मिती २०१२ मार्च १ गते बिहीवार
विक्रम सम्वत २०६८ फाल्गुन १८ गते बिहीवार
सम्माननीय प्रधानमन्त्री बाबुराम भट्टराई ज्यू
म कसैको अनावश्यक टिका टिप्पणी गर्न चाहदैन । म विश्वास गर्दछु देशको निर्माण कुनै एउटा झुपडीबाट सुरुवात हुन्छ । म विश्वास गर्दछु राष्ट्र अभियानको सुरुवात कुनै कल्पनाबाट विस्तार हुन्छ । म विश्वास गर्दछु प्रधानमन्त्रीज्यू निस्वार्थ रुपबाट गरेको कामको अनुकरण संसारले गर्दछ । म विश्वास गर्दछु प्रधानमन्त्रीज्यू यदि मेरो आफ्नो घर छ भने अर्कोले पनि मलाई बास बस्न दिन्छ ।म विश्वास गर्दछु प्रधानमन्त्री ज्यू यदि मेरो घर छैन भने अर्कोले पनि मलाई बास दिदैन । यदि मेरो देश नेपाल आँफैमा अपाङ्ग छ भने हामी नेपाली जहाँ बसे पनि अपाङ्ग महसुश गर्दछौ । हामीलाई स्वीकार्य छैन प्रधानमन्त्री ज्यू घर जलाएर खरानीको परीपुर्ती गर्ने । प्रधान मन्त्री ज्यू हामीलाई मात्र सकारात्मक सोचको बिकास गर्नुछ । कसैलाई गाली गलोज गरेर देश बन्ने भए नेपाल अहिले सम्म स्वर्ग बन्ने थियो होला । तै पनि हामी हरु निराश हुनु पर्ने कारण कसैलाई देख्दैन । हामीले गर्न सक्छौ । हामीले नयाँ आयाम लिन सक्छौ । अत आज हरेक नागरिकले देश र मानब समुदायमाथिको सकारात्मक सोच राख्दै सकारात्मक बाटो पहिल्याउने हो भने अवश्य हामी उज्यालो किरण पाउन सक्छौ । कसैको बद्नामी गरेर जीवन बिताउनुको सट्टा म देश प्रति के गर्न सक्छु भन्ने सोच लिने हो भने हरेक नकारात्मक सोच हरु आँफै विलिन हुन्छन् । कसैले कसैको टाउको काट्नु पर्दैन । कसैले कसैको गास खोस्नु पर्दैन । अंगुलीमालहरु पनि नयाँ नबिन सोचको निर्माण गर्छन् । शकुनी हरु पनि मानवता देशप्रेमको गुलियो चाकामा भुल्छन् । सकारात्मक सोच समाजको लागि, सकारात्मक बाटो मानव संसारको लागि । अत अहिले यो अभियान म बाट सुरु गर्न लागेको जानकारी दिदैछु । भोलि संसारमा यो अभियानको बिस्तार हुनेछ । एक दिन संयुक्त राष्ट्र संघले पनि कमसेकम् हरेक वर्ष कुनै एक गरीब देशलाई नमुनाको रुपमा अगाडि सार्दै रिन मुक्त देशको निर्माण गर्ने राणनिती लिनेछ । संसारमा राम्रा मान्छेहरुको पनि कमी छैन । यस् किसिमको दर्शनलाई आत्मसाथ गर्दै "रिन मुक्त देशको निर्माण गरौ " भन्ने अभियान आज २०१२ मार्च १ गते देखी सुरु गरेको जानकारी गराउन चाहन्छु ।
चार खर्ब ७७ अर्ब १७ करोड ६२ लाख ३४ रुपैयाँ हाम्रो देशको थाप्लोमा परेको रिनलाई एक पटक हामीले सोच्नै पर्दछ । यस् अभियानको लागि प्रधानमन्त्री ज्यू हामी आँफै न सोच्ने हो भने भोलि नेपाल लिलामी हुन बेर लाग्दैन । भ्रष्टाचारीलाई मात्र सराप्दैमा देश बन्दैन ,नेतालाई सराप्दैमा देश बन्दैन अब हामी आँफै नविन सोचले अगाडि बढ्ने भर्याङको आवश्यकता छ । हो उनिहरुले देशको रिन झनपछी झन बढाउने काम गरे होलान । उनिहरुलाई कानुनी मुलधारमा लिदै हामी हरेक नेपालीले एक पटक गम्भिर भएर हेरौ अवश्य हामी सफल हुन्छौ । हरेक नागरिकको आफ्नै समस्या होलान् नै,तर आफ्नो समस्या भन्दा ठुलो समस्या देशको बारेमा सोच्न सक्यौ भने हामी धेरै अगाडि जान सक्छौ । देशले हामीलाई के दियो भन्नु भन्दा पहिले देशलाई हामी के दिन सक्छौ भन्ने सोचमा गयौ भने अवश्य देशले पनि हामीलाई केही दिनेछ । देश न हुने हो भने हामीहरु नागरिक हुनुको अर्थ पनि कहाँ रह्यो र ?
