रामप्रसाद खनालको अध्यक्षतामा पुराना, नयाँ सबैलाई समेटेर बन्यो नयाँ कार्य समिति !
नेपाली साहित्यकारहरुको अन्तराष्ट्रिय संगठन "अन्तराष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी मेट्रो" कोअध्यक्षमा साहित्यकार, बरिस्ठ लोक तथा दोहोरी गायक एबम पत्रकार रामप्रसाद खनाल निर्बाचित हुनुभएको कुराअनेसास निर्वाचन आयोगले जनाएको छ । समाजको उपाध्यक्षमा साहित्यकारहरु क्रमश:
अरुण रुपाखेती, बिमला निरौला र भुप नारायण घर्ति मगर, महासचिबमा रामप्रसाद अधिकारी, सचिबमा परशुतिमील्सिना, कोसाध्यक्षमा पुस्कर पन्त, कम्युनिकेशन डाइरेक्टरमा पत्रकार विश्वराज थापा निर्बाचित हुनुभएको छ।
यसै गरी कार्य समितिका सदस्यहरुमा साहित्यकारहरु क्रमश : रजनी श्रेष्ठ, शुभद्रा अधिकारी, अम्बिका गुरुङ,मोहन बस्ताकोटी, रबिन्द्र श्रेष्ठ, अनिल खनाल, पुस्पा घिमिरे निर्बाचित हुनुभएको अनेसास द्वारा गठित निर्वाचनआयोगले एक प्रेस बिज्ञप्ती जारी गर्दै पुस्टि गरेकोछ ।
निर्बाचित भए लगत्तै नब निर्वाचित कार्यसमितिका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले अनेसासका जन्मदाता,बरिस्ठ साहित्यकार, लेखक श्री होमनाथ सुबेदीलाई "अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी मेट्रो"को सँरक्षकमा ससम्मान मनोनयन गर्नुभएको छ । यसै गरी "अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटनडिसी मेट्रो" का पूर्व अध्यक्ष बरिस्ठ साहित्यकारहरु क्रमश : शरद निरौला, बाशु श्रेष्ठ, गोबिन्द गिरी प्रेरणा, प्रकाशनेपाल, मोहन सिटौलालाई ससम्मान सल्लाहकारमा नियुक्त गर्नुभएकोछ । यसै गरी लोकप्रिय छन्द कवी एबमसाहित्यकारहरु सुदीप भद्र खनाल, हरि घिमिरे पनि सल्लहकारमा नियुक्त हुनुभएको छ । साहित्यकारहरु डा. गोपीउप्रेती, डा. गुण सुबेदी, प्रेम सङ्रौला, मन्जु निरौला, भीम रेग्मी, खिमानन्द आचार्य, मन्जु कार्की सङ्रौला, बिजयाशाह, रमा सिंह र यसै गरी खेम भट्टचन, गोबिन्द मैनाली, राजीब मैनालीलाई पनि कार्य समितिको सल्लाहकारमानियुक्त गरिएको छ ।
नव निर्बाचित अध्यक्ष रामप्रसाद खनाल भन्नुहुन्छ " म अन्तरराष्ट्रिय कलाकार मँचको अध्यक्ष छु, बस्दिन,एक जना मान्छेले धेरै तिर पद ओगट्नु राम्रो होइन भन्ने मान्यता राख्दा राख्दै पनि अनेसासका संस्थापकहरु,केन्द्रिय कार्य समिती र बिभिन्न देशका साथीहरु, निबर्तमान कार्यसमितिका साथीहरुको अनुरोध, हदै सम्मकोआग्रह पछी म नेत्रित्व स्वीकार गर्नु पर्ने अवस्थामा आइ पुगेँ । अब म र मेरो टिमले दुई बर्से कार्यकालमा केही नमुनाकार्य गरेर देखाउनु पर्ने भएकोछ । अनेसासको छबी लाई जोगाउँदै उदाहरण बनेर कार्य गर्नुपर्ने जिम्मेवारी र चुनौतीम र मेरो टिमको काँधमा आएको छ । मलाई आशा एबम विश्वाश छ हामी केही गरेर देखाउने छौं । यो म र मेरोटिमको सामुहिक प्रतिबध्दता हो"
