Monday, February 13, 2012

माओवादीलाई सुधार्दै शान्ती र संबिधानको बाटोमा ल्याएका छौं अब यिनिहरु बिस्तारै नाङिदै जान्छन भन्ने कङ्रेस र एमाले लगायत का दललाई प्रचन्ड र बैद्यले यसरी चेतावनी दिए

माओवादी सभामा प्रस्ट देखियो फुटको असर, उपस्थिती बिगतको भन्दा अत्यन्त कम, झस्किए प्रचन्ड र बैद्यहरु !  ********"माओवादीहरु सुध्रिने वाला छैन र यिनिहरुलाई शान्ती र संबिधान होइन, हत्या हिँशा, अराजकता, लुट र कथित जनबिद्रोहका नाममा अधिनायकबादी ढंगले सत्ता कब्जानै प्यारो छ" भन्ने कुरा फेरी प्रमाणित गरेका छन उनिहरुले हिजो मात्र, हेर्नुस पुरा विवरण !     

माओवादी अध्यक्ष पुष्पकमल दाहाललले २०४७ सालको संविधान ब्युँताउन खोजे विद्रोह गर्ने चेतावनी दिएका छन् । १७ औं जनयुद्ध दिवसको अवसरमा सोमबार राजधानीको खुलामञ्चमा माओवादी जनसभालाई सम्बोधन गर्दै दाहालले विद्रोहको तयार हुन कार्यकर्तालाई निर्देशन दिए । 'हामी शान्ति प्रक्रिया र संविधान निर्माणमा गम्भीर भएका लागेका छौं,' दाहालले भने, 'तर फेरि पनि ०४७ सालको संविधान ब्युँताउन खोजिन्छ भने विद्रोह हुन्छ, त्यसको विकल्प छैन, तपाईंहरु विद्रोहको लागि तयार हुनुहोस् ।' माओवादीले क्रान्तिको बाटो
नछाडेको दाबी गर्दै दाहालले शान्ति र संविधानमा माओवादीलाई झुकाउने षड्यन्त्र भइरहेको उल्लेख गरे । 'जीत जनयुद्धको हो कि जनयुद्धका बैरीहरुको भन्ने टुंगो लागेको छैन, कसले जित्छ भनेर फैसला भएको छैन,' उनले भने । दाहालले उपाध्यक्ष मोहन वैद्यले आफूलाई राजनेता नभइ सर्वाहाराको नेता बन्न सुझाव दिनुमा 'आफूप्रतिको चिन्ता' भने । 'हामी २६ वर्षदेखि सँगै छौं, उहाँको चिन्ता मलाई राम्रोसँग थाहा छ,' उनले भने, 'म सर्वाहाराकै नेता हुन चाहन्छु, सर्वाहारा नेता नै साँच्चिकै राजनेता हो ।' दाहालले माओवादीभित्र वैचारिक संघर्ष चर्किए पनि पार्टी नफुट्ने दाबी गरे । 'क्रान्तिकारीहरुबीच एकता र संघर्ष भइरहन्छन्, हामी सानै पार्टी हुँदा पनि अवसरवादविरुद्ध संघर्ष गरेका थियौं, जनयुद्धमा पनि गम्भीर वैचारिक संघर्ष थियो, जनयद्धमा राम्रो थियो भन्ने होइन, त्यहिबेला पनि पार्टी टुट्ने हो कि भन्ने थियो,' अहिलेसम्म पार्टीमा संघर्ष र एकता हुँदै आएको बताउँदै दाहालले भने, 'माओवादी अरुभन्दा भिन्न हुन्छ, आगोको झिल्को बल्नेगरी संघर्ष गर्छौ तर माओवादी यस्तो पार्टी पनि हो जसले चट्टानजस्तो एकता गर्न सक्छ ।' १७ औं जनयुद्ध दिवसको अवसरमा खुलामञ्चमा माओवादीले जनसभा गरेको । जनसभामा अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ उपाध्यक्ष मोहन वैद्य, कम्युनिष्ट संस्थापक नरबहादुर कर्मचार्यलगायतको उपस्थिति थियो । जनसभामा भाग लिन काठमाडौं उपत्यकासहित वरपरका जिल्लाबाट पनि माओवादी कार्यकर्ता आएका देखिन्थे ।
सर्वाहारा मुक्तिका लागि भन्दै माओवादीले वि.सं. २०५२ साल फागुन १ गते सशस्त्र जनयुद्ध सुरु गरेको थियो । सशस्त्र जनयुद्ध सुरु भएको सम्झनामा माओवादीले वर्षेनि देशभर कार्यक्रम गर्दै आएको छ ।
