Saturday, April 30, 2016

गजल

Ram Prasad Khanal - Singer's photo.
जत्ती माया गर्दा पनि बुझिनौँ नि काली तिम्ले
मलाई बली चढाएर अन्तै लाग्यौ जाली तिम्ले
मेरो खुशी लुटी गयौ ठुलै माछा भेट्यौ होला
गरगहना महँगा सारी पोती ओँठमा लाली तिम्ले

माया विश्वाश खेल सम्झ्यौ म त भएँ फुटबल
निस्किननै गार्हो पार्यौ खाडलमा हाली तिम्ले
भुलेर नि नसम्झे है तिम्रो हाँसो रोकिएला
जिउँदै पोल्यौ आज मलाई घरमै आगो बाली तिम्ले
जत्ती माया गर्दा पनि बुझिनौँ नि काली तिम्ले
मलाई बली चढाएर अन्तै लाग्यौ जाली तिम्ले
- रामप्रसाद खनाल, हाल अमेरिका

( नोट : नेपाली राजनीति बाट दश बर्ष अघिनै वाक्क दिक्क भएर सन्यास लिएको म अहिले पुरै गीत, संगीत, कला, साहित्यको क्षेत्रमा, सामाजिक क्षेत्रमा सक्रिय छु । अन्तर्राष्ट्रिय कलाकार मञ्च र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिंटन डिसी बाहेक म र मेरो कतै सँलग्नता छैन र भोली पनि हुने छैन । अब बिशुद्ध रुपमा यिनै गीत, संगीत, कला, साहित्यको क्षेत्रमा, सामाजिक क्षेत्रमा रहेर काम गर्ने छु । अहिले मेरो एउटा कविता सँग्रह बजारमा अाउनै लागेको छ भने २ वटा लोकगीत र दोहोरी गीतका एल्बम, त्यसै गरी भाई थानेश्वर गौतमको सँगीतमा गजल एल्बम को काम पनि अगाडि बढेको छ । त्यसै प्रोजेक्ट अन्तरगत यि गजल लेखाइ भैरहेको छ । यस बाहेक पनि कुनै गायक वा संगीतकारलाई वा चलचित्र निर्मातालाई वा जो कसैलाई पनि कुनै लोकगीत, दोहोरी गीत, गजल वा कुनै रचना गर्नुपर्ने छ भने मलाई फेसबुकमा इन्बक्स गर्न वा ईमेल rampdkhanal@gmail.com मा संपर्क गर्न सक्नुहुन्छ । म सहयोग गर्न सक्छु । धन्यवाद । )

No comments:

Post a Comment