म कुनै अरु संघ संस्थामा नबस्ने भयता पनि गीत, संगीत, कला र साहित्यको लागि भने जिबन भर कृयाशिल रहनेछु भन्दै नब निर्बाचित अध्यक्ष श्री खनालले अहिले पनि आफु संस्थापक अध्यक्ष रहेको, संसार भर फैलिएको संस्थाअन्तराष्ट्रिय कलाकार मँच र अन्तराष्ट्रिय नेपाली साहित्य समाज बिच पटक पटक मिलेर सँगै कला, साहित्य, सँस्क्रिती, गीत, संगीतका लागि बिभिन्न कार्यहरु गरिरहेको बताउँदै आगामी दिनमा पनि दुबै कला, साहित्य, सँस्क्रिती, गीत, संगीतका क्षेत्रमा अझ बढी शशक्त रुपमा मिलेर काम गरिने बताउनुभयो ।
खनालले अगाडि भन्नुभयो "आफु नेत्रित्वमा रहँदा "अग्रजहरुको सम्मान र नयाँ पिँढीलाई सहकार्यका लागिआह्वान" गरिने बताउँदै अध्यक्ष खनालले आफ्नो कार्यकालमा अनेसासले नयाँ जिबन र उर्जा प्राप्त गर्न सक्ने आशाएबम पूर्ण विश्वाश पनि ब्यक्त गर्नुभयो । अनेसास भित्र बिगतमा मैले केही तिक्तता पनि देखेको छु, अब म त्योतिक्तता मेटाउने र सबै कला, साहित्य, गीत, संगीत, सँस्क्रिती प्रेमीहरुको एउटै थलो अनेसास हुने बातावरणबनाउने छु तर अन्तराष्ट्रिय कलाकार मँच पनि कला र संस्कृतिका लागि त्यत्तिकै सक्रिय रहने छ यि दुबै संस्थामिलेर काम गर्ने अगाडि बढ्ने परिस्थिती सिर्जना गर्ने छु "
श्री खनालले निर्वाचन समितिमा रहेका तिनै जना सदस्यलाई पनि बिशेष धन्यवाद ज्ञापन गर्नुभएको छ ।
****************************************************
आदरणीय मित्रहरु
करिब करिब ४ बर्षसम्म लगातार अन्तररास्ट्रिय नेपाली साहित्य समाज (अनेसास), वाशिंटन डी.सी. मेट्रो-च्याप्टरलाई अगुवाई गरि साहित्यको सेवाबाट अब यो बर्षदेखि औपचारिकताबाट बिदा लिदै छु | हाम्रो टिमलाइ हर किसिमले सहयोग पुराउने मित्रहरुमा हार्दिक धन्यबाद ज्ञापन गर्न चाहन्छु |
आगामी बर्ष अनेसास झन् राम्रो र सशक्त भएर जाने छ भन्ने कुरामा शंका रहेन | अहिले हाम्रा मित्रहरु झन् बढी हाते मालो गरेर तात्तिनु भएको छ | यो अत्यन्त राम्रो संकेत हो | उहाहरुलाई सफलताको धेरै शुभकामना छ |
त्यसै गरि रात दिन खटेर काम गर्ने मित्रहरु, निर्बाचन गर्न गराउन खटिने टोलि, अहोरात्र काम गरेर नथाक्ने हाम्रा नेपाली संचार माध्यमका साथी हरु सबैलाइ धेरै धेरै धन्यबाद |
पर्सि आइतबार (१५ गते) Arlington Library (1015 N. Quincy St, Arlington VA) मा १ बजे देखि साहित्यिक कार्यक्रम हुदै छ साथै पदभार हस्तान्तरण पनि हुदै छ | अत: यो कार्यक्रममा आएर साहित्य र समाजप्रतिको आफ्नो उत्तर दायित्व निर्बाह गरि दिनु हुनेछ भन्ने पूर्ण आशा लिई यसै सुचना मार्फत सम्पूर्ण मित्रहरुलाइ निम्ता गर्न चाहन्छु |
सधन्यबाद
प्रकाश नेपाल - अध्यक्ष
अनेसास
वाशिंटन डी.सी. मेट्रो च्याप्टर
***************************************************************
अनेसास निर्वाचन आयोगले घोषणा गरेको निर्वाचनपरिणाम् जस्ताको तस्तै !
| |||
|
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।