माओवादी केन्द्रमा भएको विवादले जनयुद्ध दिवसमा पनि प्रभाव पारेको छ । जनयुद्ध दिवसको अवसरमा राजधानीमा भएको जनसभामा उपस्थिति कम देखियो ।

माओवादी उपाध्यक्ष मोहन वैद्यले माओवादी सुधारवादी हुँदै गएको स्वीकार गरेका छन् । 'माओवादी अलि-अलि बिग्रकै हौं,' वैद्यले भने, 'तर पूरै बिग्रको छैन, बिग्रदैनौं पनि,' १७ औं जनयुद्ध दिवसको अवसरमा सोमबार राजधानीको खुलामञ्चमा माओवादी जनसभा उनले भने । वैद्यले जनताले चाहेको इच्छा र चाहना पूरा गर्न नसकेको बताउँदै जनताले चाहेजस्तो संविधान नबने जनविद्रोहमा जाने दोहोर्‍याए । उनले माओवादीलाई सुधारवादी बनाउने प्रयास भएको उल्लेख गरे । 'माओवादीलाई संसद्वादी र सुधारवादी बनाउने षड्यन्त्र छ,' उनले भने, 'प्रतिक्रियावादीहरुले त्यो नसके माओवादीलाई सिध्याउने र टुक्रा-टुक्रा पार्ने योजना बनाइरहेका छन् । ' वैद्यले कांग्रेस-एमालेले माओवादीलाई फुटाउने र फेरि राज गर्ने सपना देखेको बताए । यद्यपि उनले विचार र सिद्धान्तबाटै नमिले जुनसुकै पार्टी टुक्रन सक्ने उल्लेख गरे । 'तर माओवादी फुट्दैन बरु एकताबद्ध भएर जान्छ' उनको प्रतिबद्धता थियो ।
१७ वर्षअघि मनाङबाट ल्याएको एउटा बन्दूकबाट जनयुद्ध सुरु भएको स्मरण गर्दै वैद्यले पछि जनयुद्धले विश्वको पनि चर्चाको विषय बनेको उल्लेख गरे । १७ वर्षमा केही उपलब्धी भए पनि त्यो प्रयाप्त नभएको उनको भनाइ थियो । '१० वर्षसम्म -जनयुद्धभरि) देशभित्रमात्र होइन, अन्त पनि गरिमा बनाएका थियौं,' शान्ति प्रक्रियामा आएपछि जनयुद्धका उपलब्धिको प्रश्न उठेको बताउँदै उनले भने, 'गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता उपलब्धि हो, राजतन्त्र ढल्यो तर सामान्तवाद ढलेको छैन ।'
वैद्यले पार्टी एकताको लागि त्याग गर्न नेता वर्षमान पुनले गरेको आग्रहप्रति भने । 'पुन कमरेडले एकताको कुरा गर्नुभयो, कुरा ठीक पनि हो,' उनले भने, 'तर चिच्याएरमात्र एकता हुन्छ ।'
१० वर्षसम्म जनयुद्धको नेतृत्व गर्न दिएर अध्यक्ष पुष्पकमल दाहाललाई साथ दिएको बताउँदै वैद्यले उनीप्रति पनि व्यंग्य कसे । 'हामी एक हुन्छौं,' कार्यकर्ता तथा समर्थकप्रति उनको आहृवान थियो, 'अझै पनि उहाँलाई साथ दिन्छौं, उहाँलाई भन्नुहोला क्रान्तिकारी विचार नछाड्नुहोला ।'
मन्त्री त्याग्न तयार छुः वर्षमान पुन (स्थायी सदस्य एवं अर्थमन्त्री)
स्थायी समिति सदस्य एवं अर्थमन्त्री वर्षमान पुनले पार्टी एकताका लागि आफू मन्त्री पद त्याग्न तयार रहेको बताएका छन् ।
'सरकारमा गएपछि हामीमाथि केही आशंका छ, संविधानसभामा झुक्छन् कि शान्ति प्रक्रियामा झुक्छन् कि भन्ने देखिएको छ,' मन्त्री पुनले भने, 'एकताका लागि म व्यक्तिगतरुपमा मन्त्री पद त्याग्न तयार छु, पार्टीले निर्णय गरोस् म त्याग र बलिदान गर्न तयार छु ।'
