अमेरिकामा थुप्रै नेपालीहरु र मिडियालाई समेत अदालतमा मुद्धा हाल्ने, दु:ख दिने, नेपाली समाजलेनै समाजकै खलनायक भन्ने छेवाङ शेर्पा लामालाई झापड हान्दै वास्तविक ए एन एको बोर्डले अन्यायमा परेका सबैलाई न्याय दिँदै, माफी माग्दै यसरी गल्तिलाई सच्चायो

नेपाल मदर डट कम, प्रधान सम्पादक रामप्रसाद खनाल, पत्रकारहरु बिनोद कुमार नेपाल र शिव बिष्ट, त्यसै गरी समाजसेबी हरु एच. बि .भण्डारी,लोक छन्त्याल, धुर्ब घिमिरे, मनमोहन सिं घिमिरे, सुन्दर कर्माचार्य, अनुप श्रीवास्तव, मेदिनी अधिकारी सहितका ब्यक्ती तथा संस्थालाई ए एन ए संस्थाको नाममा, ए
एन ए को सदस्य समेत नरहेका ब्यक्ती छेवाङ शेर्पालामाले म अन्तरिम अध्यक्ष हुँँ भन्दै संस्थाको निती नियम बिधान बिपरित अदालत मा मुध्दा हाल्ने, धम्क्याउने, सेटलमेन्टको नाममा वकिलको शुल्क, र बिगो भराउने जस्ता अत्यन्त गैर्ह जिम्मेवार, संस्थाको बिधान बिपरितका कार्यहरु बिगतमा गरेको देखिएको र ए एन ए संस्थाको नामबाट माथि उल्लेखित ब्यक्ती तथा सँस्थाहरुमाथि घोर अन्याय पर्न गएको देखिएकोले ए एन ए को निर्बाचित कार्यसमितिको बैठक उक्त त्रुटिपूर्ण निर्णय सच्च्याउंदै, त्यसबाट वहाँ हरु प्रती पर्न गएको अन्याय, असर प्रती दु:ख प्रकट गर्दै, क्षमा याचना गर्दै सो सम्बन्धी सबै मुद्धा मामिला फिर्ता लिने, सेटलमेन्ट का नाममा वहाँहरु सँग ए एन ए संस्थाको नाममा, शेर्पालमाले अबैधानिक रुपले अशुल उपर गरेको सबै रकम वहाँहरु लाई ससम्मान फिर्ता गर्ने निर्णय गर्दै अध्यक्ष्य रोजर अधिकारी, उपाध्यक्ष्य शम्भु ढुंगाना सहितको नब निर्बाचित ए एन् ए ले नेपाल मदर डट कम, प्रधान सम्पादक रामप्रसाद खनाल, पत्रकारहरु बिनोद कुमार नेपाल र शिव बिष्ट, त्यसै गरी समाजसेबी हरु एच. बि .भण्डारी,लोक छन्त्याल, धुर्ब घिमिरे, मनमोहन सिं घिमिरे, सुन्दर कर्माचार्य, अनुप श्रीवास्तव, मेदिनी अधिकारी सहितका ब्यक्ती तथा संस्थालाई ए एन ए र उत्तर अमेरिकाको नेपाली समाजमा पुर्याउनुभएको योगदान को उच्च कदर गर्दछ भनी यस अघी नै प्रेस बिज्ञप्ती जारी गरिसकेको छ ।
हेर्नुस केही यसै सँग सम्बन्धित पुराना समाचारहरु
अदालतले नेपालीहरूको छाता संगठन एसोसिएसन अफ नेप्लिज इन अमेरिकाज (एएनए)का अन्तरिम अध्यक्ष छेवाङ शेर्पा लामा त्यस संस्थाको सदस्य नै नभएको ठहर !
