Monday, February 24, 2014

सिंगापुर, ताइवान, कोरिया पद्धति' अपनाउने कि ?




Displaying rajank--.jpg

- राजन कार्की
नया“ ऋतु आउ“छ, नया“ पात पलाउ“छन् र वृक्ष फुल्छ, फल्छ र ढकमक्क देखिन्छ, छहारी दिन सक्षम हुन्छ । घडीको र्सर्ुइ अग्रगामी सूचक हुन्, यही हो प्रकृति र परिवर्तन । नेपाली राजनीतिमा परिवर्तन त आयो तर यो परिवर्तन युवाशक्ति र आम जनताको मुहारमा पीडामात्र भएर छायो । परिवर्तनको वसन्तपर्व राजनीतिक दलहरुको बन्धकमा पर्‍यो, साझा बहार बन्न सकेन ।  मान्छे विवेकशील भएकाले ऊ हरदम केही नया“ खोज्छ, केही नया“ गर्छ । प्रत्येक नागरिकमा देखिने परिवर्तनको भाव, उसले गर्ने उद्दम, उसभित्रको शीप र कौशलले जब निखारिने अवसर पाउ“छ तव मुलुक सुशासन, समृद्धशाली भएर परिवर्तित हु“दै जान्छ । नेपाल र नेपालीका सर्न्दर्भलाई परिवर्तनको कसीमा घोट्दा भ्रष्टाचारको दलदलभन्दा केही देखिन्न । परिवर्तन सुन हुनसकेन, पित्तल बन्यो । किन हामी त्यो अमानवीय भ्रष्टाचारबाट निस्किन सकेनौं, त्यही दलदलमा झन झन भासिदै गएका छौं, यो वर्तमान कालखण्डको यक्ष प्रश्न हो । यो सवालको जवाफ खोज्ने जिम्मेवारी हामी नागरिककै हो ।  किनभने पुरानो पुस्ताले सकेन, नया“ पुस्ता अघि सरेन । युवाहरुलाई उठ्नै दिइएन । युवा हुन् परिवर्तनका बाहक, सुशासन र निर्माणका साधक । नेपालका सर्न्दर्भमा जति पनि राजनीतिक परिवर्तन भएका छन्, युवाको हौसलाका प्रतीक हुन् । तर, त्यो परिवर्तनलाई युवाले चाहेजसरी उपयोग गर्न रोकियो, बुढो पुस्ता बाधक बनिदियो । निराश युवा पुस्ताले बुढो पुस्तालाई उछिन्ने साहस र आ“ट देखाएन, उसको मर्यादाले दिएन । अनेक कारणले युवापुस्ता विदेशी धर्तीतिर आकषिर्त भएको लामो समय भइसक्यो । जसरी पनि विदेश जाने, सके युरोप-अमेरिका छिर्ने, नसके खाडी मुलुक वा भारतमै भए पनि
पलायन हुने प्रवृत्ति ह्वात्तै बढेको छ । विदेश छिर्न सके अवसर पाइन्थ्यो, रोजगारी मिल्थ्यो, भविष्य बन्थ्यो, जहानबच्चा, पितामाताको हेरविचार गर्न सकिन्थ्यो भन्ने विश्वासले घर गरेको छ युवा मानसिकतामा । बीसमा उनाइस युवालाई सोध्नोस्, यो देशमा केही छैन, केही हुन्न, अवसर पाइन्न, गरिखान दिइन्न भनेर धकै नमानी नैराश्यता प्रकट गर्छ । युवाजमातको विदेश पलायन हुने यो झिल्को यतिखेर डढेलो बनिसकेको छ । गाउ“ गाउ“ युवाविहीन हुन थालिसकेको छ । थामिनसक्नु, झेलिनसक्नु, सुधारिनसक्नुको यो युवा पलायनको महामारीको जिम्मेवार को - मुलुकलाइ यसरी खोक्रो पार्ने नेतृत्व कुन अग्रगमनको, कुन देशभक्तिको, कुन निर्माण र प्रगतिको कुरा गरिरहेको छ - यस्तो तन्नम र तुहिएको राजनीति कहिले पार लाग्ला - कसरी मुलुकको तारणहार बन्ला -