पुनले माओवादी अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरुको दिमागमा अझै पनि १७ वर्षअघिकै सपना रहेको उल्लेख गरे । 'तर शान्ति प्रक्रियामा आएपछि अलिअलि अप्ठ्यारो हुनसक्छ, समस्या हुनसक्छ,' उनले भने, 'तर क्रान्तिकारी बाटो छाडेका छैनौं ।' उनले हिजो, आजजस्तै भोलि पनि आफूहरु क्रान्तिकारी नै रहने प्रतिबद्धता जनाए ।
पुनले पार्टीभित्र झगडालाई पार लगाउने आँट अध्यक्ष दाहालसँग भए/नभएको सवैको चासो रहेको बताए । उनले पार्टी एकतामा जोड दिंदै फुटको अवस्थामा परिवर्तन सम्भव नहुने जिकिर गरे ।
माओवादीले जुरुक्क उठेर देखाइदिनेछः नवराज सुवेदी (पोलिटब्युरो सदस्य)
पोलिटब्युरो सदस्य नवराज सुवेदीले माओवादी अहिले सुस्ताएजस्तो देखिए पनि 'रणनीति' बनाइरहेको संकेत गरे । 'हो, माओवादीले कोल्टे फेरेको छ, शान्ति प्रक्रियालाई नियालिरहेको छ, सवै समूदायका आवाजलाई पार्टीले हेरिरहेको छ,' उनले भने, 'तर माओवादी शिथिल, गलेको, थाकेको छैन, शान्ति संविधानमा षड्यन्त्र भएमा माओवादीले जुरुक्क उठेर देखाइदिनेछ ।'
अहिले टक्करको अवस्था छः अग्नि सापकोटा (पोलिटब्युरो सदस्य)
पोलिटब्युरो सदस्य अग्नि सापकोटाले संविधान निर्माणकाक्रममा अहिले टक्करको अवस्था रहेको बताएका छन् । 'गणतन्त्र, संघीयता, भेदभाव अन्त्यसहितको संविधान बनाउँदै जाँदा अहिले टक्करको अवस्था छ,' उनले भने । उनले संविधान घोषणा हुने जेठ १४ सम्मका दिन युगन्तकारी हुने उल्लेख गरे ।
सापकोटाले संविधान निर्माणमा षड्यन्त्र हुन नदिन माओवादीले राष्ट्रव्यापीरुपमा जनपरिचालन गर्ने जानकारी दिए । 'आजैका दिनदेखि पार्टीले देशव्यापी वृहत् जनपरिचालन सुरु गरेको छ,' उनले भने ।     
१७ औं जनयुद्ध दिवसको अवसरमा खुलामञ्चमा माओवादीले जनसभा गरेको । जनसभामा अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ उपाध्यक्ष मोहन वैद्य, कम्युनिष्ट संस्थापक नरबहादुर कर्मचार्यलगायतको उपस्थिति थियो । जनसभामा भाग लिन काठमाडौं उपत्यकासहित वरपरका जिल्लाबाट पनि माओवादी कार्यकर्ता आएका देखिन्थे ।
सर्वाहारा मुक्तिका लागि भन्दै माओवादीले वि.सं. २०५२ साल फागुन १ गते सशस्त्र जनयुद्ध सुरु गरेको थियो । सशस्त्र जनयुद्ध सुरु भएको सम्झनामा माओवादीले वर्षेनि देशभर कार्यक्रम गर्दै आएको छ ।
माओवादी केन्द्रमा भएको विवादले जनयुद्ध दिवसमा पनि प्रभाव पारेको छ । जनयुद्ध दिवसको अवसरमा राजधानीमा भएको जनसभामा उपस्थिति कम देखियो ।
१७ औं जनयुद्ध दिवसको अवसरमा सोमबार राजधानीको खुलामञ्चमा भएको जनसभामा आएका माओवादी नेताको मृत्यु भएको छ ।
मोटरसाइकल दुर्घटनामा माओवादी निकट अखिल नेपाल लेखक संघका अध्यक्ष ५६ वर्षीय घनश्याम ढकालको मृत्यु भएको हो । सभामा जानेक्रममा उनी चढेको मोटरसाइकललाई ढक्कर दिएको थियो । बीर अस्पतालमा उपचारकोक्रममा उनको निधन भएको हो ।
माओवादीका सचिव सीपी गजुरेलले  जनताको संविधान नबन्ने अवस्था भएकाले फेरि जनविद्रोहको तयारी गर्नुपर्ने बेला आएको बताए ।
