Sunday, October 25, 2015

नेपालबाट फोन आउँछन अमेरिकी भिसा चाहियो !

नेपालबाट फोन आउँछन अमेरिकी भिसा चाहियो !
तिमी अमेरिका बस्छौ खोइत हाम्ले केनै पाइयो ??
सक्ने भए भिसा होइन ग्रिनकाडै झारिदिन्थें
रुखमा भा भए हल्लाएर सबका हातमा पारिदिन्थें !
थाहा छैन अमेरिका आएँ कि "आ मरी खा" आएँ
फर्किन्छु म भन्दा भन्दै सातआठ बर्ष पनि बिताएँ
साथी भाई इस्टमित्र आफन्तजन सबको आस
कसलाई भन्नु मनको ब्यथा आफै भइयो ज्युँदो लाश !
तालुका रङ झरिसके हरिणको चाल भयो
अमेरिका दाउ नलाग्या जुवाडेको खाल भयो !
डलर खोज्दा रुपियाँ नि हराएको हाल भयो
गर्न केही सकिएन सब रिसाए गाल भयो !
- Ram Prasad Khanal, Virginia US, July 22, 2015.

No comments:

Post a Comment