This is the online Version of Nispakshya National Weekly Nepali News Paper, Publishing since 1992 from Kathmandu Nepal (now it is on Online Version only) यो राष्ट्रिय साप्ताहिक पत्रिका हामीले नेपालमा १५ बर्ष लगातार प्रकाशन गरेका थियौँ । पहिला बुटवलबाट र पछी काठमाडौंबाट प्रकाशित यो साप्ताहिक अत्यन्त लोकप्रिय थियो र हामी अमेरिका आएपछी प्रकाशन बन्द भएकोमा यसलाई अनलाइन भर्सनबाट प्रकाशित गरिएको छ। Email : rampdkhanal@gmail.com

---------------------------------------------------------------------------------------------------------------

Friday, August 10, 2012

कति सजिलो छ मानव मृत्युमाथिको व्यापार ?

- विष्णु गौतम, अध्यक्ष, लक्ष्मी प्रतिष्ठान
मिति २०६९ श्रावण २३ गते बुटवलबाट काठमाण्डौ आउँदै गरेको लु १ ख ७०५१ नम्बरको गाडीको ड्राइभर निदाउनको कारण गाडि दर्ुघटनाग्रस्त हुँदा १२ जनाको ज्यान गयो, २६ जना घाइते भए । दर्ुघटनाको कारण बुझेर मेरा एक मित्रले भन्दै थिए- एउटा साहुजीको लापर्वाही भनौं वा सानो चित्तले काम गर्दा त्यत्तिको ठूलो क्षति हुन पुग्यो । एउटै ड्राइभर राखेर धेरै ज्यान लिनेहरुलाई जनताले नै सडकमा लाम राखेर तिनीहरुमाथि गाडि दौडाउनु पर्ने - उनी आक्रोस पोख्दै थिए । नेपाल जस्तो भौगोलिक बनावट भएको देशमा लामो रुटमा रात्री बस चलाउँदा एउटै ड्राइभर राखेर रातभर गाडि चलाउँदा ड्राइभर थकान र निन्द्राले सुस्ताउन पुग्दछ । यो घटनामा पनि त्यही भएको बुझिन्छ । सायद आफ्नो जिम्मेवारी देखाउने साहुजी भएको भए २ जना ड्राइभर राखिन्थ्यो होला र त्यो दर्ुघटनामा पचासौं जना टुहुरा हुने थिएनन् होला, कयौंले सन्तान गुमाउनुको पीडा खप्नु पर्दैनथ्यो होला र कयौंले उपचारका लागि घरजग्गा धितो राख्नु पर्ने थिएन होला !
हुन त यो दर्ुघटनामा साहुजीको पनि र्सवस्व गएको जस्तो देखिन्छ तर ऊ त विमा कम्पनीको कारण सुरक्षित हुन्छ । यत्रो हत्याको वातावरण बनाउनेलाई कारबाही भने नेपालमा हुने गरेको छैन । त्यस्तालाई कारबाही गर्ने कानून पनि नेपालमा बनेको छैन । यस्तै कानूनको अभावले गर्दा दर्ुघटनामा सयौं मानिस मारेर पनि उन्मुक्ति पाउने अवसर नेपालमा छ । केही हप्ता अगाडिको कुरा हो, विविसि नेपाली सेवा कार्यक्रममा यस्ता आवाज यातायातकर्मिहरुबाट उठाइएको थियो जुन कार्यक्रममा म लगायत धेरै नै जिम्मेवार महानुभावहरुको उपस्थिति थियो । अझै स्मरण गर्न योग्य कुरा त यो थियो कि बस व्यवसायी संघका
