Friday, February 10, 2012

नेपाल लगानी वर्ष २०१२ को वारेमा स्थानीय अमेरिकी पत्रकारहरुलाई जानकारी गराउने उद्देश्यले राजदूत डा. शंकर प्रसाद शर्माले राजदूत निवासमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना

नेपाल लगानी वर्ष २०१२ को वारेमा स्थानीय अमेरिकी पत्रकारहरुलाई जानकारी गराउने उद्देश्यले राजदूत डा. शंकर प्रसाद शर्माले राजदूत निवासमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्नुभयो । वाशिंगटन डि.सी. स्थित National Press Club का स्थानीय पत्रकारहरुको सहभागिता रहेको सो कार्यक्रममा उपस्थित सवैलाई हार्दिक स्वागत गर्दै राजदूत शर्मालेे नेपालमा वैदेशिक लगानीका क्षेत्र एवं संभावना वारेमा प्रकाश पार्नुभयो । उक्त अवसमा राजदूत डा. शर्माले नेपालको चालु शान्ति प्रक्रिया, नयां संविधान निर्माणको अवस्था, नेपालको
आर्थिक अवस्था र आर्थिक विकास एवं पर्यटन पर््रवर्धन लगायत नेपाल र अमेरिका वीचको सम्बन्धको वारेमा पनि प्रकाश पार्नु भयोे । अन्तरक्रियाको अवसरमा सहभागी पत्रकारहरुले राजदूत डा. शर्मासंग विभिन्न विषयमा जिज्ञासा राख्नुभएको र राजदूत शर्माले ती जिज्ञासाहरुको जवाफ दिनुभएको थियो ।
राजदूतावासमा यस्तो कार्यक्रम आयोजना गरी नेपालको वारेमा जानकारी गराएकोमा सहभागी पत्रकारहरुले खुशी व्यक्त गर्दै यस्ता कार्यक्रमहरु आगामी दिनहरुमा पनि आयोजना भएमा उपयोगी हुने विचार व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा National Press Club की अध्यक्ष्य लगायत उक्त ऋगिद मा आवद्ध ४५ जना स्थानीय अमेरिकन पत्रकारहरु र स्थानीय नेपाली पत्रकारहरु एवं राजदूतावासका कर्मचारीहरु उपस्थित हुनुहुन्थ्यो ।






No comments:

Post a Comment