 जनताको संघीय गणतन्त्रको संविधान ल्याउनका लागि जनयुद्धबाट प्राप्त थुर्पै उपलब्धिलाई छोडेर शान्तिको प्रकृयामा सम्झौता गरिएको उल्लेख गर्दै नेता गजुरेलले त्यो प्राप्ति गर्न नसकिने अवस्थामा जनविद्रोहमा नै जाने बताए । उनले जनयुद्धको १७ वर्ष प्रवेशको घडीलाई  सर्वहरा वर्गलाई फेरि विद्रोहको तयारी गर्नुपर्ने बेला आएको भनी उद्‍घोष गर्न पार्टीले ऐतिहासिक रूपमा वर्षगाँठ मनाउन लागेको समेत जानकारी दिए । कैलालीको अत्तरियामा आयोजित कैलाली/कञ्चनपुरको आमसभालाई सम्वोधन गर्दै नेता गजुरेलले जनताको संविधान आउने सम्भावना नदेखेको बताए ।  
उहिले वर्षगाँठ बनाउँदा कतिलाई कारबाही गर्यौं, कति हतियार खोस्यौं भनेर समीक्षा गरिन्थ्यो भन्दै नेता गजुरेलले, अहिले जनताको संघीय संविधान बनाउनका लागि जनयुद्धका कति उपलब्धि गुमायौ भनेर समीक्षा गर्नु परेको छ ।'
उनले जनताको संघीय गणतन्त्रको संविधानले सबै परिर्वतनलाई सुनिश्चित गर्छ भनेर माओवादीले शान्ति सम्झौतामा हस्ताअक्षर गरेर आएको  बताए । कांग्रेस र एमाले लगायतका संसदवादीधारले माओवादीलाई घुमाउने कुचेष्टा गर्दै पुरानै संसदीय संविधान दिन खोजेको बताए । उनले भने, हामी पुरानै संसदीय संविधानलाई कुनै हालतमा स्विकार्ने छैनौं ।'
जनताको संघीय गणतन्त्रको संविधान दिनका लागि माओवादीले अहिलेसम्म जनयुद्धबाट प्राप्त जनअदालत, जनसरकार, सेना गुमाएको बताउँदै नेता गजुरेलले अहिले बनाउन खोजेको संविधानको प्रस्तावनामा पनि जनयुद्ध शब्दलाई नराखेर एतिहासलाई मेटन खोजेको बताए । उनले  नयाँ संविधानको प्रस्तावनाबाट जनयुद्ध शब्द कुनै पनि हालतमा नसर्ने दाबी गरे ।  वरिष्ठ उपाध्यक्ष मोहन वैद्यपक्षले सरकारले ल्याएको सम्पत्ति शुद्धीकरण सम्बन्धी विभिन्न विधेयक पारित गर्न नदिने धम्की दिएपछि माओवादी संसदीय दलको 'आकस्मिक' बैठक बोलाइएको छ । 
सिंहदरवारमा जारी बैठकमा सरकारले सोमबार संसदमा प्रस्तुत गर्न लागेको सम्पत्ति शुद्धीकरण सम्बन्धी  विधेयकका विषयमा छलफल भइरहेको छ । वैद्यपक्षले सरकारले ल्याएको विधेयकप्रति असहमति जनाएको छ । 
वैद्यपक्षको असहमतिका कारण निर्धारित सोमबारको समयसिमा भित्र सुपुर्दगी,पारस्परिक कानुनी सहायता र संगठित अपराध सम्बन्धी विधेयक पारित नहुने स्थिति देखिएपछि संसदीय दलको बैठक बोलाइएको हो ।
सम्पत्ति  शुद्धीकरण सम्बन्धी सबै कानुन नबन्दा नेपाल वित्तिय रुपमा कालोसूचीमा पर्ने खतरा छ । कालोसूचीमा परे देशका कुनै पनि बैंकले प्रतीतपत्र(एलसी) खोल्न पाउने छैनन् । सम्पत्ति  शुद्धीकरणको कानुन नबने मुद्रा निर्मलीकरण अनुगमन गर्न बनेको अन्तरसरकारी वित्तिय कार्यदल(एफएटिएफ)ले नेपाललाई कालोसूचीमा राख्ने जोखिम छ ।
सरकारले प्रक्रिया छोट्याएर तीन वटै विधेयक सोमबार संसदबाट पारित गराउने तयारी गरेको बेला वैद्यपक्षले सरकारले बलजफ्ती पारित गर्न खोजे संसद घेराउ गर्नेसम्मको चेतावनी दिएको छ । वैद्यपक्षको उक्त चेतावनीपछि आकस्मिक रुपमा संसदीय दलको बैठक बोलाइएको हो ।

No comments:

Post a Comment