हिजो जनयुद्धका नाममा छलयुद्ध -विदेशी संरक्षणमा लुकेर र ढुकेर हान्ने) गर्नेहरुको अनुहार कति देशभक्तिपर्ूण्ा रहेछ, दर्ुइवर्षअघि नै अलजजिरा टिभीबाट भारतका विदेशमन्त्रीले -हालका राष्ट्रपति प्रणव मुखर्जी) प्रष्ट पारिदिएका थिए भने आज त्यही पार्टर्ीीत्रबाट 'र'स“गको उठबस के हो - भनेर प्रश्न उठिरहेबाट र्छलङ्ग भइसकेको छ । यिनै हुन् नेपाललाई उत्तर वा दक्षिणतिर मर्ज हुनसक्छ भनेर अस्तित्वको नया“ त्रासदी खडा गर्नेहरु । समाजवाद र जनवादको बिडा उठाउनेहरुको कूशासन र अवसरवाद पनि देखिएकै हो । तिनै द्रव्यपिचास र असूर प्रवृत्ति बोकेकाहरु आफूलाई परिवर्तनकारी ठान्छन्, पटक पटक सत्ता र शक्तिमा पुग्छन् र भ्रष्टाचारमात्र गर्छन् । अर्जुनदृष्टिका चाखलाग्दा भाषण गर्छन् र दुशासन व्यवहार देखाइरहेका छन् । यिनले राज्यका संयन्त्रहरु, सुरक्षा निकायमा यसरी राजनीतिक भ्रष्टाचारीकरणको बिउ छरेका छन् कि ती बीउ विष वृक्ष बनेर मुलुकलाई असफल राष्ट्रको कोटीमा पुर्‍याइसकेका छन् । वर्तमानमा नेपाल भनेको भ्रष्टाचारी, दण्डहीन, आपराधिक मुलुक बन्न पुगेको छ ।
स्याउ“स्याउ“ भ्रष्टाचार सलबलाएका छन् । कहा“ छैन भ्रष्टाचार - गाविसदेखि जिविससम्म, निर्वाचनदेखि संविधानसभासम्म, प्रजिअदेखि मन्त्रालयसम्म, कार्यकर्तादेखि नेतासम्म, नून, तेल, पानीदेखि औषधिसम्म जहा“ हेरे पनि भ्रष्टाचारै भ्रष्टाचार । उद्यम, व्यापार, आयात, निर्यात, उत्पादन, बिक्री जता पनि भ्रष्टाचार । परीक्षा, नतिजा, नियुक्ती, सरुवा, बढुवामा पनि भ्रष्टाचार । न्याय र कानुन, सुरक्षा र शान्तिका नाममा समेत भ्रष्टाचार व्याप्त छ । गरिवी निवारण कोषमा लूट छ, कतै खातैखात कतै पर्ुर्पुरोमा हात छ । भ्रष्टाचारको धुलोले शासन, सत्तालाई प्रदूषणयुक्त बनाइदिएको छ । भ्रष्टाचारले आपराधिकरण बढाइरहेको छ र अपराधीहरुका लागि राजनीतिक नेता र पार्टर्ीीोखिने बाइसधारा बनेका छन् । संविधानसभाको जनप्रतिनिधित्व गर्ने सभासद्को किनबेचको भ्रष्टाचारिकरणले संविधानसभालाई कलकित पारिदिएको छ । यस्ता सभासद् रहेको संविधानसभाले निर्माण गर्ने संविधान र कानुन कति न्यायसंगत, पवित्र र र्सवमान्य दस्तावेज बन्ल, सहज रुपमा आशंका उठ्छ ।