हामी विदेशमा बस्ने नेपालीहरुलाई पनि सधैं बिदेश प्यारो छैन । हामी हरेक बिदेश बस्ने नेपालीहरु पनि भोलि आफ्नै देशमा लडीबुडी गर्न पाउने बातावरण निर्माण गर्न सक्यौ भने त्यसैमा हाम्रो भलो छ ।त्यसैमा हाम्रो कल्याण छ । अत नेपालका प्रधान मन्त्री श्री डा बाबुराम भट्टराई ज्यू स्वीकार्नुस् तपाईंले बिदेश बस्ने नेपालीको छोरो मित्र लाल पार्दे बाट रु २० हजार( बीस हजार नेपाली रुपैया मेरो टाउको माथि आइपरेको) म मेरो देशले म माथि लगाएको टाउकाको रिन फालेर मात्र म मेरो देशमा हरेक गतिविधिहरु गर्न चाहन्छु अत म मेरो परिवारको रिन भन्दा ठुलो रिन मेरो टाउकोमा परेको देशको रिनले पिरलेको छ । डा बाबुराम भट्टराई ज्यू म तपाईंलाई यो भयो यो भइन भन्न चाहन्न । म मात्र चाहन्छु रिन मुक्त देशको सोच । जब सम्म हामी रिनबाट मुक्त हुँदैनौ तब सम्म हाम्रो बिकास ,हाम्रो पहिचान हुँदैन भन्ने मान्यता बाट अभिप्रेरित भएर श्री बाबु राम भट्टराई ज्यू एक रिन मुक्त गर्ने कोश खडा गर्नुहोस् । केही वर्षमा हामीहरु रिन बाट मुक्त हुन सक्यौ भने हाम्रा दिनहरु उज्याला छन् । हामीहरु अरुलाई सराप्नुको सट्टा हामी के गर्न सक्छौ भन्ने सोच बाट अभिप्रेरित भएर देशको निर्माणको लागि रिन मुक्त समाजको निर्माण गरौ । रिन मुक्त देशको निर्माण गरौ । बर्षमा एक दिन कमसे कम देशको रिन बारे हरेक नागरिकले सोच्ने दिनको बिकास गरौ । यो अभियानमा संसारका हरेक जनसमुदायले सहयोग समर्थन गर्नुहुनेछ ।
आज मार्च १ तारिक २०१२ को दिनबाट संसारका हामी मान्छेहरुले रिन मुक्त देशको बारे वर्षमा हरेक नागरिकले कम्तिमा एक दिन सोच्ने दिनको बिकास गर्दै यो सोचलाई कार्यन्वयनमा लैजाउ भन्ने मुल मन्त्रमा आधारित भएर म मित्र लाल पार्दे श्री बाबुराम भट्टराई ज्यूलाई पत्र लेखेको छु । यो अभियान अहिले मैले सुरु गरेको छु आशा छ भोलि तपाईंले साथ् दिनु हुनेछ ,आशा छ भोलि हरेक नेपालीले साथ् दिनेछन् आशा छ भोलि हरेक देशहरुमा यो बिषयमा छलफल हुनेछ । श्री बाबु राम भट्टराई ज्यू म एउटा साधारण नेपाली नागरिकको सोचलाई कार्यान्वयन गराउन अगाडि सर्नुहोस् । एक दिन मेरो देश रिनको पन्जाबाट मुक्त हुनुपरेको दिन देख्न पाइयोस हाम्रा सन्ततीहरु रिन् मुक्त देशमा हुर्कन सकुन । अत एक नेपालको छोरोको