Saturday, February 18, 2012

"माओवादीले जनयुद्धका नाममा गरेको १० वर्षे युद्ध पैसा कमाउने युद्ध मात्र , चप्पल लगाएर जंगल गएका माओवादी नेताहरु महल बनाउन शहर आए" - एमाले नेता केपी ओली

‘तेलको मूल्य तिर्न नसकेर देशको अवस्था यस्तो भएको छ, अनि तेलको मूल्य तिर्न नसक्नेले कसरी प्रान्त बनाउन सक्छ ?’ - देउवा
 नेकपा एमालेका नेता केपी शर्मा ओलीले माओवादीले जनयुद्धका नाममा गरेको १० वर्षे युद्ध पैसा कमाउने युद्ध मात्र भएको आरोप लगाउनु भएको छ । चप्पल लगाएर जंगल गएका माओवादी नेताहरु महल बनाउन शहर आएको उहाँको भनाई छ । एमाले स्याङ्जा क्षेत्र नं.-१ को क्षेत्रीय अधिवेशनको शनिबार उद्घाटन गर्दै नेता ओलीले माओवादी नेताहरुहरु रकम कुम्ल्याउने खेलमा रहेको बताउनु भयो । उहाँले पैसाका पछाडी लागेर माओवादी नेताहरुले जनयुद्ध र लडाकूको अपमान गरेको बताउनु भयो । युद्धका समयमा कब्जा गरिएका घर जग्गा गरिब दिन दुःखीहरुलाई बाँडेको भनेर माओवादीले झुक्काउने काम गरेको नेता ओलीले बताउनु भयो । कब्जा गरिएका जग्गा माओवादी नेताहरु गरिबलाई अधियामा लगाएर कमाइ खाएको उहाँको भनाई छ । नेता ओलीले सरकारमा बसेर
बिद्रोह गर्छु भन्ने माओवादीहरु कुनै पनि हालमा जंगल जान नसक्ने दावी गर्नुभयो ।
उहाँले राष्ट्र र राष्ट्रियता विरुद्ध अभिव्यक्ति दिने मन्त्री तथा नेताहरुलाइ जनताले थप्पड लगाई दिने चेतावनी दिनभुयो । नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले संघीयतामा गए देश तहसनहस हुने बताउनुभएको छ । प्रेस युनियनले शनिबार लमजुङको बेशीशहरमा गरेको कार्यक्रममा उहाँले अहिले भइरहेको संरचनालाई नै बैज्ञानिक बनाउन सकिने बताउनुभयो । ‘मुख्यमन्त्री चाहिएको भए जिल्ला विकास समिति छँदैछ, जिबिस सभापतिलाई चयन गरेर मुख्य मन्त्री बनाए भैगो नि’ देउवाले भन्नुभयो । भारतलाई पेट्रोलियम पदार्थको मूल्य दिन नसक्ने नेपालले प्रान्त बनाउन नसक्ने पनि देउवाले बताउनुभयो । ‘तेलको मूल्य तिर्न नसकेर देशको अवस्था यस्तो भएको छ, अनि तेलको मूल्य तिर्न नसक्नेले कसरी प्रान्त बनाउन सक्छ ?’ देउवाले प्रश्न गर्नुभयो-’कहाँबाट आउँछ पैसा, हावाबाट त आउँदैन होला ?’ कांग्रेस वरिष्ठ नेता देउवाले शान्ति प्रक्रियाको मुख्य बाधक माओवादी रहेको बताउँदै उसको सेना र हतियार नै शान्ति प्रक्रियाका मुख्य बाधक बनेको आरोप लगाउनुभयो ।

No comments:

Post a Comment