This is the online Version of Nispakshya National Weekly Nepali News Paper, Publishing since 1992 from Kathmandu Nepal (now it is on Online Version only) यो राष्ट्रिय साप्ताहिक पत्रिका हामीले नेपालमा १५ बर्ष लगातार प्रकाशन गरेका थियौँ । पहिला बुटवलबाट र पछी काठमाडौंबाट प्रकाशित यो साप्ताहिक अत्यन्त लोकप्रिय थियो र हामी अमेरिका आएपछी प्रकाशन बन्द भएकोमा यसलाई अनलाइन भर्सनबाट प्रकाशित गरिएको छ। Email : rampdkhanal@gmail.com

---------------------------------------------------------------------------------------------------------------

Saturday, April 7, 2012

भारतबाट आउने मालबाहक गाडीबाट पैसा कसले उठाउँदै विवाद चुलिँदै गएपछि माओवादीका संस्थापन पक्ष र वैद्य पक्षका कार्यकर्ताबीच झडप, दुई कार्यकर्ता घाइते, एक जनाको अवस्था गम्भीर

माओवादीका संस्थापन पक्ष र वैद्य पक्षका कार्यकर्ताबीच झडप भएको छ। भारतबाट आउने मालबाहक गाडीबाट पैसा कसले उठाउँदै विवाद चुलिँदै गएपछि शनिबार झडप भएको हो। झडपका कारण वैद्य पक्षधरका दुई कार्यकर्ता घाइते भएका छन्। टाउकोमा गम्भीर चोट लागेका एक जनाको अवस्था गम्भीर छ। भन्सार रोडमा पर्ने धनगढी नगरपालिका-३, मिलनचोकमा भारतबाट आउने गाडीबाट पैसा उठाउन बनाइएको पोष्टमा बसेका वैद्यपक्षधर कार्यकर्तालाई रड बोकेर आएको संस्थापन पक्षले आक्रमण गरेपछि झडप भएको थियो। संस्थापन पक्षको आक्रमणबाट वैद्य पक्षधर कार्यकर्ता भरत विष्ट र विनोद च्यामजुङ घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक उद्धव सिंह भाटको नेतृत्वमा गएको प्रहरी टोलीले झडपलाई साम्य पारेको थियो। 'तनावस्थितिमा भइरहेको झडपलाई हामीले साम्य पारेका हौं,' प्रहरी निरीक्षक भाटले भने। आफूहरु थोरै भएका बेला रड बोकेर आक्रमण गरेको वैद्य पक्षधर कार्यकर्ताको भनाई छ। घाइते च्यामजुङका अनुसार ६ जनामात्र भएका बेला उनीहरुले आक्रमण गरेको थियो। वाइसीयलका नगर इन्चार्ज माइकलको नेतृत्वमा आएको समूहले आक्रमण गरेको उनले बताए। माओवादी समर्थित अखिल नेपाल यतायात मजदुर संघको नामबाट मजदुरको कल्याणकोषका लागि भनेर ३ वर्षदेखि भन्सार रोडमा पोष्ट राखेर भारतबाट आउने गाडीबाट पैसा उठाउने गरिएको थियो। प्रति गाडी १०० रुपैया उठाउने गरेको उनीहरुले बताएका छन्। पैसाको स्रोत राम्रो भएकाले पोष्टमा को बस्ने र जम्मा भएको रकमको विषयमा दुवै पक्षबीच भएको विवाद झडपमा परिणत भएको बुझिएको छ।

No comments:

Post a Comment