नाताले बाबुराम भट्टराई ज्यू बिलम्ब नगरी त्यो मेरो रकम देशको रिन तिर्नमा सहयोग गर्नुस् । हुन त म एक जना बाट त्यो रकम हात्तीको मुखमा जिरा भने झै हो । तर आशा छ म एक सामान्य व्यक्तिले सुरुवात गरेको यो रिन मुक्त देश नेपालको निर्माणमा हाम्रो देशका हरेक वर्गहरु सबैले सोच्नुहुनेछ । हरेक सरकारी काम गर्नेहरुले सोच्नुहुनेछ । आदरणीय पत्रकार बुद्दिजिबी हामी सबैले यो बिषयलाई गम्भिर लिएर संसार भरका मानब समुदायलाई सुसुचित गर्न हार्दिक अनुरोध गर्दछु । संसारले सुन्न पाओस नेपाल इमान्दार छ । संसारको प्रथम मुलुक बनोस कि जसले धेरै छिट्टो मात्रमा रिन मुक्त देश बनोस अनि अरु देशहरु पनि रिन मुक्त देश बनुन् तर यसको लागि मात्र हामीमा सकारात्मक सोचको आवश्यकता छ । यो रिन मुक्त देश निर्माण गर्नको लागि प्रधानमन्त्रिको सयोजकत्वमा कोष खडा गर्ने अनुरोध गर्दै उक्त कोषमा म मित्र लाल पार्देको तर्फबाट नेपाली रुपैया २० हजार नेपाली रुपैया हस्तान्तरण गर्ने घोषणा आज हरेक सर्वजनिक समाचारहरुबाट गर्न चाहन्छु । उक्त कोष खडा भएको जानकारी सुन्न पाइयोस । हरेक नेपालीहरुले सर्वजनिक पद सम्हाल्नु भन्दा पहिले उनि माथि टाउकामा आइपरेको रिन चुक्ता गर्ने बारे सोच बनोस । बिभिन्न सरकारी कर्मचारी संबैधानिक अङगका पदाधिकारीहरुले कुनै पनि पद सम्हाल्नु भन्दा पहिले आफ्नो टाउकामा थोपरिएको रिन चुक्ता गर्ने प्रतिबद्दता जाहेर गरेको सुन्न पाइयोस र चुक्ता पनि गरुन् ।
आशा छ रिन मुक्त देश निर्माण कोषमा हरेक जनसमुदायको सकारात्मक सोच हुनेछ अनि देशले कति रकम रिन तिर्यो भन्ने बारे हरेक नागरिकले जानकारी पाउनेछन् । हो सत्ता सम्हाल्नेहरु बदमास हुनाले आज एक सर्वसाधारण नेपालीहरु यो बिषयमा चिन्तित हुनु परेको छ । यो अभियान सरकारले सुरु गर्नु पर्ने हो तै पनि एक व्यक्तिको सानो सोचले बाटो देखाइदिने काम गरेको छु । अब देशमा यो भएन भनेर अरुलाई गाली गर्नुभन्दा हामी के गर्न सक्छौ भनी सोच्न सक्यौ भने चाडै नै प्रगतिको बाटोमा हामी जाने नै छौ । एक पटक कम से कम रिन मुक्त देशको निर्माण गरेर हेरौ त देश कस्तो बन्छ । एक पटक कमसेकम बर्षमा एक दिन रिन मुक्त देशको पर्व मनाएर हेरौ त देश कस्तो बन्छ । एक पटक कम से कम यो अभियानमा साथ् दिएर हेरौ त देश कस्तो बन्छ । बर्षमा एक पटक कम से कम रिन मुक्त देशको कल्पना गर्दै हरेक तह र तप्काबाट अभियान चलाऊ त देश कस्तो बन्छ ? यो अभियानमा साथ् दिने हरेक मानब समुदायलाई हार्दिक अनुरोध । आशा छ हामी एक दिन यो अभियानलाई वास्तविक्तामा रुपान्तरण गर्न सक्नेछौ ।
