Monday, February 24, 2014

पोलेण्डको म्यूजियममा 'नेपाली मन्दिरको घण्ट'


- डा.विनिता Displaying poland-musium.jpg

प्ाोलेण्डको म्यूजियममा नेपाली मन्दिरमा झुण्ड्याइने घण्ट देखेर फर्केका एक विद्यार्थीले गौरव गरेको देख्दा कसरी पुग्योहोला पर्ूर्वीय नेपाली कलाकृति, संस्कृति र संस्कार पश्चिमी ध्रुव पोलेण्डमा - प्रत्येक नेपालीका लागि यो बडो उत्सुकतापर्ूण्ा प्रश्न हो ।  सन ७० को दशकमा नेपालमा कार्यवाहक राजदूत रहेछन् ः आन्द्रेज ओवाजर्जेनिक । उनी तर्राई पुगेर बिडी पिउन थाले, प्रत्येक हस्तकला उद्योगहरुमा पुगेर कलाकर्मीस“ग भेट्न थाले । मन्दिरहरु घुम्न थाले, टु“डालमा अंकित पुरातत्वहरु नियाल्न थाले । उनी राजदूतभन्दा पनि कलाप्रेमी र सामाजिक प्राणी बढी रहेछन्, जो नेपाली समाजमा भिज्न थाले । यिनले चित्ताकर्ष नेपाली कला, कौसल देखेर आफूलाई रोक्न सकेनन् र आफ्नो सरकारस“ग इजाजत लिएर नेपालबाट 'घण्ट' किनेर पोलेण्ड पठाए । १९७३ मा पोलेण्ड, वार्सर्ाा स्थापना गरिएको एसिया प्यासिफिक म्यूजियममा त्यो नेपाली घण्टलाई सम्मानका साथ पर््रदर्शनमा राखिएको छ । यथार्थमा त्यो मन्दिरको घण्ट
त्यतिबेलै स्थापना गरिएको नेपाल-पोलेण्ड प|mाइण्डसिप एसोसियसन -१९७५) को चिनो र दुबै मुलुकवीचको सम्बन्धको साक्षी प्रमाणको सफल वकालत गरिरहेको छ ।

नेपाली इतिहास, कला र संस्कृतिको प्रतिनिधित्वका रुपमा घण्ट पोलेण्ड पुग्यो । नेपाली समाजमा भिजेका कार्यवाहक राजदूत फर्किसकेका थिए । उनले घण्ट प्रतिस्थापना गर्न ब्राम्हण चाहिन्छ भन्ने कुरा राखेपछि पोलेण्डमा नेपाली ब्राम्हण कसरी खोज्ने - समस्या भएछ । त्यतिबेला नै पोलेण्ड भ्रमणमा पुगेका टेल्रि्राफ साप्ताहिकका सम्पादक नरेन्द्रप्रसाद उपाध्यायलाई पोलेण्ड सरकारको तर्फाट घण्टको प्राण प्रतिष्ठा गरेर स्थापित गर्न अनुरोध गरियो । नरेन्द्रप्रसाद उपाध्याय, जातले बाहुन हुन् तर कर्मकाण्डी बाहुन थिएनन् । फिजिक्स, केमेष्ट्री साइन्स पढेका र टेल्रि्राफ अंग्रेजी पत्रिका प्रकाशित गरिरहेका नरेन्द्रले युरोपमा नेपाली हुनुको गौरव, नेपाली कलाकारिता र संस्कृतिको जग हाल्न किन चुक्थे । उनले राजदूतको जुक्तिको मनमनै प्रशंसा गरे र नेपाली घण्ट पोलेण्डको म्यूजियममा राख्ने समारोह उद्घाटन गर्न पुगे ।
के गर्ने नरेन्द्र फसादमा परेछन् । किनकि उनलाई मर्ूर्तिपूजनबिधि र मन्त्र नै आउ“दैन थियो । उनले पनि चलाखी गरेर मन्त्रमा सबैभन्दा पवित्र मन्त्र, महाभारतमा श्रीकृष्णले शिवजीको आहृवान गर्दा पढेको गायत्री मन्त्र पढ्न थालेछन्- ç भर्ूर्भूवस्वहः तत्सः बितर्ुबरण्यम् भर्गो देवस्य धिमहि धियो योनहः प्रचोदयात् । यही मन्त्र उनले पटक पटक भाषा हालेर दोहोर्‍याएछन् । यसरी नेपाली घण्ट पोलेण्डको म्यूजियममा प्रतिस्थापित हुनपुग्यो । त्यही दिन वार्सर्ााटभीले ४५ मिनेट लामो घण्ट उद्घाटनको रिपोर्टिङ्ग गरेको थियो र रिपोर्टरले नरेन्द्रप्रसाद उपाध्यायलाई प्रश्न गरेको थियो- तिमीहरु घण्ट किन बजाउ“छौं - चट्याङ्ग परेजस्तो प्रश्नले नरेन्द्रलाई छिनभर बिचलित पार्‍यो र उनले सम्हालिएर जवाफ दिएका थिए- भगवानलाई खबर गर्ने माध्यम हो घण्ट । हामी त्रि्रो आराधना, उपासना, आरती गर्न लागेका छौं, हामीस“ग प्रसन्न हुनोस् भन्ने अनुग्रह हो घण्ट बजाउनु । अधिकांशतः क्राइस्ट मान्ने पोलेण्डवासर्ीर् इश्वरप्रतिको पर्ूर्वीय आस्था र विश्वास देखेर आर्श्चर्यमिश्रति दङ्ग परेका थिए । पोलेण्डमा स्थापित त्यो घण्टले नेपाली संस्कार, संष्कृति, राष्ट्रियताको प्रतिनिधित्व आज पनि गरिरहेको छ, संसार रहेसम्म गरिरहनेछ । कुनै पनि सम्पादकले र्सर्रर...संष्कृतिको मन्त्रवाचन गरेर विदेशी धर्तीमा यसरी नेपाली कला, संष्कृतिको सदाबहार पर््रदर्शनमा उद्घाटन, प्रतिस्थापन गरेको यो पहिलो र ऐतिहासिक अवसर हो ।
आजकल पत्रकारिता परोपकारी हुनपर्छ, पत्रिका समाचारमूलक, सन्देशमूलक हुनर्ुपर्छ, विश्लेषणात्मक हुनर्ुपर्छ भन्ने सवाल उठ्न थालेका छन् । पत्रकारिता जनताप्रति जिम्मेवार, राष्ट्रमुखी हुनर्ुपर्छ कि पर्दैन - कला, संस्कार, संस्कृति, इतिहासमुखी हुनपर्छ कि पर्दैन - देशको सिमानामुखी, नेपाली पहिचानमुखी, नेपालीत्वको संरक्षकमुखी हुनर्ुपर्छ कि पर्दैन - यी प्रश्नले किन महत्व पाइरहेका छैनन् - यसबारे कोही केही लेख्दैनन्, समाजभित्रबाट कुनै आहट र आवाज सुनिन्न । किन -
माफिया, तस्कर, अपराधी, ब्ल्याकमेलिङ्, विदेशीको सुराकीमुखी सिङ्, जुरो उम्रेका टाइकुन पत्रकारिता दिनदिनै संगठित र सम्भ्रान्त बन्दै गएका छन् । सञ्चारका माध्यमहरु समाजमुखी, जनमुखीभन्दा बढी 'आकाशवाणी र पश्चिमावाणी'मा लिप्त भएर मान्छेको, धर्मको, संष्कारको नग्नता बेच्ने र नगद आर्जन गर्ने मेसिन बन्दै गएका छन् । हो, यही कारण उनीहरु प्रभावशाली छन् तर त्यो प्रभाव बाहृय अतिक्रमणविरुद्ध आन्तरिक सुशासनको पक्षमा प्रतिभावान पटक्कै देखिन्न । मुख्य सवाल यी हुन् र यी सबालमा सञ्चारको बहुमुखी प्रतिभाशाली ज्रि्रो तालुमा टा“सिए सरह छ ।
मुलुक संक्रमणमा छ, संक्रमणको बादल फार्न र समानुपातिकताको संस्कार बसाल्न, लोकतन्त्रलाई संस्थागत गर्न सञ्चारको महत्व आ“की साध्ये छैन । त्यो जिम्मेवारीमा संकल्परत पत्रकारिता र पत्रकारहरु दिनदिनै कमजोर बन्दै गएका छन् । देश बोक्ने नरेन्द्रप्रसाद उपाध्याय र उनले वर्षो ५० हप्ता प्रकाशित गर्ने टेल्रि्राफ साप्ताहिकको हालत ख्याउटे भएर खिइदै गइरहेको छ । यो पत्रिका ख्याउटे भएको होइन, नीतिनिर्माताहरुको दृष्टि रतन्धो भएको र सोचको दीनहीनताको प्रमाण हो । यो साना लगानीका राष्ट्रवादी प्रतिनिधित्व गर्ने सञ्चारको दयनीय तस्वीर मात्र होइन, देश कता गइरहेछ भन्ने घटना पनि हो ।
हालै नेपाल प्रेस काउन्सिलका अध्यक्षले ९ जना पत्रकारस“ग अन्तरक्रिया गर्न चाहे । हामी पुग्यौं र भन्यौं- प्रेस काउन्सिललाई स्वच्छ र स्वस्थ राख्न सोच र क्रियाकलापमा आधुनिकरण हुनुपर्‍यो । कुनै प्रकारको बिभेद, निषेध र पर्ूवाग्रही हुनुभएन । प्रेस काउन्सिलका अध्यक्ष बरिष्ठ अधिबक्ता बोर्ण्र्ााादुर कार्की छन् । उनले भने बर्गीकरणमा बिभेद भएको छैन, कुनै प्रकारको बिभेद रहन्न, सुधारका लागि तपाईहरुको सुझाव लिन निम्त्याएको हु“ । सञ्जोगले ३ दशक पत्रकारिताको अनुभव भएका टेल्रि्राफ साप्ताहिकका सम्पादक नरेन्द्रप्रसाद उपाध्याय पनि निम्त्याइएका थिए । उनले प्वाक्क भनिहाले- हामीले जीवनभरि पत्रकारिता गर्‍यौं, हामीले देश सेवा गर्‍यौं । सक्नुहुन्छ भने हाम्रो सम्मान गर्नोस्, सक्नुहुन्न भने अपमानचाहिं नगर्नोस् । पत्रकारिताबाट सन्तुष्ट नरेन्द्रप्रसाद उपाध्यायको मुहारमा राज्यबाट भेद र अपमानित हुनुपरेकोमा असन्तोष प्रष्ट देखिन्थ्यो । हुन पनि तभभिनचबउजलभउब।अिom संसारका सातै महादेशमा पढिन्छ, यसका पाठक कति छन् कति - जहा“ इन्टरनेट छ, त्यहा“ टेल्रि्राफ छ । यो कम्युटर सत्य, कुनै पार्टर्ीीे चस्मा लगाएर नया“ सडकमा खोजेर देख्न सकिन्न । राजनीति र कूटनीतिक बृत्तमा समेत प्रभावशाली मानिन्छ टेल्रि्राफ साप्ताहिक । तर, प्रेस काउन्सिल पटक पटक अपमान गर्छ र अव मान दिन खोजेको बताउ“छ । धेरै महिना भएकै छैन, बार काउन्सिलले -न्याय परिषद) अधिवक्ता बोर्ण्र्ााादुर कार्कीलाई बरिष्ठ अधिबक्ताको सम्मान दिएको । मेडिकल काउन्सिलले परिक्षा लिन्छ र डाक्टरहरुलाई सम्मानित गर्छ । नेपाल प्रेस काउन्सिलले पत्रकारहरुको सम्मान गर्नुपर्दैन - भोटका लागि घरको भान्छेलाई पत्रकार बनाएको देख्दैन प्रेस काउन्सिल । पत्रकार र नोकरमा फरक नदेखेपछि गू र गोबरको छ्यानब्यान कसरी अपेक्षा गर्न सकिन्छ -
