Sunday, March 18, 2012

माओवादीहरु अन्तत आफु आफुमै काटाकाट र मारा मार गरेर मर्ने त छन ढिलो चाँडो तर जनतालाई पनि दु:ख दिइ रहने भए ! जँगल बस्दा पनि, शहर पस्दा पनि, सिँहदरबारको तेल घस्दा पनि !

मोहन वैद्य समुहले अबिश्वास प्रस्ताव ल्याएरै सरकार ढाल्ने र संस्थापनविरुद्ध गाउँगाउँमा भण्डाफोर अभियान चलाउने घोषणा गरेपछि संस्थापनपक्ष त्यसलाई परास्त गर्ने रणनीतिमा जुटेको छ । धोवीघाट गठवन्धनको बिघटनसँगै एकैठाउँमा देखिएका अध्यक्ष प्रचण्ड र उपाध्यक्षहरु बाबुराम भट्टराई र नारायणकाजीवीच आइतवार बिहानै संयुक्त छलफल भएको छ भने तीनै पक्षका केन्द्रीय सदस्यहरुको भेला सोमबार बिहान ललितपुरमा बोलाइएको छ । तीन नेतावीचको भेटमा वैद्य पक्ष फेरि पेचिलो ढंगले सडकमा आएकाले कसरी प्रतिबाद गर्ने र सरकार ढल्नबाट जोगाउने भन्ने बिषयमा छलफल भएको बताइएको छ । तीन नेतावीचको छलफलपछि सोमबारको भेला बोलाइएको संस्थापन पक्षीय एक केन्द्रीय सदस्यले बताए । उपचारसँगै आराम
गरेर बसिरहेका नारायणकाजीले सरकारको बिरोधमा सार्वजनिकरुपमै आलोचना गर्न थालेपछि उनको अबस्था बुझ्न प्रचण्ड र बाबुराम उनको सरकारी निवासमा पुगेका थिए, जहाँ उनीहरुले करिव १ घण्टा छलफल गरे । आइतवारै संस्थापन पक्षीय नेताहरुको अनौपचारिक वैठक पनि बसेको थियो । प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार दवेन्द्र पौडेलका अनुसार माओवादीको संस्थापन पक्षले पनि चाडै नै प्रतिवादका कार्यक्रमहरु घोषणा गर्ने छ । ‘उहाँहरुले भण्डाफोर गर्ने भनेर आएपछि वैचारिक प्रतिबाद गर्नैपर्छ, त्यसका लागि केही दिनमै कार्यक्रम ल्याउँछौ- पौडेलले भन्नुभयो । वैद्यको भण्डाफोर विरुद्ध देशब्यापी अर्को भण्डाफोर अभियान चलाउने तयारी भइरहेको संस्थापन पक्षका नेताहरुले दावी गरेका छन् । सकेसम्म वैद्यपक्षसँग न्यूनतम सहमति हुनेगरी कार्यक्रम तय गर्ने, नभए प्रतिवादको रणनीति तय गर्ने योजना माओवादी संस्थापन पक्षको छ । तर, पहिलो चरणमा कार्यदिशाको विवादलाई एकातर्फ राखेर वैद्यपक्षसँग वार्ता गर्ने रणनीति बनाएको प्रचण्ड नजिकका मानिनुहुने पोलिटब्युरो सदस्य शक्ति बस्नेत वताउनुहुन्छ । वैद्य पक्षले संर्घषका ठोस कार्यक्रम घोषणा नगरि सरकार ढाल्ने तथा सडक र सदनबाट संर्घष गर्ने बताएकाले यो बार्गेनिङ मात्र भएको संस्थापन पक्षको बुझाई छ । वैद्य पक्ष पार्टीभित्र बहुमतमा नरहेको र तत्कालै अबिश्वास प्रस्ताव आएपनि कांग्रेस एमालेले सघाउने अबस्था नरहेकाले सरकारै ढल्ला भनेर संस्थापन पक्ष नडराएको देखिन्छ ।
तर वैद्य पक्ष पछिल्लो दिनमा बैचारिक हिसावले प्रष्ट हुँदै आएको वताउनुहुन्छ बिश्लेषक मुमाराम खनाल । ‘अन्तिम समयमा आएर वैद्य समूहमा जुन सैद्धान्तिक प्रष्टता देखिन्छ, त्यो ब्यबहारमा पनि लागू भयो भने माओवादीसँग निणर्ायकरुपमा सम्बन्धबिच्छेद गरेर त्यो समूह अघि बढ्छ भन्ने देखिन्छ’- खनालले भन्नुभयो ।

No comments:

Post a Comment