यो खुला भ्रष्टाचारमय रमिता हर्ेन सकेन युवाले, हतासियो र विदेशतिर बतासियोे युवा मन । भ्रष्टाचारको जालो चिर्ने र च्यात्नुपर्ने युवाले हो । युवा हार खाएर देशबाहिर भाग्दैछन् । जो स्वदेशमा छन् उनीहरु बूढो पुस्ताको बसमा छन्, चक्रव्यूहमा छन् र नेतृत्व तहमा पुग्न सकिरहेका देखिदैनन् । सुशील, प्रचण्ड, झलनाथ अथवा माधव नेपालहरु युवालाई मुलुकको नेतृत्व सुम्पन तैयार छैनन । आज पनि युवा भनेका उनीहरुका औजार हुन्, जो सत्ता र शक्ति प्राप्तिका लागि हुलदंगामा प्रयोग हुने निर्जिव इटा, ढुंगाभन्दा भिन्न देखिन्नन् । जब युवाको यतिबिघ्न अपमान हुन्छ, तिनका सपनाको बलात्कार हुन्छ, त्यो मुलुकले सुशासनको मुख हर्ेन पाएन भनेर के दुःखमनाउ गर्नु - युवा अग्रसर नभएसम्म मुलुक र मुलुकबासीको यस्तो दर्ुदसा कति देखिन्छ, देखिन्छ । विचारलाई बाहुबलले निचोरेपछि देशले यस्तै महगो मूल्य चुकाउनु पर्छ ।
लक्ष्य र सिद्धान्तहीन राजनीति, भ्रष्ट नेता, नैतिकहीन अधिकारकर्मी र बुद्धिजीवी, भरौटे प्रशासन, झोले कार्यकर्ताले भरिपर्ूण्ा मुलुक भएको छ नेपाल । यहा“ शुद्धताको, समानताको, सौर्यको कुरा गर्नु बेकार छ । सबै भ्रष्टाचारका प्रतीक बनेका छन् र त्यही मेलामा रमाइरहेका छन् सुरक्षा निकाय पनि । भ्रष्टाचारमाथि हस्तक्षेप गर्न कोही तैयार छैन । नेपाल बिमार छ, बिमारीको कुनै ओखती देखिदैन । नियन्त्रण नहु“दा सन्तुलन बिग्रिएको छ । ओखती हो युवा जसले नेतृत्व पायो भने भ्रष्टाचार, आपराधिकरणको जालो फाड्न सक्छ तर प्रचूर सम्भाबना बोकेको युवा जमातलाई नेतृत्व दिने र तिनीहरु भित्रको देशभक्ति जगाइदिने कोही भएन । खरावहरुको बीचबाट कम खरावलाई छान्दै भर्खर संवधानसभाको निर्वाचन सम्पन्न त भयो तर सपथ नखा“दै, बैठक नबस्दै यति धेरै बिकृति र बिसंगति देखिइसक्यो कि सगर थाम्ने मै हु“ भन्ने हुटिट्याउ“जस्तो चाला यिनले देखाउन थालिसकेका छन् । संविधानसभालाई सर्वौषधि ठानेर संविधानसभाकै दोस्रो निर्वाचन किन गर्नुपर्‍यो - यो प्रश्नको गहनता र महत्व पार्टर्ीीले नबुझेर सत्तातिर र्सर्ूयमुखी बनेको देख्दा यिनीहरु फेरि चिलौनेको ठुटो साबित हुने त होइनन् - आशंका बढ्न थालेको छ ।
खरावी प्रणालीमा थिएन, पद्धतिमा पनि छैन । लोकतन्त्र अ“गालेका मुलुकहरु यही पद्धतिलाई राजमार्ग बनाएर समानता र सम्पन्नताको शिखरमा आरोहण गरिरहेका छन् । त्यसैले निकास युवामा खोज्नर्ुपर्छ । मानव निकासी गरेर कुनै मुलुक पनि सम्पन्न भएको छैन । युवा पलायन भएका मुलुक अस्तित्वरक्षाका लागि जुधिरहेका छन् । विदेशपरस्त नेता भएका धेरै मुलुकले अस्तित्व गुमाइसकेको छ । नेपालको अस्तित्वरक्षा गर्ने, नेपालीत्व बचाउने र सुशासन स्थापित गर्ने हो भने जसरी सिंगापुर र ताइवानले युवा परिचालनको ऐतिहासिक निर्ण्र्ाालिएका थिए, त्यसै गरेर नेपालले पनि यौटा साहसिक निर्ण्र्ाालिनेबेला भयो । त्यो साहसिक निर्ण्र्ााा लागि मुलुकप्रति सबै तह र तप्काका जिम्मेवार नागरिकहरुले दबाब सिर्जना गर्नुपर्छ । देशले थप बिध्वंश सहन गर्ने क्षमता गुमाउ“दै गइसक्यो ।
