Sunday, October 25, 2015

खुइलिँदै गएको तालुमा उम्रिने भए आलु पनि लगाइदिन्थेँ
अदुवाको रस लगाउंदैमा रौँ पलाउने भए रसकै खोलो बगाइदिन्थेँ
"आ मरी खा" आए पछी झरेका रौँ जाग्ने भए जगाइदिन्थेँ
"आ मरी खा" मा मगाएर आउने भए मैले पनि मगाइदिन्थेँ
तालु खुइलिए पनि सूवास सहित फुल फुलेपछी कसको के लाग्छ !
अनी तिनै फुलहरुमा मन डुले पछी कसको के लाग्छ !!

No comments:

Post a Comment