Sunday, February 12, 2012

राष्ट्रपति डा. यादवले मन्त्रीहरुबाटै राष्ट्रिय अखण्डता विपरीतका अभिव्यक्ति आईरहेको भन्दै त्यसप्रति प्रधानमन्त्रीलाई सचेत गराउनुभएको छ

वैद्यपक्षधर नेताहरुले पहिले प्रधानमन्त्रीले राजीनामा दिएपछि प्रधानमन्त्रीको नेतृत्वको विषयमा सोच्न सकिने बताए
राष्ट्रपति डा. रामवरण यादवले मन्त्रीहरुबाटै राष्ट्रिय अखण्डता विपरीतका अभिव्यक्ति आईरहेको भन्दै त्यसप्रति प्रधानमन्त्रीलाई सचेत गराउनुभएको छ । आज बिहान आफ्नै निवास राष्ट्रपति भवनमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बोलाएर राष्ट्रपति यादवले मन्त्रीहरुका अभिव्यक्ति, मनी लाउण्डरिङ र सपुर्दगी सन्धी सम्बन्धी विद्येयकको बारेमा गम्भिर चासो राख्नुभएको हो । भेटमा राष्ट्रपति यादवले उक्त विद्येयक पारित नभए नेपाल संयुक्त राष्ट्रसंघको कालो सुचीमा पर्ने र त्यसले मुलुकलाई ठुलो घाटा हुने भन्दै त्यो पास गराउन भुमिका खेल्न आग्रह गनुभएको हो । राष्ट्रपति यादवले अहिले मुलुकलाई अन्तर्राष्ट्रिय जगत समर्थन आवश्यक रहेको भन्दै यस्तो अवस्थामा अन्र्तराष्ट्रिय जगतले शंका गर्ने कुनै पनि काम नगर्न सचेत गराउनुभयो । त्यस्तै तराईमा भईरहेको बनजंगल फडांनी, शान्ति प्रक्रिया र संविधान निमार्णको बारेमा पनि छिलफल भएको थियो । राष्ट्रपति यादवले फागुन महिनालाई शान्ति र संविधानको अन्तिम डेटलाईन मानेर अघि बढ्न सुझाव दिनुभएको थियो । मुख्य सचिव माधवप्रसाद घिमिरे सहित राष्ट्रपतिलाई भेट्न पुग्नुभएका प्रधानमन्त्री भट्टराईले भने मन्त्रीहरुलाई आफुले पटक पटक राष्ट्रिय हित विपरीत अभिव्यक्ति नदिन निर्देशन
दिएको जानकारी गराउनुभएको थियो । उहांले महासन्धी अनुमोदनका लागि प्रयास भईरहे पनि पार्टी भित्रैबाट केही समस्या आएको जानकारी गराउनुभएको थियो । केही दिन अघि मात्र संचारमन्त्री जेपी गुप्ताले तराई नेपालससंग अब छिट्टै टुक्रने चेतावनी दिनुभएको थियो ।
राष्ट्रिय सरकार गठन लगायतको विषयमा समाधान खोज्न बसेको माओवादी स्थायी समिति बैठक विनानिष्कर्ष टुंगिएको छ । बैठकमा प्रधानमन्त्रीले पहिले राजीनामा दिएर सहमतीय सरकारको लागि प्रयत्न गर्नुपर्ने माग उठेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो । पार्टी मूख्यालय पेरिशडाँडा कोटेश्वरमा बसेको आजको बैठकमा वैद्यपक्षधर नेताहरुले पहिले प्रधानमन्त्रीले राजीनामा दिएपछि प्रधानमन्त्रीको नेतृत्वको विषयमा सोच्न सकिने बताएपछि निष्कर्ष निस्किन नसकेको बताइएको छ । उनीहरुले प्रधानमन्त्रीको राजीनामा पहिलो शर्तपछि मात्रै विकल्प खोजिनु पर्ने बताएको बुझिएको छ । प्रधानमन्त्रीको कुर्सि खाली नभई विकल्प खोज्न नहुनेमा बैद्यपक्षले अडान लिएको बुझिएको छ ।त्यस्तै बैठकमा केही सदस्यहरुले भने प्रधानमन्त्रीको विकल्प खोजेर मात्रै राजीनामा दिनुपर्ने बताएको बुझिएको छ । त्यस्तै बैठकमा सहमतीय सरकारको निर्माण गर्ने तर त्यसको नेतृत्वको लागि पार्टीले नै दावा गर्ने वैद्यपक्ष नेताहरुले जनाएका छन् ।

No comments:

Post a Comment