'सिंगापुर पद्धति' भनेको भ्रष्टाचारले क्षतबिक्षत भइसकेको सिंगापुरमा सुशासनको पुनर्ःजन्म हो । सिंगापुर जब भ्रष्टाचारको दलदलमा भासिएको थियो, एकाएक इमानदार, योग्य र क्षमतावान युवाहरुलाई सरकारी सेवामा आकषिर्त गरियो र विद्यमान कर्मचारीहरुलाई धेरै तलवभत्ता बढाइयो । जव सरकारी कार्यालयमा युवाको प्रवेश भयो, भ्रष्टाचार यसरी ठप्प भयो कि सेवाग्राही आम जनताले सेवा पाउनथाले, जसको जगमा आजको एसियाको युरोप बन्न सफल भयो सिंगापुर । यस्तै हालत थियो ताइवानको । राजनीतिक अराजकताले अस्थिरता र आपराधिकरण व्याप्त भयो । के गर्ने, के नगर्ने भन्ने स्थितिमा एकाएक प्रिन्स्टन विश्वविद्यालयका स्नातक, विद्यावारिधि गरेका विद्यार्थीहरुलाई राजनीतिक र आर्थिक सल्लाहकारमा नियुक्त गरियो । कतिपय कर्मचारी, नीतिकार र योजनाकार बने । युवाले बनाएको नीतिका कार्यान्वयनकर्ता युवा नै भए । फलतः ताइवान सम्पन्नता र प्रगतिको उकालो उक्लन सफल भयो । दक्षिण कोरियाको सम्पन्नताको इतिहास पनि त्यस्तै छ । युवा र बिगहाउसहरु विदेश पलायन भए । कोरियाले ती सबैलाई स्वदेश र्फकन आकषिर्त गर्‍यो र विदेशमा सिकेका सिपलाई स्वदेशमै उपयोग गर्नसकिने उपयुक्त वातावरण बनाइदियो । फलत आज दक्षिण कोरिया उद्यम, उत्पादन र निर्यातको शिखरमा पुगेको छ ।
नेपालमा उर्जाशील, उद्यमी, नैतिकवान र इमानदार युवाहरु जति पनि छन् । अवसर पाए पलायन भएका युवाहरु स्वदेश र्फकन तैयार छन् । किन नेपालले 'सिंगापुर, ताइवान, कोरिया पद्धति' नअपनाउने - जब युवाहरु आफ्नै देशप्रति आकषिर्त हुनेछन्, तव सुशासनको झल्का देखिन थाल्छ र अराजकता निर्माणशक्ति बन्न बाध्य हुनेछ । आजका युवा देश निर्माणमा लाग्दा आगामी पुस्ताले वर्तमान पुस्ताले झैं  आफ्नो स्वाभिमानमाथि बलात्कार भएको पीडा खेप्नु र खप्नुपर्ने छैन । यही हो भावी नेपालको सशक्तिकरण, सुरक्षाको प्रत्याभूति । युवालाई देशभित्रैका क्षमताअनुसारका कर्ममा क्रियाशील बनाएर किन निर्माण र नविकरण नगर्ने - आज देशलाई युवाको खा“चो छ, युवा छन् तर खा“चो पर्ूर्ति गर्न गराउन युवाका पक्षमा कोही बोलिरहेका छैनन् । युवाले पनि पलायन हुन सजिलो ठानेर आत्मकेन्द्रीत हुनुभन्दा आफ्नै भूमिमा टेकेर केही गर्न कम्मर कस्नु जरुरी छ । यसैमा देशको अस्तित्व सुरक्षित हुनेछ ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete