मन्त्रीमण्डलमा पठाइएका मन्त्रीहरुकै छवि स्वच्छ छैन । कुनै पनि वात कसुर नलागेको , अदालती प्रकरण नमुछिएको व्यक्ति र्सार्वजनिक ओहोदामा हुनुपर्ने नियमलाई प्रमले सोझै लत्याएका छन यो उनकेा महानता हो वा निरन्तरको क्रमभंङगता - सामान्य नागरिकले नबुझ्ने विषय बनेकेा छ । 


अहिलेसम्मको इतिहास हर्ेदा सबैभन्दा "असफल सरकार" यही हो भन्नेहरु कमी छैनन तरपनि एक कार्यक्रममा प्रमले आफुले गरेका कामप्रति आफैलाई "विशिष्ट श्रेणाी"को नम्बर दिलाएका थिए । यो आम जनताले मुल्यांकन गर्ने कुरा हो, विशिष्ट वा ग्रेस मार्क थपेर पास गराउने भन्ने विषय तर प्रम आफै अघिबढे आफ्नो मुल्यांकनमा । कतिपयको तर्क छ व्यक्ति सही हुन तर परिस्थिती अनुकुल भएन, उनको मन्त्रीमण्डलमा सामेल मन्त्रीहरुकै चरित्र सफा भएन । यो कतिसम्म सत्य हो वा होइन त्यो थप अनुसन्धानको विषय बन्ला । तर सत्य कुरा भन्नर्ैपर्छ सरकारलाई शान्ती प्रक्रियाका विषयलाई केही हदसम्म टुंगोमा पुर्‍याउने अभियानमा सफलता मिलेकेा हो तर अन्य विषयमा खासै सफलता नभएकै हो ।  सफलता र असफलताको मापदण्ड के हुन्छ - त्यो यसै भन्न गाह्रो हुन्छ तर आम जनताको आंकलनमा विगतका सरकारहरु जस्तै यो सरकारले पनि आफ्नो जागिर पकायो, आफ्नालाई केही समयको लागि भएपनि राम्रो भयो जनतालाई जे को त्यही जहाँको त्यही सिवाय केही भएन ।

सरकारमा आशिन मन्त्रीहरु नै नेपाल र नेपाली भन्ने भावना नभएका छन भन्दा फरक पर्दैन । देश टुक्राउने र विखण्डनकारी सोँच हावी छ । माननीयहरुमा मधेश तर्राई , हिमाल, पहाडको नारालाई लिएर आपसमा  अनाबश्यक कलह बढाउने र बिभाजन ल्याउने सोँच हावी छ । नेपाल भएर मात्रै मधेशी, पहाडी, बाहुन क्षत्री भएकेा हो भन्ने सोँच छैन, अण्डा पहिले की चल्ला पहिलेकेा विवादमा फसेका छन माननीयहरु ।  सरकार गठनका बेला गरिएकेा चारबुँदे सहमतिलाई  "राष्ट्रघाति " भन्नेको जमात बढ्दै छ । खासगरी बिभिन्न हिंसात्मक घटनामा संलग्न माओबादी र मधेशीवादी दल निकटका व्यक्तिहरुलाई आममाफि दिने र मधेशी युवाहरु नेपाली सेनामा समूहगत प्रबेश गराउने भन्ने बुँदाले निकै चर्चा पायो । सरकारमा जानको लागि जस्तोसुकै कदम चाल्न पनि दलहरु पछि पर्दैनन भन्ने दरिलो उदाहरण हो यो ।

जतिसुकै सघिन अपराधमा मुछिएकेा भएपछि राजनीतिक खोल ओडेकै कारण उन्मुक्ति मिल्छ भने जेल खाली गरेहुन्छ भन्ने सम्मका टिकाटिप्पणी भए तैपनि सरकार तैँचूप मैँ चुप भई बस्यो । १० वर्षो जनयुद्धमा प्रत्यक्ष होमिएका र विगत ५ वर्षेखी अस्थायी क्यान्टोनमेन्टमा बस्दै आएका माओबादीका ६५०० लडाकुलाई सेनामा समायोजन गर्ने प्रकृया अगाडी बढेपनि सिविरमा रहेका लडाकुमध्ये तीन हजार लडाकु हराएकेा , ६ जना गैर नेपाली नागरिक भएकेा, , शिविरमा नभएका लडाकुको नाममा माओवादी पार्टर्ीी तलव भत्ता बुझेकेा यी यावत विषयले माओवादीको छवि नै धुमिल बनाउने कसरतमा बल पुग्यो ।

दलीय स्थार्थ र सत्ता प्राप्तीको लागि सरकार सफल भएकेा मान्नर्ुपर्छ तर महगाी नियन्त्रण, नागरिकको बाँच्न पाउने अधिकार , उपभोग्य वस्तुको सहज आपर्ुर्ति लगाएतका समान्य अधिकारबाट समेत नागरिक सिधै कुण्ठित हुनुपरिरहेका छ । आफ्नै पाटीको विवाद सल्टाएर प्रतिपक्षको चित्त बुझाउन भन्दा  मधेशवादी दलहरुलाई आबश्यकता भन्दा बढि महत्व दिएर ढाडस दिइरहेकेा छ सरकारले । सत्ताशीन मन्त्रीहरुको बारेमा नकारात्मक टिप्पणी गर्नासाथ प्रमको जवाफ हुन्छ रत्नाकार पनि पहिले डाँकू थिए पछि मात्रै बाल्मिकी बनेका हुन मान्छेलाई सच्चिन दिनर्ुपर्छ । हाम्रा नेताहरु कहिले बन्ला त बाल्मिकी ?  -
aryalyamuna44@gmail.com



No comments:

Post a Comment