Monday, January 13, 2014

नेपाल वृद्धाश्रम बन्दैछ - राजन कार्की

पुस २८ गतेको अन्नपर्ूण्ापोष्टमा खबर छापिएको छ - सुविधासम्पन्न वृद्धाश्रम निर्माण गर्न विराटनगर उपमहानगर र एनआरएन अस्ट्रेलियाबीच सहमति भएको छ । ३ करोडको लागतमा बन्ने यो वृद्धाश्रम 'आत्मनिर्भर बनाउने लक्ष्यसहितको वृद्धाश्रमका लागि एक करोड रुपैया“को अक्षयकोष पनि खडा गरिनेछ ।' एनआरएनले नेपालका बृद्धबृद्धाका लागि गाईपालन र तरकारीखेतीसहितको वृद्धाश्रम बनाइदिने भएछन् । समाचार सुखद् छ तर यो समाचारभित्रको यथार्थ सुखद छ - एनआरएन उपेन्द्र महतोले पशुपतिनाथ परिसरमा किरियापुत्री भवन बनाइदिए, के एनआरएनबाट नेपालले वृद्धाश्रम र किरियापुत्री भवनको अपेक्षा राखेको हो ? केही महिनाअघि विश्व वैंकले एउटा रिपोर्ट र्सार्वजनिक गरेको थियो । युवा तप्का रोजगारी र अवसरको खोजी गर्दै तीब्र गतिमा विदेश पलायन भइरहेका छन् । यही गति कायम रहने हो भने २० वर्षछि नेपाल बुढाबुढीको देश बन्नेछ । विश्व वैंकले र्सार्वजनिक गरेको यो डरलाग्दो भविष्यवाणी र दैनिक २ हजारभन्दा बढी युवायुवतीहरुको वैदेशिक रोजगारीमा जाने लामो लाम देख्दा लाग्छ, नेपाल बुढाबुढीको देश हुनका लागि
२० वर्षपनि कर्ुर्नु पर्दैन कि !
अहिले नै पहाड युवाविहीन भइसकेको छ । पहाडमा खेतीपाती हुन छाडेका छन् । पहाडमा लाशपर्दा मर्ूदा बोक्ने छोरामान्छे बटुल्न गाह्रो भइसकेको छ । हिमाल र तर्राईका अधिकांश युवाहरु विदेश जाने तैयारीमा जुटेका छन्, गइरहेका छन् । परराष्ट्र मन्त्रालयमा डबल दस्तुर तिरेर राहदानी बनाउने र पचहत्तरै जिल्लामा राहदानीका लागि फाराम भर्नेहरुको भीड थेगीनसक्नु देखिन्छ । परराष्ट्र मन्त्रालय माग अनुसारको पासपोर्ट जारी गर्न असक्षम भइरहेको छ । यसको अर्थ एउटै हुन्छ- युवायुवतीहरुले यो देशमा न अवसर देखेका छन्, न रोजगाारी । जसरी पनि विदेश जाने उनीहरुको एकमात्र सपना, जपना हुनथालेको छ । नीतिकारहरु, योजनाकारहरु, समाजशास्त्रीहरु, अधिकारकर्मीहरु, शासक-प्रशासकहरु युवा पलायनको यो टीठलाग्दो दृश्य हेरिरहेका छन् । किन युवा पलायन रोक्न र पलायन भएका युवाशक्तिलाई मुलुकमा फर्काउने कुनै योजना बनाइरहेका छैनन् - के देशका सबै जिम्मेवार बर्ग नेपाल राष्ट्रलाई बृद्धाश्रम नै बनाउन तम्सेका हुन् त -
युवाहरु प्रत्येक दिन बैधानिक र अवैधानिक रुपमा विदेश गइरहेका छन् । प्रत्येक दिन एयरपोर्टमा कतिपय दर्ुभागीहरुको शब पनि आइरहेको छ । रेमिटान्समा दङ्ग परेको राज्य युवापलायनको दूरगामी असर र कतिपयका लाश आउने क्रमले छिन्नभिन्न भएको परिवारजनको कुनै चिन्ता गरिरहेको छैन । रेमिटान्सले कुनै देशमा विकासको मूल फुटेको इतिहास छैन । रेमिटान्सले आर्थिक मेरुदण्ड दह्रो बनेको इतिहास पनि छैन । यही थाहा पायो दक्षिण कोरियाले र विदेशीएका युवाजमातलाई देश फर्कायो, तिनले सिकेका सीप र सामर्थको सदुपयोग गर्‍यो र तीन दशकमै दक्षिण कोरिया आज आधुनिक