-मित्र लाल पार्दे , पोल्यान्ड
धेरै बर्ष सम्म हाम्रो देशको त्रिभुवन युनिभर्सिटीको स्नातकोतर लेभलमा बुद्ध ईन्डियामा जन्मेको हो भनी गलत सन्देश राखेको किताब हिस्टोरी अफ नलेज(HISTORY OF KNOWLEDGE) पढाईयो ।उक्त किताबको पेज नम्बर २१ मा सिद्धार्थ गौतम ईन्डियाको उतर प्रदेशमा जन्मेको भनी स्पस्ट सँग व्यख्या गरिएको छ । हाम्रो त्रिभुवन विश्वविध्यालयका पठ्यक्रम निर्धारण गर्ने महानुभवहरुले देश प्रति र विध्यार्थी प्रति गद्दार गरेकै थिए । तै पनि अहिले आएर त्यस्तो गलत जानकारी राखेको किताब त्रिभुवन विश्वविद्द्यालयमा पढाइएको छैन भन्ने जानकारीमा आएको छ । ।शिक्षित वर्गहरुले आफ्नो कर्तब्य के हो त्यस माथि ख्याल नगर्दा हामी हरु नजानिदो पाराले बेचिदैछौ । देश हाक्नेहरु खाली परिवार र नाता गोता र साघुरो चिन्तनमा अल्मलिनाले हामी धेरै वर्ष पछाडि पुगेका छौ । अनी हामी नेपाली जनताहरु लाई गुमराहमा पार्दै राजनेताहरु कुर्सिको राजनीतिमा अल्मलिनाले हामी आँफै हराएका छौ । हामी नेपाली हरु संसारका हरेक देशहरुमा छरिएर रहेका छौ । हो हामी इमान्दार छौ हो हामीहरु सोझा छौ । अहिले संसारको ज्ञान कुनै एक कोठाबाट पाउन सकिन्छ । हामी हरुलाई हाम्रो खुट्टा काटेर कसैले दिएको बैशाखी स्वीकार्य छैन । हाम्रो आँखालाई फोरेर कसैले दिएको चश्मा स्वीकार्य छैन । हामी जन्मैदेखि स्वतन्त्र छौ । हाम्रो देश जन्मैदेखि स्वतन्त्र छ । तर हालै केही दिनदेखि मैले बिभिन्न अन लाइन स्रोतहरुमा नेपाललाई ब्रिटेनको अधिनमा रहेको जानकारी पढ्न पाउदा एक नेपाली को नाताले निधारबाट चिट चिट पसिना आयो एक किसिमको भ्रामक सुचना दिने स्रोतहरु प्रति रिस पनि उठ्यो । अनि मैले आँफैलाई प्रश्न गरे खै हाम्रो अस्तित्व खै हाम्रो आफ्नो पहिचान हाम्रो भूगोल कसैको अधिनमा छैन र किन वाहियात जानकारी । यी विभिन्न झूट्मुलक सुचनाहरु धेरै नेपालीहरु र नेपाललाई ठग्दै भ्रामक सुचना प्रवाह गर्नेहरुले संसारलाई गुमराहमा पार्न खोजिरहेका छन् । हामी नेपालीहरु संसारमा छरिएर रहेका छौ हाम्रो सोच केही रुपमा आफ्नो देश प्रति सकारात्मक सोच राख्ने हो भने धेरै ठुला काम पनि गर्न सक्छौ र नेपाली पढेलेखेका हरुले पनि केही आँखा उघार्ने हो भने धेरै हद्सम्म नेपालले काचुली फेर्न सक्छ । हामी अब सरकारको मुख ताक्नु भन्दा हामीले आफ्नो तर्फबाट के गर्न सक्छौ भन्ने सोचको बिकास गर्नु नै अहिलेको आवश्यकता हो ।
