Sunday, April 17, 2016

गजल

छुन खोज्दा गरिदिन्थ्यौ मेरै जस्तो गरी
सबै सुम्पी परिदिन्थ्यौ मेरै जस्तो गरी
***********
मैले पनि सुम्पी सबै ज्यानै छोडि दिँदा
मुटु भित्रै सरिदिन्थ्यौ मेरै जस्तो गरी
*****
तिमी एकछिन साथनहुँदा लाग्थ्यौ सबै खाली
भेटमा मुस्कान छरीदिन्थ्यौ मेरै जस्तो गरी
******
अप्सरानै हौकी तिमी मेरो स्वर्गलोकमा
मायाको भेल तरिदिन्थ्यौ मेरै जस्तो गरी
********
छचल्किँदो बैश सँगै खेतखरियान गर्दा
बेशी सम्मै झरीदिन्थ्यौ मेरै जस्तो गरी
छुन खोज्दा गरिदिन्थ्यौ मेरै जस्तो गरी
सबै सुम्पी परिदिन्थ्यौ मेरै जस्तो गरी
- रामप्रसाद खनाल, हाल अमेरिका

No comments:

Post a Comment