Thursday, July 4, 2013

विश्वलाई चकित बनाउँदै आएको चीनले फेरी अर्को चमत्कार गरेको छ : समुन्द्रमाथी १० किलोमिटर लामो पुल

चीनले फेरी अर्को चमत्कार गरेको छ । चमत्कारको देश भनेर उपनाम दिए पनि फरक नपर्ने भइसकेको चीनलाई । हरेक अनौठो संरचनाको निर्माण गरेर विश्वलाई चकित बनाउँदै आएको चीनले फेरी विश्वलाई चकित पार्ने एउटा संरचनाको निर्माण गरेको छ । चीनले बनाएको नयाँ संरचना सामान्य संरचना भने
होइन ।

चीनले समुन्द्रमाथी नै पुल निर्माण गरेर सबैलाई चकित बनाएको हो । चीनले समुन्द्रमा माथी करिब १० किलोमिटर लामो पुल निर्माण गरेको छ त्यो पनि थोरै होइन ६ लेनको । चीणले हाङ्गझाओ बेमाथी उक्त पुल निर्माण गरेको हो भने उक्त पुललाई दुई वटा अग्ला टावरले धानेको छ । उक्त टावरहरू हावामा करिब ७ सय ५० फिटसम्मको उचाईमा रहेका छन् ।  यो पुल गत मे २८ देखी नै खओलिएको भएपनि यसलाइ पूर्ण रूपमा सोमबारबाट खुल्ला गरिएको छ । यो पुलमा सवारीसाधनहरू ६० माइल प्रतिघण्टाका दरले गुड्न सक्ने, मोटरसाइकल, कारहरू भने ४५ माइल प्रतिघण्टाका दरले गुड्न सक्ने बताइएको छ । पुलमा त्यो भन्दा बढी गतिमा कुनै पनि सवारी साधन चलाउन नपाइने बताइएको छ ।

No comments:

Post a Comment