हाम्रो देशको बारेमा केही अन्लाइन श्रोतहरुले गलत तथ्यहरु सर्वजनिक गरिरहेका छन् । नेपाल ब्रिटेनको अधिनमा रहेको भनी धेरै अन्लाइन स्रोतहरुमा पढ्न पाइरहेका छौ । यो दु:खद समाचार हो । यो अपमानजनक समाचार हो । यस् किसिमका तथ्यहरु तुरुन्तै हटाइनु पर्दछ । हरेक देशका नेपालीहरु यस् विषयमा सचेत हुने हो भने हामी यस् किसिमका अपमान मुलक तथ्य हरु बाट हामी हरु मुक्त हुनेछौ । अन्यथा हामी नेपाली भन्नुको अर्थ कहाँ रह्यो र ? २०१२ फेब्रुअरी २१ सम्म विकि पेडिया पोल्यान्डले Niepodległość od Wielkiej Brytanii 21 grudnia 1923 नेपाल ब्रिटेनबाट १९२३ डेसेम्बर २१ मा स्वतन्त्र भएको तथ्य राखेको थियो तर हामी संसार भरका नेपालीहरु एवम नेपाल बस्ने नेपालीहरुको पहलमा त्यो गलत जानकारी २०१२ फेब्रुअरी २१ मा हटाएको छ यो समाचार हामी नेपालीहरुको लागि खुशीको कुरो हो यस् किसिमको भ्रामक तथ्यहरु हामी संसार भरिका नेपालीहरुले एवम नेपाल सरकारले पनि राख्न नदिने गरी सम्बन्धित निकायमा दबाब दिनै पर्ने हुन्छ । नेपाल ब्रिटेन्को अधिनमा रहेको भनि विभिन्न अन्लाइन श्रोतहरुमा राखिएको गलत सुचनाहरुको तत्काल विरोध गरौ । गलत सुचनालाई जसरी विकिपेडिया पोल्यान्डले हटाएको छ त्यसै गरी हामी यी सबै अन्लाइन स्रोतहरु बाट यस् किसिमको अपमान जनक गलत तथ्य हटाउने पर्यास गरौ । किन कि देश हाम्रो हो हामी जहाँ छौ नेपाली छौ नेपाल स्वतन्त्र छ कसैको अधिनमा छैन नेपाल आफ्नै अस्तित्व बोकेको देश हो हामी नेपाली हरुको आफ्नै अस्तित्व छ । संसारमा हामी जहाँ भए पनि नेपाली हुनमा नै गर्व छ अत कृपया जति सक्यो चाडो निम्न अन्लाइन स्रोतबाट पनि नेपालको बारेमा दिएको गलत तथ्यहरु हटाउन पहल गरौ । नेपाल ब्रिटेनबाट स्वतन्त्र २१ डिसेम्बर १९२३ भनी राखिएका गलत तथ्यका अन्लाइन स्रोतहरु
http://www.datesinhistory.com/ dec21.php
http://timelines.ws/countries/ NEPAL.HTML
http://www.ecominfocenter.com/ index.html?page=/global/ travel/holidays/n.html
http://www.thegreenpapers.com/ ww/IndependentNationStates. phtml
http://www.brainyhistory.com/ events/1923/december_21_1923_ 83647.html
http://www.historyorb.com/ events/december/21
यदि तपाईं कसै सँग यस् किसिमको भ्रामक तथ्यहरु छन् भने कृपया बिभिन्न सुचनाहरु मार्फत सार्वजनिक गरौ र ती भ्रामक तथ्यहरुलाई हटाउनु हाम्रो कर्तव्य हो ?
