
सरकारको मामिलामात्र हैन अन्य थुप्रै बिमतिका कारण वैद्य पक्ष माओवादीभित्र प्रचण्ड र बाबुरामसँग मिलेर वस्नै नसक्ने अबस्थामा पुगेको छ । तत्कालै पुरानै शैलीको जनयुद्ध सफल हुन नसक्ने ठानेको वैद्य पक्षले शहरी बिद्रोह हुने र आफ्नो मोर्चाले त्यसको नेतृत्व गर्ने अपेक्षा गरेपनि बिद्रोहको बोलीमा उसका आन्दोलनका सारथीहरु सहमत छैनन् ।
‘बिद्रोह गर्ने या फौजी संरचना बनाउने उहाँहरुको आन्तरिक कुरा होला, तर मोर्चा यसमा सहमत हुन सक्दैन’ वैद्य पक्षसित मोर्चाबन्दी गरेका मणि थापाले भन्नुभयो -’मोर्चामा सामेल हुने बेलामै हामीले यो कुरा प्रष्ट पारिसकेका छौं ।’ जेठ १४ भित्रै जनभावना अनुसार शान्ति र संविधान बनाउने तथा पहिचान र सामथ्र्यको आधारमा राज्य पुनर्संरचना हुनुपर्ने माग पुरा गराउन र त्यसो नभएमा आन्दोलनमा जान आफुहरुले वैद्य पक्षसँग मोर्चा बनाएको भन्दै थापाले तत्कालै बिद्रोह हुने वा पुरानै शैलीले छापामार युद्ध हुने सम्भावना पटक्कै नरहेको बताउनुभयो ।
सभासद्हरुको आन्दोलन वैद्यलाई संकट
अबिश्वासको प्रस्ताव ल्याएरै भएपनि सरकार ढाल्ने, हस्ताक्षर संकलन गर्ने र सडकबाट आन्दोलन गर्ने तयारी गरेको वैद्य पक्ष सभासदहरुको पछिल्लो आन्दोलनले संकटमा परेको छ । जेठ १४ मा जसरी पनि संविधान जारी गर्नुपर्ने भन्दै युवा सभासदका नाममा थालिएको दबाव अभियानमा वैद्य पक्षकै सभासदहरु पनि जसले प्रचण्ड र बाबुरामलाई भेटेर जेठ १४ मा जुनसुकै हालतमा संविधान ल्याउन दबाब दिएका छन् । माओवादी, कांग्रेस र एमालेका युवा सभासद्ले थालेको यो आन्दोलनमा अहिले साना दलका सवै सभासद् र ठूला दलका बुढा सभासद्हरु पनि ऐक्यबद्धता देखाउँदै पुगेका छन् ।
मोर्चासितको सहमतिका कारण बाबुरामको राजीनामालाई छाड्न बाध्य बैद्य समूह बिद्रोहको नारा पनि उनीहरुकै कारण त्याग्नुपर्ने अबस्थामा पुगेको छ । संबिधानभन्दा बिद्रोहलाई प्राथमिकता दिने तयारीमा रहेको वैद्य समूहका सभासद्ले जेठ १४ मा संबिधान बनाउ भन्दै अब वैद्यलाई नै घेर्ने भएका छन् । जसले गर्दा शान्ति र संबिधानको पक्षमा वकालत गरिरहेकाहरुको मत बलियो भएको छ भने वैद्यको आन्दोलन कम्तिमा जेठ १४ सम्मका लागि भएपनि निष्प्रभावी हुने भएको छ ।
No comments:
Post a Comment