Friday, March 23, 2012

बोक्सी , प्रथा र महिला हिंसा !

- यमुना अर्याल
१) बोक्सीकेा आरोपमा महिलाकेा मृत्यू भएको ,
 २)  बोक्सीको आरोपमा गम्भिर घाइते भएकेा ,
 ३)  आफ्नै बाबुद्धारा छोरी बलात्कृत भएको,
 ४) आफ्नै हाडनाता पर्नेद्धारा बलात्कार गरी हत्या भएको,
 ५) प्रेमीद्धारा प्रेमीकाको हत्या भएको,
 ६) परस्त्रीसँग लागेकेा भन्दै श्रीमानद्धारा श्रीमतीको हत्या भएकेा,
 ७) वैदेशिक रोजगारीमा गएकी महिलाको मानसिक असन्तुलन गुमेको,
 ८) खाडी मुलुकमा काम गर्न गएकी महिला सामुहिक बलात्कारको शिकार बनेको,
 ९) दाइजो नल्याएकेा निहँमा जिउँदै जलाइएको
 १०) छोरा नपाएको निहँुमा महिला मारिएको ।
 यस्तै शिर्षहरुमा दिनहँुजसो सञ्चारमाध्यममा समाचारहरु आइरहेका हुन्छन ।  विषय उस्तै घटनाका प्रकृति पनि उस्तै उस्तै , घटना दिनहुँजसो दोहोरिरहने, नारा र भाषण पनि आइरहने, दिवस र उत्सवमा चिल्ला कुरा गर्ने तर व्यहवारमा भने  महिलाहरु हिंसाको शिकार भइरहने यो नेपाली समाजको बाध्यता भनौँ या विडम्वना । हामी आधुनिक युगमा प्रवेश गरेकेा रटान दिन्छौँ, आफुलाई आधुनिक भन्न रुचाउँछौँ , शहरीया र गाऊँको तुलना गर्र्छौ तर विचारमा भने कथित  शहरीयाहरुकै दिमागमा ढुङ्गे युगको बर्बरता देख्न सकिन्छ । यस्तै दृष्य

विचारमा भने कथित  शहरीयाहरुकै दिमागमा ढुङ्गे युगको बर्बरता देख्न सकिन्छ । यस्तै दृष्य देखियो विहिबार जोरपाटीको घटनामा पनि । विहे गरेकेा पाँच वर्षम्म सन्तान नभएपछि उपचार गरेर कारण पत्ता लगाउनुको साटो आफ्नै बहिनी लगाएतका आफन्तको कुर्टाईबाट मरणासन्न भइन सुनिता पुडासैनी । बोक्सी र डायना भन्ने मानिसको भूत मात्रै हो भन्ने सायद अधिकाशलाई थाहा भएको कुरा हो तै पनि आधुनिक समयमा समेत त्यही बोक्सी र डायनाकेा आरोपमा महिलाहरु मारिएका छन, अगभग भएका छन र मलमूत्र सेवन गर्न बाध्य पारिएका छन । यसैको पछिल्लो उदाहरण बन्न पुगिन सुनिता । यसअघि चितवनमा एकल महिला ढोगनीदेवी महतोलाई बोक्सीकेा आरोपमा आफ्नै आफन्तले जिउँदै जलाएका थिए अहिले कथित धामी र उनका आफन्त जेलमा परिसकेका छन । पटक पटक महिलाहरु बोक्सीको आरोपमा हिसाको शिकार बन्दै आएका छन त्यो पनि आफ्नै आफन्तहरुबाट ।

