Tuesday, April 12, 2016

तर म भित्र भित्रै कहराइरहेको छु !

Ram Prasad Khanal's photo.डाँडा माथिका डुब्नै लागेका घाम
हजुर बा, हजुर आमा, बा र आमा
पिंढीमा बसेर लहरे खोँकी खोँक्दै गर्दा
उपल्लाघरे बा स्वर्गे हुँदा पुरुष मलामी नपाएर
आमा दिदी बहिनी र भाउजुहरुले लाश बोक्दै गर्दा
म नाथे आफ्नो भबिस्यको उज्यालो खोज्दै
सात समुद्र पारी घण्टे जागीर घोक्दै गर्दा
फेरी आएछ अर्को नयाँ बर्ष !
खोइ कुन नाकले मैले शुभकामनाको श्वास फेरुँ ??
शब्द बिहिन जिब्रोलाई कुन शुभकामनाले बेरुँ ??
अन्धेरी नगर र चौपट राजाहरु कती र कहाँ कहाँ हेरुँ ??
जता पनि चौपट मात्र देखिरहेका मेरा नयनले
खोइ कसरी म सुख शान्ती र सम्पन्नताको कल्पना हेरुँ ??


"जिउँदो मुर्दा" बनेको म बबुरो !
खोइ कसरी नयाँ बर्षको शुभकामना केरुँ ??
बिबश लाचार र युद्ध हारेको सिपाही जस्तो
कौडीको मुल्यमा बेच्न राखिएको कवाडी जस्तो
मातृभूमी र सबै आफन्तजन छोडेर हिंड्न बिबश
कुनै मुल्य नभएको बस्तु
खोइ म कस्तो कस्तो !
यस्तो निरीह र निर्जिब जस्तो
तर प्राबिधिक रुपमा जिबित प्राणी कस्तो !
खोइ म कसरी दिउँ तिमीलाई नयाँ बर्षको शुभकामना ?
खोइ म कसरी लिउँ तिमीबाट नयाँ बर्षको शुभकामना ?
म आफै अन्यौलहरुमा हराइरहेको छु
तिमी मलाई सबै ठीक ठाक देख्छौ होला
तर म भित्र भित्रै कहराइरहेको छु ! कहराइरहेको छु !
- रामप्रसाद खनाल, हाल अमेरिका

No comments:

Post a Comment