मजबुत अर्थतन्त्रको दावेदार बनेको छ । हामी विश्वप्रगतिको इतिहासबाट केही सिकिरहेका छेनौं । आफ्नै इतिहासलाई पनि हम्मर प्रहार गरिरहेका छौं । यसैपत्रिकाका सम्पादक गुणराज लुइटेलले पुस २८ कै अंकमा कार्लोसको यसरी सम्झना गरेका छन्- 'जुन देशमा स्मृति हु“दैन, त्यो देशको इतिहास पनि हु“दैन ।' सायद स्वाधीनता र एकताको इतिहास भएका हामी बिस्मृतिमा छौं र इतिहासविहीन बन्दैछौं । दर्ुभाग्यको कृष्णभीरको पहिरो निम्त्याइरहेछौं । नचाहिने कुरा विदेशबाट नक्कल गर्ने हामी, चाहिने कुराको अनुकरण गर्न सकिरहेका छैनौं ।
दर्ुभाग्य हो, युवायुवतीहरु अवसर र रोजगारीका लागि विदेशीनु । किन युवाशक्तिले स्वदेशमै गरिखान पाएन - किन युवाशक्ति यसरी ििनराश भएर विदेशीदै छ - यो वर्तमान नेपाल हा“क्ने सारथीहरुका सामु तर्ेर्सिएको अहं सवाल हो । छिटोभन्दा छिटो युवाशक्तिको गरिमा, महत्व र महिमा वर्तमान लोकतान्त्रिक भन्न रुचाउने नेतृत्व पुस्ताले बुझ्न जरुरी छ । अन्यथा, नेपाल राष्ट्र विश्व वैंकले प्रक्षेपण गरेको दर्ुभाग्यबाट बच्न सक्ने देखिदैन । श्री ५ वीरेन्द्रले भनेका थिए- 'सिद्धान्तप्रति आस्थावान देशभक्त, प्रजातन्त्रप्रति निष्ठावान पार्टर्ीीब निर्माण हुन्छ, तब राज्यले निकास पाउ“छ ।' दरवार हत्याकाण्डको १२ वर्षछि पनि पार्टर्ीी परिपक्व हुन सकेनन्, अन्यौलको तुवा“लो घट्न सकेन । योभन्दा बिडम्बना अरु के हुनसक्छ -
यही बिडम्बनाको द्योतक हो, एनआरएनले विराटनगर उपमहानगरमा ३ करोडको लागतमा बनाइदिने वृद्धाश्रम । युवायुवती विदेशीने र एनआरएन बन्ने । अनि केही दानदातव्य दिएर नेपालमा वृद्धाश्रम बनाइदिने । के सन्तानको धर्म भनेको अभिभावक मातापितालाई वृद्धाश्रममा राख्नु मात्र हो - के यसैका लागि आमाबाबु सन्तानसुखको आराधना गर्छन् - दिनको चैन र रातको निन्द्रा त्याग्छन् र आफ्ना सुखसुविधा सन्तानका लागि न्यौछावर गर्दै सन्तानसुखको आराधना गर्छन् - सन्तानलाई हर्ुकाउ“छन्, बढाउ“छन्, पढाउ“छन् र सक्षम बनाउने प्रयत्न गर्छन् - तिनै सन्तान एनआरएन बन्छन् र ठूलै काम गरेझैं गरेर नेपालमा आमाबाबुका लागि वृद्धाश्रम बनाएर अमर हुन खोज्छन् - एनआरएन कतै मातापिताका लागि सराप त बनिरहेका छैनन् - अन्यथा मातापिताले जीवनको उत्तर्रार्द्धमा आफ्ना सन्तानका साथ बस्न, खुसी हुन र खुसीसाथ मर्न किन नपाउने - वृद्धवृद्धाको सेवा वृद्धाश्रम बनाएर हुन्छ कि तिनको प्रत्यक्ष सेवा गरेर - मातापिताको कुन अपराधको दण्ड हो यो बृद्धाश्रम - यद्यपि स्वदेशमै बसेका कतिपय सक्षम सन्तानहरु आमाबाबुलाई वृद्धाश्रममा राखेर सम्भ्रान्त जीवन बिताउने पनि छन् । तिनीहरु घृणाका पात्र हुन् ।