बोक्सीको परिभाषा पनि बडो अचम्मको छ , गाऊँघरमा धामीहरुको  कुरा गरेको सुनिन्थ्यो, जुन महिलाका  धेरै सन्तान छन, अझ छोरी छोरी धेरै जन्मिएका छन, जसको घरमा खाने लाउने कुराकेा केही ठेगान छैन, श्रीम्ाान परलोक गएका छन, गरिब र दुखी छन तिनै महिलाहरु बोक्सीको कोटीमा पर्दथे । धामीको अनुमान र हामीले गर्ने सामान्य अनुमान ठयाक्कै मिल्थ्यो त्यसपछि थाहा भयो की बोक्सी दुखी गरिब असहाय महिला मात्रै हुने रहेछन भन्ने तथ्य । कुनै नेताकी श्रीमतीलाई कुनै धामीले बोक्सीको आरोप लगाउन सक्दैन, अटि टाठा बाठा महिलाहरु बोक्सी हुँदैनन जो निरिह छन जसको बोली कसैले सुन्दैनन उनीहरु नै बोक्सी हुन्छन । यदि साँच्चिकै बोक्सी हुन्छन र उनीहरुले अर्काको सम्पतिमा आखँा लगाउछन गाइबस्तु मार्छन, अर्काका कलकलाँउँदा सन्तान मार्छन भने स्वयम उनीहरु मागिखाने हालतमा किन हिड्छन त - उनीहरुसँग त्यत्रो तागत र खुवी हुन्थ्यो भने त अर्काको बिगारेपछि आफुहरु सानसँग हिड्नुपर्ने हो ।  अािखर बोक्सी भन्ने चिज के हो - यो हुन्छ की हुँदैन भन्ने कुराकेा यर्थाथ जवाफ आउँदैन , रेडिमेड जवाफ हुन्छ अहिलेकेा आधुनिक जमानामा पनि बोक्सी हुन्छ र - भन्ने सबैकेा धारणा आउला तर त्यही धारणा दिने मध्यकै कतिपय व्यक्तिहरु आफ्ना बालबच्च्ाा मरेकेा निहुँमा, गाइवस्तु मरेकेा निहुँमा, विरामी भएकेा बहानामा वा सन्तान नभ्ाएको बहानामा आफ्नै आफन्तमाथि खनिन्छन कथित धामी झाँक्रीकेा विश्वासमा लागेर । तान्त्रिक विद्यालाई बोक्सीको रुपमा हर्ेर्ने गरिन्छ , यदि एउटी महिला टुनामुना जानेकै भरमा बोक्सी हुन सक्छिन भने झारफुक गर्ने पुरुष किन बोक्सो हुन सक्दैन - महिलालाई आफ्नो विद्याबाट बोक्सी देख्ने पुरुष नै बोक्सी र बोक्सो दुवै हो भन्न कुनै कठिनाई हुँदैन । यदि उक्त धामी झाकी्रको रुपमा आफुलाई सर्वोपरी ठान्ने  पुरुषले महिलालाई मन्त्रको भरमा बोक्सी ठहराउँछ भने सही अर्थमा त्यही पुरुष बोक्सो हो यसमा केही विमती छैन । प्रभावकारी कानुन र अन्धविश्वासको अभावमा महिलाहरु अनाहकमा बोक्सी र कथित प्रथाकेा नाममा हिसाको शिकार हुन बाध्य छन ।

 महिला हिसा विरुद्धको १६ दिने, १०० दिने अभियान मनाइरहेका बेलामा थुप्रै जगन्य अपराध र हिसा भए महिलामाथि । अझँ नारी दिवस मनाएकै बखत महिला हिसाका घटनाहरु घटे । लैगिक हिसा विरुद्धको अभियानकै क्रममा प्रमले निकै आश्वासन पनि दिन भ्याए ,  श्रीमानले तँ भने तपाईहरु पनि तँ नै भन्नुस, तिमी भने तिमी भन्नुस र उसले तपाई भन्छ भने बल्ल तपाई भन्नुहोस , दायाँवायँा भयो भने किक हान्नुस । प्रम ज्यू तपाईकी श्रीमती आधुनिक र तपाई पनि आधुनिक भएका कारण तपाईको परिवारमा त्यसो चल्न सक्ला  तर अधिकाश परिवारका महिलाहरुलाई श्रीम्ाानको नाम काढेर बोलायो भने आयु घट्छ, श्रीमानको गोडाको पानी खाएन भने अलच्छिन हुन्छ , श्रीमानको नजरमा जुधायो भने श्रीस्वस्थानीमा भनेजस्तो आँखा डेरो हुन्छ भन्ने मात्रै ज्ञान छ । श्रीम्ाानसँग राम्रो व्यवहार गर्दा त हिसाकेा शिकार भएका महिलाहरु तँ तँ र म म गर्न थालेपछि हिसा कम हुने होइन झनै उग्र रुप लिनतिर अग्रसर हुन्छ । बदला लिएर हिसा कम हुन्छ भन्नेमा पक्तिकार सहमत छैन , सहमती र समानता एवम सम्मान भन्ने चिज कसैले भनेकेा भरमा कुने कुरा होइन । पारिवारिक पृष्ठभूमिमा पनि भर पर्ने कुरा हो ।  जुन परिवारमा जस्तो सस्कार छ त्यहाँका पुरुषले सोही सस्कार अवलम्बन गर्छन र महिलामाथि हर्ेर्ने नजरपनि त्यसैमा निर्भर हुन्छ ।



