
- Jhon Ghotane Gurung
अक्सफोर्डबाट ग्राजुएट बेलायतकी एम्मा
ओबिच पछिल्लो १३ वर्षदेखि वेल्शहिलको जंगलमा माटोको झुपडीमा बस्दै आएकी
छिन् । उनको तत्काल शहर बसाई सर्ने कुनै योजना पनि छैन् ।५८ वषिर्या एमा आफ्नो गुजारा चलाउन खेती गर्छिन् र प्रकृतिको अध्ययन गरिरहेकी छिन् । सरकारसँग जमिनसम्वन्धी एक विवादपछि
उनी पहाडमा गएर बस्न थालेकी हुन् । उनी बस्ने स्थानमा न त कुनै ग्याजेट छ न विद्युत नै । जब उनको छोरा उनलाई भेट्न जान्छन्, मोबाइल र ल्यापटप नल्याउन भन्छिन ।उनको
झुपडीमा तीन बाख्रा छन् भने ७
वटा कुखुरा र ३ वटा घोडा पालेकी छिन् । उनी जंगलबाट दाउरा ल्याएर खाना पकाउँछिन् र नहरबाट पिउने पानी ल्याउँछिन् । एम्मा शहरभन्दा जंगलको जीवननै राम्रो भएको सुनाउँछिन् ।
o
o
o
o
o






No comments:
Post a Comment