उपेन्द्र महतो एनआरएनका अगुवा हुन् । जिवा लामिछाने हु“दै अहिले शेष घले एनआरएन नेता बनेका छन् । सुरुदेखि अहिलेसम्मका एनआरएनको प्राथमिकतामा विदेशीएका ६० लाख युवाहरुलाई स्वदेशतिर आकषिर्त गर्ने कुनै कार्यक्रम छैन । एनआरएनको पहिलो प्राथमिकता दोहोरो नागरिकता र सानिमा वैंक, ५ अर्व लगानी गरेर विद्युत निकाल्ने र कमाएको सम्पत्ति विदेश लाने रेमिटान्स सुविधातिरमात्र आकषिर्त देखिन्छ । के एनआरएन भनेको विदेशमा कमाएको केही रकम स्कूलहरुमा, अन्धअपाङ्ग, कमजोर बर्गमा दानदातव्य दिएरमात्र पूरा हुनसक्छ - भन्नलाई एनआरएनको नारा छ- 'नेपालीका लागि नेपाली, समृद्ध नेपाल' । युवा विदेशीने क्रम बढ्दो छ र नेपाल युवाशक्तिविहीन बन्दैछ । कुनै अवधारणा छैन नेपालमा युवापरिचालनको एनआरएनस“ग अनि कसरी बन्छ- 'नेपालीका लागि नेपालीः समृद्ध नेपाल' - हो विदेश पुगेका युवाहरु केहीले राम्रै सम्पत्ति कमाएका छन् । केहीले राम्रै काम पनि गरिरहेका छन् । आधुनिक शिक्षा, सीप, तालिम पनि प्राप्त गरेका छन् । आधुनिक विज्ञान राष्ट्रनिर्माणमा अपरिहार्य छ । तर, नेपाली युवाजमात आधुनिक विज्ञान र सभ्यता त सिके, तर त्यो शिक्षा नेपालका लागि काममा आउन सकेको छैन । मुलुकको मुहार परिवर्तन, सोचदेखि उद्यम नविकरणका लागि विदेशीएका युवाको नेपालमा आवश्यकता छ, उनीहरु र्फकन चाहिरहेका छैनन् । २० देखि ४० वर्षम्मका युवाहरुलाई स्वदेश र्फकन उत्साहित गर्ने योजना आजको टड्कारो खा“चो हो । अपार प्राकृतिक स्रोत र सीपयुक्त बौद्धिक स्रोत नभए राजनीतिक खिया लागेर देशको अर्थ र औचित्यले खुट्टा टेक्न सक्दैन । कतिपय युवाहरु निश्चित समयमा र्फकन्छु भनेर बाचा गरेर गएका हुन्छन्, जब उनीहरु एनआरएन बन्छन्, बाचा बिर्सन्छन् र र्फकन चाह“दैनन् । नेपाल उनीहरुका लागि पर्यटन स्थल बन्नपुग्छ । यो ठूलो समस्या हो । यो समस्याको जड भनेको सत्तास्वार्थी राजनीतिक थाङ्ने परम्परा पनि हो । यही परम्पराले युवापुस्ताको का“धमा जिम्मेवारी दिनसकेन, अवसर र रोजगारी सिर्जनामाथि बलात्कार गरिरहृयो । अपमानित युवापुस्ता जुध्न भन्दा पलायन हुन सजिलो ठानिरहेको छ । अव युवाहरुमा परिवर्तन आउनर्ुपर्छ, अन्यथा देशको भविष्यसमेत वर्तमान एनआरएनको सोचजस्तै पलायनवादी हुनपुग्नेछ ।
यहा“नेर बिर्सनै नसकिने पक्ष पनि छ । त्यो हो केही युवाहरु फर्केका छन् र स्वरोजगारतिर लागेका छन् । यी बलियो आत्मनिर्ण्र्ााा साथ फर्केकाले यिनीहरु धन्यवादका पात्र छन् । यस्ता युवाहरुलाई गोठमा भेट्न सकिन्छ, खेती गर्दै देखिन सकिन्छ, अन्य उद्यम, व्यवसायमा पनि हर्ेन सकिन्छ । अव विदेशमा केही सिकिसकेका युवाहरुलाई स्वदेश फर्काउने योजना जरुरी भइसक्यो ।
जति पाके पनि तीतोफल तीतै रहन्छ भनेका छन् कौटिल्यले । विवेकानन्दले 'हाम्रो जीवन लिनका लागि होइन, दिनका लािग हो' भने । के एनआरएन -गैरआवाशीय नेपाली)ले जन्मभूमि र मातापितालाई वृद्धाश्रममात्रै हो त दिने - हेनरी क्लेले भनेका छन्- म ठूलोभन्दा पनि ठीक मानिस हुन चाहन्छु । क्लेको यो कसीमा आफू विदेशमा बसेर नेपालमा वृद्धाश्रम बनाइदिने एनआरएन कति खरो उत्रियो भनेर ठान्नू !


1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete