This is the online Version of Nispakshya National Weekly Nepali News Paper, Publishing since 1992 from Kathmandu Nepal (now it is on Online Version only) यो राष्ट्रिय साप्ताहिक पत्रिका हामीले नेपालमा १५ बर्ष लगातार प्रकाशन गरेका थियौँ । पहिला बुटवलबाट र पछी काठमाडौंबाट प्रकाशित यो साप्ताहिक अत्यन्त लोकप्रिय थियो र हामी अमेरिका आएपछी प्रकाशन बन्द भएकोमा यसलाई अनलाइन भर्सनबाट प्रकाशित गरिएको छ। Email : rampdkhanal@gmail.com

---------------------------------------------------------------------------------------------------------------

Wednesday, May 2, 2012

माओवादी–कांग्रेस कार्यकर्ताबीच कुटाकुट ९ राउन्ड हवाई फायर


मोरङको उर्लाबारीमा एमाओवादी र नेपाली कांग्रेसका कार्यकर्ताबीच बुधबार दिउ“सो झडप भएको छ। झडपमा माओवादीको जनस्वयंसेवक परिचालन ब्युरोका उर्लाबारी इन्चार्ज सुसन लिम्बू सख्त घाइते भएका छन्। कांग्रेस कार्यकर्ताहरूले माओवादीका ३ वटा मोटरसाइकलसमेत जलाएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले ९ राउन्ड हवाई फायरसमेत गरेको छ। कांगे्रसका ९ नम्बर क्षेत्रीय सभापति खड्ग फागोमाथि आक्रमण गर्न उनको घरमा पुगेका लिम्बूसहितका माओवादी कार्यकर्तामाथि कांग्रेसका युवाहरूले प्रतिकार गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ। ३० वटा मोटरसाइकलमा गएकाहरूले फागोको घर घेरेर तोडफोड गर्न थालेको खबर पाएपछि कांग्रेसका युवाहरू त्यहा“ पुगी प्रतिकार गरेका थिए। त्यसअघि माओवादी कार्यकर्ताहरूले फागोमाथि ज्यान मुद्दाको कारबाही अघि नबढाएको भन्दै इलाका प्रहरी कार्यालयअगाडि नाराबाजी गरेका थिए। मंगलबार माओवादी कार्यकर्ताले उर्लाबारीमा रहेको कांग्रेसको ९ नम्बर क्षेत्रीय समितिको कार्यालयको झण्डा र बोर्ड नष्ट गरेका थिए। यसअघि लिम्बूकी आमा लिलामती लिम्बू र छिमेकी तारा लिम्बूले सभापति फागोसहित उर्लाबारी–२ का योगराज फागो, सुभाष तामाङ, प्रविन राई, तिलक बास्तोला र सुधिर लिम्बूबिरुद्ध किटानी जाहेरी दिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख सुनिल
दाहालले बताए।
आइतबार राति १०ः३० बजे हातहतियारसहित उर्लाबारी–२ स्थित सुसन लिम्बूको घरमा पुगी लिम्बूलाई ज्यान मार्ने धम्की दिएको भन्दै उनीहरू विरुद्ध किटानी जाहेरी परेको दाहालले जनाए। उर्लाबारीमा माओवादी र कांग्रेस कार्यकर्ताबीच लगातारको द्वन्द्वले यसबेला उग्ररुप लिएको छ।

No comments:

Post a Comment