जनयुद्धकालमा माओवादीले नेपाल निर्माता पृथ्वीनारायण शाहको सालिक फोड्यो । पुराना सालिक ढालेर पार्टर्ीी कार्यकर्ताको सालिक ठड्यायो । प्रचण्ड प्रधानमन्त्री हु“दा ७ हजार सहिद घोषणा गरे, माधव नेपाल सत्तामा पुग्नासाथ एमाले के कम - ६ हजार सहिद घोषणा गरिदिए । जनआन्दोलनमा २६ जना सहिद थिए, मधेस आन्दोलनमा ८ जना सहिद भए । पार्टर्ीी सहिदका सामु ०९७ सालका सहिदहरुको उचित सम्मान गर्न सकेनन् दलहरुले । यिनै दलका पृष्ठपोषक बनेका छन् सञ्चारमाध्यम । नेपालमा पत्रकारिता भइरहेछ कि पर्चाकारिता - प्रेस काउन्सिलले यो पनि छुट्याउन सकेको छैन । इतिहास तोडेर, फोडेर, मोडेर मर्दैन भन्ने यथार्थ सन्देश कुनै स्वनामधन्य पत्रिकामा छापिएन । पृथ्वीजयन्ती मनाउनर्ुपर्छ भनेर कहिल्यै लेखेनन् तिनले । फागुन ७ को प्रजातन्त्र दिवस रोकियो, किन रोकियो भनेर प्रश्न गरेन सञ्चारले । सुशील प्रधानमन्त्री बनेपछि बल्ल रोकिएको प्रजातन्त्र दिवस फुकुवा भयो । पैसा कमाउने फौबञ्जार चरित्र बोकेको पत्रकारिताले देशको प्रतिनिधित्व कसरी गर्नसक्छ - देश भनेको पार्टर्ीीत्र होइन, पार्टर्ीी दिने दिलाउने पञ्चदेवलको हण्डीमात्र होइन । देश भनेको पार्टर्ीीभिने, पार्टर्ीी राजनीति गर्ने माटो हो, माटोवादी जनता हो, माटोमा पुलकित संस्कृति र इतिहास पनि हो । हिमाल, पहाड, तर्राईको हावा, पानी पनि देश हो । पत्रकारितामा यी सब विषयले किन प्राथमिकता पाउ“दैनन् - यसकारण नरेन्द्रप्रसाद उपाध्यायजस्ता थुप्रै देशभक्त, स्वाधीनताप्रेमी, नेपाली हु“ भनेर गर्व गर्नेहरु निरन्तर अपमानित भइरहेका छन् । तथापि म पोलेण्डको घण्टको कथा सुनेर गर्व गर्छर्ुु त्यो गर्व सुनेर मलाई प्रेरणा मिलिरहेको छ । पत्रकारिता गर्नु त नरेन्द्रप्रसाद उपाध्यायले गरेजस्तो गर्नु । जो सबैलाई देशप्रति जिम्मेवार बन्न अनमोल स्वाधीनतायुक्त कलम कोरिरहेका छन्, लेख्दालेख्दै बुढो भएको हड्डी यही माटोका लागि घोटिरहेका छन् । यस्ता देशभक्त पत्रकारहरुको सम्मान हुने परम्परा नेपालमा कहिले सुरु होला - 

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete