Monday, March 26, 2012

लुम्बिनी सगरमाथा शान्ति अभियानको लेटरप्याडमा पर्यटन ब्यबसायीलाई पत्र लेख्दै फोन गर्दै चन्दा मागिरहेका छन् प्रचण्डका छोरा प्रकाश दाहाल, ऐच्छिक भनिएपनि लाखौं रुपैयाँ चन्दा दिन दबाब

‘हामीलाई चाहिने तीन करोड बढी हो, अहिलेसम्म डेढ करोड उठाइसकेका छौं’
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालसहित सगरमाथा चढ्न लागेको माओवादी टोलीले पर्यटन ब्यबसायीबाट धमाधम चन्दा उठाइरहेको छ । लुम्बिनी सगरमाथा शान्ति अभियानको लेटरप्याडमा टोलीले नाम चलेका पर्यटन ब्यबसायीलाई पत्र लेख्दै फोन गर्दै चन्दा मागिरहेका छन् । ऐच्छिक भनिएपनि बिभिन्न सूत्रमार्फत भनसुन गरेर पुगेका टोलीका सदस्यहरुले लाखौं रुपैयाँ चन्दा दिन दबाब दिइरहेका छन् । एक पर्यटन ब्यबसायीले अनलाइनखबरसँग भने- प्रचण्डकै छोरा, माओवादी केन्द्रीय सदस्य र जनसेना सहभागी टोलीलाई दिन्नौं भन्न सक्ने अबस्था छैन ।’ उनले सुरक्षाकै लागि भएपनि चन्दा दिएर पठाएको स्वीकारे । टोली सम्बद्ध स्रोतका अनुसार पर्वतारोहण, पदयात्रा तथा ट्राभल ब्यबसाय संचालकहरुको सूची नै बनाएर चन्दा उठाउने काम भइरहेको छ । ‘हामीलाई चाहिने तीन करोड बढी हो, अहिलेसम्म डेढ करोड उठाइसकेका छौं ।’ प्रचण्डको दबाबपछि सरकारले दुई करोड अनुदान र आरोहण शुल्क मिनाहा गर्ने निर्णय गरेपनि तौतर्फी बिरोध भएपनि टोली रकम नलिने घोषणा गर्न बाध्य भएको थियो । कुनैपनि हालतमा अभियान नरोक्ने भन्दै यसलाई ‘प्रेष्टिज इस्यु’ बनाएको प्रचण्ड निवासले आफ्ना सवै संयन्त्र परिचालन गरेर भएपनि रकम संकनल गर्न लागि परेको छ ।स्रोतका अनुसार प्रचण्डले
पार्टीबाट ५० लाख रुपैयाँ दिने आश्वासन दिएका छन् भने जनसेनाका सातवटै डिभिजनबाट दुई–दुई लाख टोलीलाई प्राप्त हुने भएको छ । यस्तै प्रचण्ड निकट ब्यापारीहरु अजय सुमार्गी, हिमालयन बैंकका मनोजबहादुर श्रेष्ठ लगायतले पनि पैसा संकलनका लागि पहल गरिरहेका छन् ।सोमबार मात्रै माओवादी समर्थित पर्यटन ब्वयसायी तथा उद्यमीहरुको नामबाट विज्ञप्ती निकालेर अभियानमा सहयोग गर्न भनिएको छ । विज्ञप्तीमा उद्योगी व्यवसायीहरुको नाम खुलाइएको छैन भने सहयोगका लागि बैंक खाता नम्बर र अभियान सचिव युवराज दुलालको सम्पर्क नम्बर दिइएको छ । अभियानका संयोजक कृष्ण केसीले पनि उद्योगी व्यवसायीहरुलाईसहयोगका लागि अपिल गरेको अनलाइनखबरलाई बताउनु भयो । सहयोगका लागि भन्दै २१ गते प्रज्ञा भवनमा सांस्कृतिक कार्यक्रम गर्न लागेको छ । ‘हामीले पहिले नै पब्लिकमा जाने भनिसकेको हौं’ केसीले भन्नभुयो-’हाम्रो सहयोगका नाम्ति विभिन्न तरिकाले पहल भइरहेको छ ।’
दाहाल पुत्रलाई एक रुपैयाँ चन्दा दिनुस् भन्दै स्थानीयबासीले रकम संकलन अभियान सुरु गरेका छन् । आफूलाई खान नपुगेपनि दाहाल पुत्रलाई एक रुपैयाँ सहयोग गर्न पाउँदा रमाइलो अनुभूति भएको चन्दा दाताले बताएका छन् ।  केही शान्ति र संविधानको लागी सगरमाथा अभियान भन्दै सरकारले दिएको दुई करोड नलिने घोषणा गरेका अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाशको टोलीलाई धादिङका स्थानीयबासीले प्रति व्यक्ति एक रुपैयाँ चन्दा संकलन अभियान सुरु गरेका छन् ।  दाहाल पुत्रलाई सहयोग उठाउनेहरुले व्यङ्ग समेत गर्दै रकम उठाउन थालेका छन् भने यो रकम दाहाल पुत्रलाई पठाइने संकलनटोलीले जनाएको छ । जिल्लाको अन्तिम सिमाना जोगिमाराबाट सुरु अभियानमा दर्जनबढी स्थानीय सहभागी छन् । प्लेकार्ड सहित रकम संकलन अभियानमा सहभागी स्थानीय युवाहरु ६ सय १ जना सभाषदबाट हुन नसकेको शान्ति र संविधान प्रकाशटोलीबाट हुन्छ भने रु १ सहयोग किन नगर्ने ? लखिएका प्ले कार्ड बोकेर घरदैलो अभियान चलाएका छन् । उनीहरुले शान्ति र संविधान, लुम्विनी र सगरमाथा अभियान सफल पार्न प्रकाशटोलीलाई रु १ सहयोग गरौं भन्दै खुत्रुकेमा रकम संकलन गरेका छन् ।  चितवनको सिमानाबाट सुरु भएको चन्दा संकलन अभियान नौविसेमा गएर टुंगीने चन्दा संकलन कर्ताले बताएको छ । संकलन गरिएको सो रकम प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई जिम्मा लगाईने अभियानका अभियान्ता गुणराज त्रिपाठीले जानकारी दिनुभयो ।  प्रकाश टोलीलाई सगरमाथा अभियानको लागी सरकारले दिएको दुई करोड रुपैयाँ सर्वत्र विरोध भएपछि पत्रकार सम्मेलन मार्फत सरकारले दिएको रकम नलिने र तीन कराोड नेपाली जनतासं सडकमा गएर एक एक रुपैयाँ संकलन गरी अभियान सफल बनाउने घोषणा गरेका थिए । उनको अभियानलाई साथ दिनकै लागी प्रकाशले भनेझैं प्रत्येक मानिस सँग एक रपैयाँ मात्र लिईएको त्रिपाठीले बताए ।  यो अभियान सञ्चालन गर्ने टोलीले यस अघि संविधान सभाको म्याद थप्ने सभाषदलाई तलव भत्ता खुवाउन भन्दै एक रुपैयाँ संकलन गरी सरकारलाई बुझाएको थियो । अभिायानलाई स्थानीय युवाहरुले उतसाहका साथ सहयोग पुर्‍याएका छन् । 

No comments:

Post a Comment