स्वदेशी माटो को जानकारी लिनु हाम्रो कर्तव्य हो । नेपालको अस्तित्व कसैले लुट्न नपाओस हामी नेपाली हौ हामी कसैको अधिनमा छैनौ हाम्रो देश कसैको अधिनमा थिएन र छैन पनि भनी संसारलाई राम्रो सँग पाठ पढाउने दायित्व पनि हाम्रै हो ।
मित्र लाल पार्दे
पोल्यान्ड
हाम्रो देशको बारेमा केही अन्लाइन श्रोतहरुले गलत तथ्यहरु सर्वजनिक गरिरहेका छन् । नेपाल ब्रिटेनको अधिनमा रहेको भनी धेरै अन्लाइन स्रोतहरुमा पढ्न पाइरहेका छौ । यो दु:खद समाचार हो । यो अपमानजनक समाचार हो । यस् किसिमका तथ्यहरु तुरुन्तै हटाइनु पर्दछ । हरेक देशका नेपालीहरु यस् विषयमा सचेत हुने हो भने हामी यस् किसिमका अपमान मुलक तथ्य हरु बाट हामी हरु मुक्त हुनेछौ । अन्यथा हामी नेपाली भन्नुको अर्थ कहाँ रह्यो र ? २०१२ फेब्रुअरी २१ सम्म विकि पेडिया पोल्यान्डले Niepodległość od Wielkiej Brytanii 21 grudnia 1923 नेपाल ब्रिटेनबाट १९२३ डेसेम्बर २१ मा स्वतन्त्र भएको तथ्य राखेको थियो तर हामी संसार भरका नेपालीहरु एवम नेपाल बस्ने नेपालीहरुको पहलमा त्यो गलत जानकारी २०१२ फेब्रुअरी २१ मा हटाएको छ यो समाचार हामी नेपालीहरुको लागि खुशीको कुरो हो यस् किसिमको भ्रामक तथ्यहरु हामी संसार भरिका नेपालीहरुले एवम नेपाल सरकारले पनि राख्न नदिने गरी सम्बन्धित निकायमा दबाब दिनै पर्ने हुन्छ । नेपाल ब्रिटेन्को अधिनमा रहेको भनि विभिन्न अन्लाइन श्रोतहरुमा राखिएको गलत सुचनाहरुको तत्काल विरोध गरौ । गलत सुचनालाई जसरी विकिपेडिया पोल्यान्डले हटाएको छ त्यसै गरी हामी यी सबै अन्लाइन स्रोतहरु बाट यस् किसिमको अपमान जनक गलत तथ्य हटाउने पर्यास गरौ । किन कि देश हाम्रो हो हामी जहाँ छौ नेपाली छौ नेपाल स्वतन्त्र छ कसैको अधिनमा छैन नेपाल आफ्नै अस्तित्व बोकेको देश हो हामी नेपाली हरुको आफ्नै अस्तित्व छ । संसारमा हामी जहाँ भए पनि नेपाली हुनमा नै गर्व छ अत कृपया जति सक्यो चाडो निम्न अन्लाइन स्रोतबाट पनि नेपालको बारेमा दिएको गलत तथ्यहरु हटाउन पहल गरौ । नेपाल ब्रिटेनबाट स्वतन्त्र २१ डिसेम्बर १९२३ भनी राखिएका गलत तथ्यका अन्लाइन स्रोतहरु
http://www.datesinhistory.com/
http://timelines.ws/countries/
http://www.ecominfocenter.com/
http://www.thegreenpapers.com/
http://www.brainyhistory.com/
http://www.historyorb.com/
यदि तपाईं कसै सँग यस् किसिमको भ्रामक तथ्यहरु छन् भने कृपया बिभिन्न सुचनाहरु मार्फत सार्वजनिक गरौ र ती भ्रामक तथ्यहरुलाई हटाउनु हाम्रो कर्तव्य हो ?
स्वदेशी माटो को जानकारी लिनु हाम्रो कर्तव्य हो । नेपालको अस्तित्व कसैले लुट्न नपाओस हामी नेपाली हौ हामी कसैको अधिनमा छैनौ हाम्रो देश कसैको अधिनमा थिएन र छैन पनि भनी संसारलाई राम्रो सँग पाठ पढाउने दायित्व पनि हाम्रै हो ।
मित्र लाल पार्दे
पोल्यान्ड
No comments:
Post a Comment