Saturday, April 30, 2016

गजल

Ram Prasad Khanal - Singer's photo. तिम्रो नजर हेर्दै गर्दा चिम्म गर्न भुले आँखा
शिर देखी पाउ सम्मै डुल्नु सम्म डुले आँखा !
अधरको बयान मैले गर्न कहाँ सक्छु होला
उन्मत्त त्यो बैश भित्रै मेरा दुबै घुले आँखा !

बयान गर्नै गार्हो तिम्रो दिउँसै उल्लु चरा बनेँ
खाली सिउँदो हेर्दा हेर्दै मख्ख परि झुले आँखा
कल्पनाको सागरमा पौडी कती खेल्नु र खोइ ??
निदाउँछु भन्दा पनि मध्यरातमा खुले आँखा !
तिम्रो नजर हेर्दै गर्दा चिम्म गर्न भुले आँखा
शिर देखी पाउ सम्मै डुल्नु सम्म डुले आँखा !
- रामप्रसाद खनाल, हाल अमेरिका

( नोट : नेपाली राजनीति बाट दश बर्ष अघिनै वाक्क दिक्क भएर सन्यास लिएको म अहिले पुरै गीत, संगीत, कला, साहित्यको क्षेत्रमा, सामाजिक क्षेत्रमा सक्रिय छु । अन्तर्राष्ट्रिय कलाकार मञ्च र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिंटन डिसी बाहेक म र मेरो कतै सँलग्नता छैन र भोली पनि हुने छैन । अब बिशुद्ध रुपमा यिनै गीत, संगीत, कला, साहित्यको क्षेत्रमा, सामाजिक क्षेत्रमा रहेर काम गर्ने छु । अहिले मेरो एउटा कविता सँग्रह बजारमा अाउनै लागेको छ भने २ वटा लोकगीत र दोहोरी गीतका एल्बम, त्यसै गरी भाई थानेश्वर गौतमको सँगीतमा गजल एल्बम को काम पनि अगाडि बढेको छ । त्यसै प्रोजेक्ट अन्तरगत यि गजल लेखाइ भैरहेको छ । यस बाहेक पनि कुनै गायक वा संगीतकारलाई वा चलचित्र निर्मातालाई वा जो कसैलाई पनि कुनै लोकगीत, दोहोरी गीत, गजल वा कुनै रचना गर्नुपर्ने छ भने मलाई फेसबुकमा इन्बक्स गर्न वा ईमेल rampdkhanal@gmail.com मा संपर्क गर्न सक्नुहुन्छ । म सहयोग गर्न सक्छु । धन्यवाद । )
C

No comments:

Post a Comment