साढे
तीन वर्षदेखि अध्यक्ष बनेका कुनै व्यक्ति, त्यस संस्थाको सदस्यसमेत नरहेको
खबर सुन्दा तपार्इंलाई अचम्म लाग्नसक्छ। तर, अचम्म मान्नु पर्दैन।
अमेरिकास्थित एक अदालतले हालै यही कुरा ठहर गरिदिएको छ। मेरिल्यान्डको
प्रिन्स जर्ज अदालतले नेपालीहरूको छाता संगठन एसोसिएसन अफ नेप्लिज इन
अमेरिकाज (एएनए)का अन्तरिम अध्यक्ष छेवाङ शेर्पा लामा त्यस संस्थाको सदस्य
नै नभएको ठहर गरेको हो। विवादित एएनएको निर्वाचन सम्पन्न गरी नयाँ
पदाधिकारीको नाम सिफारिस गर्ने कार्यादेशसहित अदालतद्वारा गठित ट्रष्टीले त्यस प्रयोजनका लागि सदस्यहरूको नामवली माग गरेपछि, अन्तरिम अध्यक्ष शेर्पाले, आफूलगायत साढे पाँच सयभन्दा बढीको नाम बुझाएका थिए। तर, ती नाममाथि जाँचबुझ गर्दा आधिकारिक नभएको पाएपछि डानिएल ए लाप्लाका नेतृत्वको ट्रष्टीले उनीहरू सबैजना संस्थाको सदस्य नरहेको निचोड निकालेको थियो।
पदाधिकारीको नाम सिफारिस गर्ने कार्यादेशसहित अदालतद्वारा गठित ट्रष्टीले त्यस प्रयोजनका लागि सदस्यहरूको नामवली माग गरेपछि, अन्तरिम अध्यक्ष शेर्पाले, आफूलगायत साढे पाँच सयभन्दा बढीको नाम बुझाएका थिए। तर, ती नाममाथि जाँचबुझ गर्दा आधिकारिक नभएको पाएपछि डानिएल ए लाप्लाका नेतृत्वको ट्रष्टीले उनीहरू सबैजना संस्थाको सदस्य नरहेको निचोड निकालेको थियो।
एएनमा नयाँ सदस्य बन्न र सदस्य भइसकेकाले नबीकरण गर्न वार्षिकरूपमा २० डलर तिरेको हुनुपर्ने नियम छ। यही नियमअनुसार ती साढे पाँच सयजना सदस्यले तिरेको सदस्यता शुल्कको 'बैंक रेकर्ड' पेस गर्न ट्रष्टीले भनेपछि यो रहस्य बाहिर आएको हो। साथै ट्रष्टीले नामसँगै पूरा ठेगाना, इमेल र फोन नम्बरसमेत माग गरेकोमा शेर्पाले कसैको नाममात्र, कसैको थरमात्र र कसैको नाम थर दुवै राखेर विवरण बुझाएका थिए। शेर्पाले कसरी संकलन गरे ती नामहरू? यसबारे जानकारी लिन उनलाई फोन गर्दा नेपाली टोनको अंग्रेजी भाषामा 'म त्यो मान्छे हैन, रङ नम्बर' भन्ने जवाफ पाइयो। यद्यपि एएनएका नवनिर्वाचित अध्यक्ष रजर अधिकारी, लामाले ती नामहरू कुनै 'मेल बैंक'बाट झिकेको शंका गर्छन्। अधिकारीले मुद्दा किनारा लाग्दै जाँदा एक पछि अर्को फर्जी प्रमाण पेस गर्न थालेपाछि शेर्पाको वकिलले उनी एएनए सदस्य नभएको लिखत आफूहरूलाई उपलब्ध गराएको पनि दाबी गरे।
शेर्पाको एएनए प्रवेश
एएनएको २०१० मा सम्पन्न बोष्टन सम्मेलनमा भएको घाटाको स्वतन्त्ररूपमा छानबिन गर्न शेर्पालाई छानबिन समितिको संयोजक बनाइएको थियो। तर, तत्कालीन अध्यक्ष सिमोन ढुंगानासँग मिलेर उनले ढुंगानाको कार्यकारी अधिकार आफैं लिएका थिए भने २०११ को डिसी सम्मेलनमा आफैंलाई अन्तरिम अध्यक्ष घोषणा गरे। त्यसपछि शेर्पाको एकल नेतृत्वबाट संस्थालाई मुक्त गर्न तथा अदालतको रोहबरमा यसअघि भएको सम्झौता कार्यन्वयन गराउन माग गदै पूर्व पदाधिकारीका तर्फबाट तत्कालीन उपाध्यक्ष रजर अधिकारीले प्रिन्स जर्ज अदालत, मेरिल्यान्डमा मुद्दा दायर गरे।
यस मुद्दामाथि सुनुवाइ गर्दै न्यायाधीश निकोलसको एकल इजलासले निर्वाचनका लागि ट्रस्टीको नाम सिफारिस गर्न, तीस दिनभित्र निर्वाचनसम्बन्धी खाका पेश गर्न र ६० दिनभित्र नयाँ पदाधिकारीको नाम बुझाउन आदेश दिएको थियो।
अधिकारीले रिटमा, सोही अदालतका न्यायधीश लियो इग्रिनको आदेशअनसार ट्रस्टी अनुज सुदको रोहबर र तत्कालीन राजदूत डा. शंकर शर्माको उपस्थितिमा यसअघि भएको तीनबुँदे सहमति कार्यन्वयन नगरिएकाले 'अदालतको मानहानि भएको' जिकिरसमेत गरेका थिए। तीन बुँदामा वादी–प्रतिवादी र दूतावासका प्रतिनिधिसहितको त्रिपक्षीय समिति गठन गर्नुपर्ने, अविलम्ब निर्वाचन गराउनुपर्ने र संस्थाका गतिविधि र निर्णयहरूको एकप्रति अधिकारीलाई उपलब्ध गराउनुपर्ने भन्ने थियो।
यसैबीच आफ्नो कामको विरोध गरेको निहँमा शेर्पाले विभिन्न अभियोग लगाउँदै पत्रकारसहित बाह्र जना नेपालीलाई अमेरिकी अदालतमा फरकफरक मुद्दा हालेका थिए।
अध्यक्षमा अधिकारी
करिब चार वर्षपछि एकल नेतृत्वको अन्त्यसँगै एएनएमा सामूहिक नेतृत्व आएको छ। जसको अध्यक्षमा पूर्व उपाध्यक्ष रजर अधिकारी चुनिएका छन् भने उपाध्यक्षमा शम्भु ढुंगाना, महासचिव राधा बस्नेत, कोषाध्यक्ष गम्भीर श्रेष्ठ र सूचना निर्देशक डा. तुलसी जोशी छन्।
अदालतले पदाधिकारीका लागि उम्मेद्ववारी दिन विधिवत् आह्वान गरे पनि मुद्दाको विपक्षीमा कोही वैधानिक व्यक्ति नभएकाले प्रतीष्पर्धारहित निर्वाचन भएको थियो। निर्वाचन तालिकाअनुसार सदस्यता प्रमाणीकरण ३१ अगष्ट, सदस्यहरूको नामवाली प्रकाशन सेप्टेम्बर २, सदस्यमाथिको दाबीविरोध सेप्टेम्बर ५, अन्तिम नामवली प्रकाशन सेप्टेम्बर ७, नोमिनेसन सेप्टेम्बर ८, र उम्मेद्ववारको अन्तिम नाम सेप्टेम्बर २२ मा प्रकाशित गरिएको थियो। यसैगरी अनलाइन भोटिङ सेप्टेम्बर २३ देखि २६ सम्म, निर्वाचितहरूको घोषणा सेप्टेम्बर २९ र नयाँ पदाधिकारीलाई सपथ अक्टोबर ४ मा तय गरिएको थियो। भोटका लागि एएनका आजीवन सदस्यमात्र सहभागी भएका थिए। एएनएमा एक सय एक्चालीस जना आजीवन सदस्य छन्। पाँच सय डलर तिरेपछि आजीवन सदस्य हुने संस्थाको विधानमा उल्लेख छ।
चिनी राख्नु होला सबैले, वहाँ हुनुहुन्छ छेवाङ शेर्पालामा जसले अमेरिकामा दर्जनौ नेपालीहरु, पत्रकारहरु, नेपाली मिडियालाइ मुध्दा मामिला गर्ने, दु:ख दिने, सताउने काम गर्दै आउनुभएको छ भन्दै ए एन ए ले नै प्रेस बिज्ञप्ती जारी गरी पुस्टि गरेको छ । :
ए एन ए भन्छ : "छेवाङ शेर्पालामा लामाजीको मतियार बनेर नेपालीहरुको मान मर्दन गर्दै लेख लेख्ने, टर्चर गर्ने, महिला संघ बाहेक अरु सबैतिर भ्याइसक्नुभएका अमेरिकाका अर्का महान समाजसेबी, एउटा समाचार लेख्यो ईमेलबाट सय ठाउँँ पठायो अनी परिचय दिँदै म ३० वटा भन्दा बढी मिडियामा काम गर्छु भन्ने महोदय वहाँ हुनुहुन्छ, वहाँलाई पनि चिन्न सजिलो होस् भनेर यहाँ वहाँको पनि फोटो राखिएको छ. वहाँ हुनुहुन्छ ए एन ए कब्जागरी स्वघोसित महासचिब बन्नुभएका र हाल भाग्दै बचाउ खोजिरहनुभएका बिजय थापा महोदय !"
