Saturday, May 12, 2012

नेपालमा आत्महत्या गर्नेको संख्या बर्षेनी बढ्दै, दैनिक देशभरबाट विभिन्न कारणले कम्तीमा ११ जना नेपालीले आत्महत्या !

नेपालमा आत्महत्या गर्नेको संख्या बर्षेनी बढ्दै गएको छ । प्रहरीको तथ्यांक अनुसार दैनिक देशभरबाट विभिन्न कारणले कम्तीमा ११ जना नेपालीले आत्महत्या गर्ने गरेको पाईएको छ । प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार २०६८ को एक बर्षमा तीन हजार नौ सय २६ जनाले आत्महत्या गरेका छन् । एक महिनामा तीन सय २७ र एक दिनमा करिव ११ जना रहेका छन् । यो संख्या अघिल्लो साल २०६७ को भन्दा ६ प्रतिशतले बढी हो । ‘देशमा आत्महत्यका घटना बढ्दै गएको देखिन्छ,’ प्रहरी प्रवक्ता डिआईजी विनोद सिंहले तथ्यांकबारेमा जानकारी दिनुहँुदै ‘अघिल्लो सालको तुलनामा ०६८ सालमा आत्महत्या गर्नेको संख्यामा ६ प्रतिशतले बृद्धिभएको छ’, भन्नुभयो । प्रहरीले दिएको तथ्यांकमा अधिकांस हत्याका घटना झुण्डिएर गरिएको पाईएको छ । ६८ सालमा दुईहजार तीनसय ५५ जनाले झुण्डिएर आत्महत्या गरेको पाईएको छ भने, एकहजार चार सय सात जनाले विस सेवन गरेर, ७१ जनाले हाम फालेर, ३६ जनाले आगो लगाएर, २५ जनाले हतियारको प्रयोग गरेर, २ जनाले करेन्ट लगाएर र ३० जनाले डुवेर आत्महत्या गरेको पाईएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । धेरै घटनाहरु प्रहरी समक्ष नआउने भएकाले पनि यो संख्या बढ्न सक्ने प्रहरीको दाबी छ ।

No comments:

Post a Comment