अध्यक्षले मजदुरहरुको आवाजलाई दबाउँदै यस्तो हुँदै नभएको आरोप मात्र लगाईएको भनी कर्ुर्लिरहनु भएको थियो । साथमा भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाजिले समेत यस्तो दर्ुघटना हुने देश नेपाल मात्र हो र - भनेर गैरजिम्मेवारी देखाउनु भएको थियो ।
कारण जे भए पनि म आफु भने सडक दर्ुघटनामा दर्ुइ जना जवान छोरा गुमाईसकेको मानिस हुँ । कहिं कतै त्रुटि भएर नै दर्ुघटना भएको थियो र हामी मर्माहत हुन पुग्यौं । तर दर्ुघटनापछि भने दर्ुघटना कसरी रोक्न सकिन्छ - अरु कसैले हामीले जस्तो पीडा झेल्नु नपरोस् भनेर यतिखेर नेपालमा सडक दर्ुघटना कम गराउन सकिने विषयमा अध्ययन गरिरहेका छौं । र, अति आवश्यक देखिएका केही कार्यक्रमहरु लक्ष्मी प्रतिष्ठान नामक संस्थाबाट गरिरहेका छौं । हाम्रो दर्ुइ बर्षो अध्ययनले निष्कर्षनिकालेको छ कि सडक दर्ुघटना हुने मुख्य कारणहरु भनेको ओभर कन्पिmडेन्स, सवारी नियम उल्लघंन, सडक व्यवस्थापन गर्न नसक्नु, र विशेष गरी लामा रुटका गाडिहरुमा ड्राइभर नबदली एकै जनाले मात्र चलाउनु आदि छन् । सडकमा काम गर्ने केही प्रहरीहरु गैरजिम्मेवार देखिएपनि धेरैले दिलोज्यानले काम गरिरहेका छन् । १२ लाख ८० हजार सवारी चापलाई हर्ेदा उनीहरुको ३५०० को संख्या एकदम न्यून हो ।
अहिले सडक यात्रा यत्ति असुरक्षित बनेको छ कि परिवारको कुनै पनि सदस्य निर्धारित समयभन्दा २० मिनेट मात्र ढिलो भयो भने पनि सबैको ध्यान पहिला सडकतिर नै जान्छ । कतै यो रुटमा दर्ुघटना त परेन भनी पहिला आफन्त हिंड्ने सडकमा ध्यान पुर्‍याउँछन् । तर त्यही ठाउँमा आफुले सवारी चलाउँदा होस्, पैदल यात्रा गर्दा होस् नियम पालना गर्न जिम्मेवार हुँदैनन । वातावरणलाई सुधार गर्न जुट्नु भनेको त धेरैका लागि "कागलाई बेल पाक्यो,  हर्षन विस्मात !" भनेको अवस्था छ ।
सडकमा अराजकता यत्ति बढेको छ कि आन्दोलनको पहिलो निशाना नै सडक बन्दछ । यही सडकमा ढुंगा फालिन्छ । टायर यहि सडकमा बालिन्छ । कहिले पुरा चक्का जाम गरिन्छ त कहिले यही सडकमा टुक्रे बन्द हुन्छ ।  केही दिनदेखी नेकपा एमालेको युवा दस्ताले सडकलाई विहान ६ बजेदेखि १० बजेसम्म बन्द गरेर र्सवसाधारण, विद्यार्थी र जागिरे सबैलाई सास्ती खुवाए । हुँदाहुँदा यो लेख लेखिरहँदा यातायात व्यवसायी स्वयम्को बन्द रे । श्रावण २६ गतेको यो दिनमा यतिखेर सडक भाडाका गाडी विहीन छ । सडकमा सुधार ल्याउनका लागि ट्राफिक प्रहरीले चलाएका मापसे, सिवे लगायतका केही अभियान निक्कै सफल भएका छन् । सहरी सडक दर्ुघटनाको संख्या निक्कै घटेको छ । तर खै किन नपचेको हो यातायात व्यवसायीहरुलाई यो सुधार - लापरबाही र गल्तीका लागि तिर्नुपर्ने रकम लगायतका कुराको विरोध गर्दै सवारी साधन नै ठप्प पारेर के चाँही सावित गर्न खोजेका छन् कुन्नि - यसबाट त उनीहरुको सामाजिक, पेशागत सबै जिम्मेवारीबाट विमुख भएको मात्र देखिन्छ । समस्याको समाधानमा सरकार पनि उदासिन छ । सरकार आफैं आफ्नो जिम्मेवारीबाट चुकेको जस्तो देखिन्छ र अन्य पक्षहरुलाई पनि जिम्मेवार गराउन नसकेको स्पष्ट छ । यसरी निमुखा हामी जनता सधैं मर्कामै छौं । साढेको जुधाइमा बाछाको मिचाइ भने झैं हामी सधैं दोहोरो मर्कामा छौं ।
यतिखेर आफ्ना पाँच कार्यक्रमहरु - बाल शिक्षा, महिला सशक्तिकरण, सीप विकास, स्वास्थ्य तथा सवारी सचेतना- लाई मुख्य एजेण्डा बनाई अगाडि बढिरहेको लक्ष्मी प्रतिष्ठानले सवारी दर्ुघटना कम गराउन सकिने केही कार्यक्रमहरु तयार गरिरहेको छ । त्यसलाई असोज १ गतेभित्र र्सार्वजनिक गर्ने निर्ण्र्ाागरेको छ । यि कार्यक्रमहरुलाई सफल गर्न सकिएमा करिब ६० प्रतिशत दर्ुघटना कम गराउन सकिनेछ । यद्यपि यसका लागि इमान्दारी साथ कर्तव्यनिष्ठ भएर अगाडि बढ्नुपर्ने हुन्छ । लक्ष्मी प्रतिष्ठानको तर्फाट प्रतिज्ञा गर्नुपर्दा उल्लेखित सबै कुरा गर्न प्रतिष्ठान प्रतिबद्ध छ । किनभने सडक दर्ुघटनामा नै दर्ुइ जना जवान तथा अन्तरार्ष्र्ि्रय सम्मान समेत पाएका छोराहरु गुमाएर उनीहरुकै सम्झनामा यो संस्था स्थापना भएको हो । उनीहरुको विछोडले हामीलाई पुग्न गएको क्षति र पीडालाई कसैले झेल्नु नपरोस् भन्ने मान्यता राखी हामी काम गरिरहेका छौं ।
भोलि प्रतिष्ठानद्वारा सडक दर्ुघटना न्युनिकरणका लागि गरिने अभियानको योजना तुहीन सक्ने मुख्य आधार भनेको यसमा लगानी गर्नुपर्ने रकम नै हो । हामीलाई यतिखेर विश्वास छ कि नेपाल सरकार लगायत विभिन्न राष्ट्रिय, अन्तर्रर्ााट्रय संघसंस्थाहरु सबैले सघाउनु हुनेछ । अहिलेको सामाजिक राजनितिक माहौल प्रतिकुल भएर सफल हुन नसके पनि सन्तान हुने लाखौं नेपालीहरुसंग हामी हात थापी पुरा गर्नेछौं । उनीहरुले सय दिंदा हामीले लाख पाउनेछौं, हजार दिंदा करोड । अन्ततः हाम्रो सडक न्युनिकरण अभियान सफल हुनेछ । परिणाम- हजारौं मानिसहरुको जिउज्यानको सुरक्षा हुनेछ । आशा गरौं आगामी दिनमा हामीले अखबारको मुख्य पृष्ठ र विद्युतिय संचारका हेडलाइनमा दर्ुघटनाका खबर आउने छैनन् । हाम्रो यात्रा सडकमा सुरक्षित बनाउनका लागि तपाई हामी सबैको योगदान जरुरि छ । हामी नागरिक दायित्व र जिम्मेवारी पुरा गरौं, व्यवसायी र सरकारलाई पनि तिनीहरुको दायित्व निर्वाह गर्न झकझकाउँ ।



No comments:

Post a Comment