महिलालाई धर्ममा देवीको रुपमा पुजा अर्चना गरिन्छ, सृष्टिमाताको उपमा दिइन्छ , करुणा र दयाकेा प्रतिमर्ूर्ति भन्ने गरिन्छ तर तिनै महिलाले राक्षसी प्रवृतिका पुरुषकेा चुगुलमा परेपछि आफ्नै बाबु, दाजु भाई, आफन्त कोही भन्न पाउँदिनन ।  आफ्नो क्षणिक स्वार्थ सिद्ध गर्ने निहुँमा रगतको नाता नै बिर्सन्छन पुरुषहरु, विगतका महिला हिसाका घटना अनि घटनामा सलग्न व्यक्तिबाट यही तथ्य प्रमाणित हुन्छ । महिलाको अधिकास समय घरेलु कामकाज   र कम उत्पादनशील क्षेत्रमा बित्ने भएका कारण पनि अािर्थक परनिर्भता बढ्न गएको जसको परिणामस्वरुप  महिला हिसाकेा शृखलामा बृद्धि भएकेा हुन सक्छ । आर्थिक रुपमा मात्रै महिला सवल बन्ने हो भने महिला हिसाका घटनाहरुमा कमी आउने थियो । विदेशी मुलुकमा काम खोज्दै जाने महिलाहरु सामुहिक बलात्कारमा पर्छन, सामुहिक यातनाको शिकार भएपछि हारगुहार माग्दै नेपाल र्फिन्छन त्यसपछिकेा जिन्दगी उनीहरुको लागि मर्नु न बाँच्नुको हुन्छ । घर परिवार र समाजले महिलाकै दोष देख्छ र बहिष्कार गर्छ त्यसपछि जाने कहाँ - दाइजो नल्याएको निहुँमा जिँउदै जलाइनर्ुपर्छ, छोरा नपाएको निहुँमा मारिनु पर्छ, घर परिवारको चित्त नबुझाएको निहुमा मृत्यु बरण गर्नुपर्छ अािखर यो विडम्वनापर्ूण्ा नितयी कहिलेसम्म भोगिरहने नेपाली महिलाहरुले ।

हुम्लामा जिल्लाकै कुरा गर्ने हो भने त्यहा अहिलेसम्म पनि बहुपत्रि्रथा विद्यमान छ । त्यहाँ एकजना महिला कहिले श्रीमती त कहिले भाउजु बुहारी हुनुपर्ने विडम्वना  छ । विगतदेखीका परम्परामा खासै परिवर्तन आएकेा छैन न त महिला अधिकार र समानताकेा विषयमा वकालत गर्ने  निकायको निगरानी भएकेा छ । एक जना महिला आफ्नै हाडनाताका आफन्तको श्रीमती त्यो पनि पालैपालो बन्नुपर्ने अवस्था छ , कथित बहुपति प्रथाका कारण नारीमाथि भएकेा  यो भन्दा जघन्य अपराध अरु के होला -  पुरुषका एकभन्दा बढी श्रीमती भएकेा हामीसँबैलाई थाहा भएकै कुरा हो , महिला पनि एक जना पुरुषसँग मन मिल्न नसकेकेा खण्डमा दोश्रो श्रीम्ाान रोज्ने गरेकेा पनि साँचो हो सबैलाई थाहा भएकै विषय हो तर आफ्नै सगोलको परिवारभित्र कहिले दाइले, कहिले भाइले एउटी नारीलाई श्रीमतीकेा रुपमा उपयोग गर्नु भनेकेा प्रथाको नाममा महिलामाथि गरिएको  जगन्य अपराध  हो ।

सुदुरपश्चिमका केही जिल्लाहरुमा महिलाहरु महिनावारी भएकेा बेलामा छाऊगोठमा कष्टकर जीवन विताउन बाध्य छन । यो पनि अहिलेकेा परम्परा होइन, वर्षौ भइसक्यो त्यो भेगका महिलाहरुले नारकीय जिवन विताउँदै आएको तै पनि उक्त कुप्रथाको अन्त्य भएकेा छैन । वर्षोनी महिलाहरु छाऊगोठमा बसेका बेला मृत्यूवरण गर्न बाध्य छन तर प्रथामा कमी आउनेतिर ध्यान कसैको गएकेा छैन । कथित धार्मिका मान्यताका कारण त्यहाँका महिलाहरु आफुले चाहेर पनि उक्त प्रथाकेा विरोध गर्न सक्दैनन र कष्टकर जीवन विताउँन बाध्य पारिएका छन । सञ्चारमाध्यमले विषय उठान गरेपनि सरकारी तवरबाट यस्ता कुप्रथाको अन्त्यका लागि प्रयाश नहुनु पक्कै सुखद पक्ष होइन ।


अनपढ र निरक्षर पुरुषमात्रै महिला हिसा गर्छन भन्ेन छैन आजकाल सभ्य र शिक्षित परिवारभित्रै महिला हिसाका घटनाहरु बढी हुने गरेका छन । अनपढले नजानेर अथवा थाहा नपाएर हिँसा गर्छ शिक्षित पुरुषले धेरै जानेर हिसा गर्छन । सरकारी तवरबाट नारा र भाषण मात्रै थपिइरहने, महिला अधिकारको क्षेत्रमा काम गर्ने निकायहरु शहर छोड्न नसक्ने, राजधानीका सुविधासम्म होटलमा बसेर विकट भेगका महिलाको विषयमा प्रतिवेदन तयार पार्ने र डोनरको चित्त बुझाउने , हिसामा पिडित महिलाहरुले कहिल्यै न्याय नपाउने खासमा महिला हिसा बढ्नुमा भएका कारक तत्वहरु यिनै हुन । भाषण र नारा मात्रै होइन चेतना र शिक्षाको दियो बाल्नेतिर सरकार र सम्बन्धित सरोकारवालाकेा बेलैमा ध्यान गएकेा खण्डमा प्रथा र सस्कारको नाममा हुने महिला हिसाका घटनामा कमी आउने थियो ।

No comments:

Post a Comment