रिन मुक्त देशका आधारहरु
१- सकारात्मक सोचको बिकास
२- हरेक सर्वजनिक ओहोदामा बस्नेहरुले आफ्नो टाउको माथि परेको रिन तिरेर मात्र आफ्नो कार्य सन्चालन गर्ने सोचको बिकास
३- बर्षमा एक दिन देशको रिनबारे हरेक नागरिकलाई जानकारी दिने परी पाटिको बिकास
४- हरेक नागरिकलाई आफ्नो देशको रिन कति छ ,कति चुकता भयो, कति बाँकी छ त्यो बारे जानकारी दिने र रिन मुक्त देशको लागि पर्व मनाउने अवधारणा
५- संयुक्त राष्ट्र संघलाई कम् से कम् वर्षमा एक देशलाई रिन मुक्त देशको घोषणा गर्न लगाउन दबाब दिने र संसारका मानब समुदायले एवम सरकारले संयुक्त राष्ट्र संघले रिन मुक्त घोषणा गरेको देशलाई हरतरहले सहयोग गर्ने परिपाटिको बिकास गर्ने अवधारणा
६ -हरेक सर्वजनिक मेला समारोह विवाह पार्टी एबम अनुत्पादक खर्च हुने रकमलाई कटौती गर्दै बिकास निर्माणमा लगाउने अवधारणा
अत यो कुनै संस्था विशेश एबम कुनै धर्म बिशेष यो कुनै जात बिशेष अभियान होइन । यो समग्र मानवतावादी सोचको अभियान भएको हुँदा हरेक जनसमुदायलाई यो अभियानमा लाग्न लाग्न अभिप्रेरित गर्दै म नेपालका प्रधान मन्त्री श्री बाबुराम भट्टराईलाई एवम बिभिन्न निकायहरुलाई सार्वजनिक सुचना मार्फत यो पत्र पढी ध्यान दिन पुन हार्दिक अनुरोध गर्दछु ।
- मित्र लाल पार्दे
सचिब गैर आवासीय नेपाली संघ पोल्यान्ड
अध्यक्ष अन्तराष्ट्रिय कलाकार मन्च पोल्यान्ड शाखा
कार्यकारीणी सदस्य अन्तरराष्ट्रिय कलाकार मन्च युरोप महाशाखा
सल्लाहाकार रापती समाज काठमाडौं नेपाल
हाल पोल्यान्ड

वोदार्थ
राष्ट्रपतिको कार्यालय महाराज गन्ज काठमाडौं (सार्वजनिक समाचार मार्फत)
प्रधान मन्त्रिको कार्यालय सिंह दरबार काठमाडौं ( सार्वजनिक समाचार मार्फत )
सभासद भवन नयाँ बानेश्वर (सार्वजनिक समाचार मार्फत )
संबैधानिक लेखा समिती (सार्वजनिक समाचार मार्फत )
बिभिन्न समाचार संस्थाहरु
बिभिन्न सार्वजनिक संघ संस्थाहरु (सार्वजनिक समाचार मार्फत )

No comments:
Post a Comment