Thursday, February 23, 2012

गृहमन्त्री विजयकुमार गच्छदारले जेल बसेका पूर्वसूचना तथा संचारमन्त्री जेपी गुप्तासँग २० मिनेट गोप्य वार्ता गरे !

जेलमा पुगेका गृहमन्त्रीले गुप्ताका आफन्तलाई बिना रोकतोक भेटन दिन निर्देशन दिए !
गृहमन्त्री विजयकुमार गच्छदारले जेल बसेका पूर्वसूचना तथा संचारमन्त्री जेपी गुप्तासँग २० मिनेट गोप्य वार्ता गरेका छन् । कारागारको सुरक्षास्थित निरिक्षण गर्ने बहानामा डिल्लीबजार सदरखोर पुगेका गच्छदारले आफ्ना सुरक्षाकर्मीलाई समेत बाहिर पठाएर गोप्य वार्ता गरेका थिए । दुई नेताबीच भएको सो वार्तालाई राजनीतिकरुपमा अर्थपूर्णरुपमा हेरिएको छ । मधेसी जनाधिकार फोरम गणतान्त्रिकका एक नेताका अनुसार गच्छदार र गुप्तावीच संबिधान जारी नभएसम्म मधेसी मोर्चालाई जिवितै राख्ने सहमति भएको बताए । जेलमा पुगेका गृहमन्त्रीले गुप्ताका आफन्तलाई बिना रोकतोक भेटन दिन निर्देशन दिएका थिए । यसैवीच  गुप्तालाई भेटन जेलमा ओइरो लागेको र बिहीवार गृहमन्त्रीसहित ५० जनाले गुप्तालाई भेटेको समाचार छापेको छ । बिहीवार उनी कैदी कक्षमा सामान्य र हसिलो अबस्थामा देखिन्थे । पटकपटक गरि चार बर्ष जेल बसेको बताउने गुप्ताले भने- जेल मेरा लागि नौलो हैन सन्र्दभमात्र नौलो हो ।’ उनको यो १९ औं जेलयात्रा रहेछ । कटराइजको खैरो पाइन्ट, फित्तावाल चप्पल, खैरो स्वीटर र छिर्केमिर्के कोट लगाएका उनले भने- नपर्नु जेल परिहालियो, केही महिना घटी र बढिले केही फरक पार्ने हैन् । जनवरी सातमा जन्मदिन रहेका गुप्ताले त्यो
दिनसम्म छुटिसकिन्छ की सकिन्न भन्नेमात्र हिसाव गरिरहेका छन् । आफुजस्ता धेरैलाई मुक्ति दिएपनि सर्वोच्चले आफुलाई मात्र फसाएको गुनासो गरे गुप्ताले । उनले सूर्यनाथ उपाध्ययादेखि झलनाथ खनालसम्मले आफ्नो सम्पत्तिको स्रोत देखाउनुपर्ने बताए । आफुलाई लगाइएको मापदण्डअनुसार आम्दानीको हिसाव गर्ने हो भने काठमाण्डौंमा ठड्याएका कसैका घर पनि वैध नहुने दावी गरे ।
आफु अझै राजनीतिमा रहने सम्भावना औंलाउँदै भने- एउटा नेताको नियति कानुनले निर्धारण गर्दैन, यो कानुन सधै रहन्छ भन्ने पनि हैन, एकपटकलाई चुनाव नलडौंला ।’ आफु जेलमा वसेर फेसबुक चलाएको भन्ने समाचारलाई पनि उनले अस्वीकार गरे ।
उनलाई भेटन आउनेले झोलाका झोला किताव ल्याइदिएका छन तर उनले खालेर हेरेका छैनन् । भन्छन- हेर्नलाई मसंज जतिपनि समय छ ।’ आफु लखेटिएको च्याङ्गाजस्तो भएको भन्दै उनले जेलमा सवै असल मानिस रहेको बताए । जन्मदिनको बेला यी सवै असल मानिसलाई दुई चार किलो मिठाई बाँडने योजना बनाएका छन उनले ।

No comments:

Post a Comment