20150112
Press Release of Association of Nepalis in the Americas, January 12, 2015
ए
एन ए भन्छ : "अदालत द्वारा कानुनी प्रकृया बाट निर्बाचित भएको ए एन एको
नयाँ कार्य समितिको जनवरी १२, २०१५ मा बसेको पहिलो पूर्ण बैठक द्वारा कथित
अन्तरिम अध्यक्ष छेवाङ शेर्पा लामा र उनको बोर्डका सम्पूर्ण पदाधिकारी र
सदस्यहरु अबैधानिक भएको ठहर । ए एन ए को नाम दुरुपयोग गर्दै उक्त अबैधानिक
बोर्डले बिगत साढे तीन बर्ष देखि अमेरिकामा मिडिया, पत्रकारहरु सहित
बिभिन्न नेपालीहरुमाथि अन्यायपुर्बक गरिएका मुध्दा मामिला खारेज गर्दै उक्त
अबैधानिक बोर्डले गरेको घिनलाग्दो कार्य प्रती खेद प्रकट । पीडित पक्षसँग
क्षमा याचना । ए एन ए द्वारा उचित क्षतिपुर्ति दिने निर्णय । अब देखि ए एन ए का हरेक कुरा पारदर्शी बनाउने निर्णय । स्मरण
रहोस् ए एन ए को सदस्य समेत नरहेका ए एन ए कब्जागरी स्वघोसित, कथित
अन्तरिम अध्यक्ष छेवाङ शेर्पालामा र उनको अबैधानिक बोर्डका सबै मिलेर नेपाल
मदर डट कम, पत्रकारहरु रामप्रसाद खनाल, बिनोद कुमार नेपाल, शिव बिष्ट,
समाजसेबीहरु क्रमश: एच बि भण्डारी, धुर्ब घिमिरे, डा. अनुप श्रीवास्तव, लोक
छन्त्याल, मनमोहन सिँह घिमिरे, मेदिनी अधिकारी, सुन्दर कर्माचार्य सहितका
थुप्रै ब्यक्ती बिरुद्ध बिभिन्न अदालतहरुमा मुध्दा दायर गरी दु:ख दिंदै
आएका थिए ।"
ANA Press Release
The first meeting of newly elected officers of ANA (Association of Nepalis in the Americas) held on January 9, 2015 reviewed priority issues of ANA and unanimously passed a resolution on the most important matter of public concern related to the association.
The first meeting of newly elected officers of ANA (Association of Nepalis in the Americas) held on January 9, 2015 reviewed priority issues of ANA and unanimously passed a resolution on the most important matter of public concern related to the association.
The following is the official statement by the newly elected officers of ANA:
We
strongly condemn the environment of harassment created by the so called
Interim Board of ANA against the Nepali community and media
professionals in the USA in the past three and half years. None of the
officers of the Interim Board of ANA were members of ANA, and the
Interim Board was unlawful.
The newly
elected ANA Officers sympathize with the individuals who suffered from
such notorious acts of the unlawful Interim Board. The Board had no
moral or legal rights to harass the community members. Our special
sympathy goes out to those individuals who were threatened to file
lawsuits by the unlawful occupants of ANA and were forced to pay money
as out of court settlements. Such act was heinous and against the
objectives and spirit of ANA, which was established to serve the
community and to promote social harmony among the Nepali Diaspora and
friends of Nepal in the
US and Canada.
We
would like to request those individuals, who were extorted money by the
past unlawful regime, to provide detailed information about their
settlements. Please send the information to us in confidence. We will
study those cases, and will take appropriate actions to remedy the
situation.
Effective immediately, any
confidentiality agreements made by or on behalf of ANA by the previous
regime are declared null and void. These include the forced agreements
with ANA which were signed by half a dozen or so journalists. ANA would
like to assure all journalists and freelance writers that you are free
to exercise your right as journalist without any fear of retaliation on
matters pertaining to ANA.
The newly
elected officers of ANA would like to assure the above victims as well
as the community at large that ANA will work towards amending its
current bylaws which will have safeguards against such acts in the
future.
As a member-based non-profit
social organization, ANA will conduct all organizational business in a
transparent manner. ANA will soon re-establish its web-site and will
make its financial and other information available on the web for all
its members to see.
We would value your opinions; therefore, we welcome your ideas and inputs to make ANA a better organization.
Finally, may 2015 usher a new beginning for ANA. Happy new year to everyone!
The Association of the Nepalese in America, ANA
Roger Adhikari – President
Dr. Shambhu Dhungana – Vice President
Miss Radha Basnyat – Gen. Secretary
Dr. Tulsi Joshi – Communication Director
DR. Gambhir M. Shrestha – Treasurer
Press release has been published in Facebook wall of newly elected president Roger Adhikari
No comments:
Post a Comment