Sunday, October 25, 2015

शुरु भयो बबाल !

बिहान आची गर्न ट्वाइलेट के छिरेको थिएँ
पेट कटक्क काट्यो !
हिजो फ्रिजको बासी खाना खाएको सम्झेँ
अनी गालामा हात लगाएर ट्वाइलेट बस्दा बस्दै
आइफोनमा फेसबुक खोल्दै स्टाटस लेखेँ
" आज पेट कटक्क काटेको, कब्जियत भएको अवस्था"
पोस्ट क्लिक गर्न के भ्याएको थिएँ
शुरु भयो लाइकको बर्षा !
शुरु भए कम्मेन्टका लहरहरु
" शिघ्र स्वास्थ्य लाभका कामनाहरु "
अनी फेरी हुत्तिएँ ट्विटर तिर
ट्विट गर्ना साथ उता पनि उस्तै
अनी मन मनै सम्झिएँ म त ठुलो मान्छे भएँछु !
एकै छिन पेट कटक्क काट्दा
फेस बुक र ट्विटरमा कब्जियत साट्दा
संसार भर बाट यती धेरै लाइक र कम्मेन्ट पाएको म
के लेखौँ के लेखौँ भयो मनमा
फेरी उत्साहित हुँदै अर्को स्टाटस
अर्को क्षेप्यास्त्र प्रहार गरेँ
" आज मेरी स्विटीको बर्थ डे !
ह्याप्पी बर्थ डे माइ स्विट हर्ट "
लाइक र कम्मेन्टका ओइरोका बीच
मेरी स्विटी नजिक आएर भनिन
तँ जस्तो लोग्ने हुनु भन्दा नहुनु बेस
बिहे गरेर जिन्दगीमा लाग्यो ठुलो ठेस
किन राखिस मेरो फोटो फेसबुकमा
निकाली हाल, डिलिट गरिहाल !
शुरु भयो बबाल, चल्न थाल्यो डिभोर्स को सवाल
- Ram Prasad Khanal, Virginia US, July 18, 2015

No comments:

Post a Comment