Tuesday, April 12, 2016

"गहना प्रेम"

Ram Prasad Khanal's photo.गर गहनाले ढपक्कै ढाकिएकी
यि दिदीको तस्बीर हेर्दा
आज मलाई मेरी प्रेयसीको
"गहना प्रेम" फेरी याद आयो !
तिज आउन कता कता !
हरेक बर्ष शर्तहरु तेर्स्याउँदै
खाना खानु अघि, पछी
बेडमा निन्द्रादेबीसँग
मिठो निन्द्रा निदाउने तयारी गर्दा
निन्द्रानै बिथोल्ने गरी
म सँग बार्गेनिङ गर्ने
भ्रिकुटीमण्डप पछाडिका
नाङ्ले ब्यापारी भन्दा पनि अझ कडा
बानियाँ गिरीमा खप्पिस
एडभान्समा गहना डिमान्ड गर्ने
मेरी "गर गहना प्रेमी" प्रेयसीलाई
अब यस पालाको तिज देखी
म डिमान्ड नगर्दै आपुर्ती ब्यबस्था
सुचारु पार्ने निधोमा पुगेको छु !
न त कुनै नाकाबन्दी हुने छ
न त कुनै भाखाबन्दी हुने छ !
गर गहनाको सहज आपुर्ती ब्यबस्था
गरिदिने भएको छु !


धरोधर्म ढाँट्या भए !
सत्ते रामाराम झुठो कुरा बोल्या भए !
शँका कत्ती पनि नगर प्रिय
म तिमीलाई झकी झकाउ बनाउने छु
तस्बीरमा देखिएकी यि दिदी जस्तै !
- रामप्रसाद खनाल

No comments:

Post a Comment