Tuesday, April 12, 2016

छ्या कती मुर्ख हामीहरु !

Ram Prasad Khanal's photo.आजकल सँघीय नयाँ नेपालमा
लोकतान्त्रिक गणतन्त्र नेपालमा
आफुले आफैलाइ नेपाली हौँ भन्न बिर्सेंर
सिमापारका युरो भारु र डलरहरुको ईशारामा
हामी नेपाली, नेपाली माथि खनिदैछौं
लडदैछौं, भिडदैछौं !
एकले अर्कोलाई मुर्दाबाद र फिर्ता जा का
नारा सहितका प्लेकार्ड बोकेर
मौका पाए एकले अर्कोको टाउकोमा ठोकेर
हामी लोकतन्त्र, गणतन्त्र, सँघियताको
युरिया मिस्रित तिनपाने धोकेर
भाई फुटे गवार लुटे हुँदैछौं !
कसै कसैलाई बाउन छेत्रीको
आलो रगत चाट्नु पर्‍यो रे !
कसैलाई सिँगो मधेश एक प्रदेश बनाएर


नेपालबाटै फाट्नु पर्‍यो रे !
मगरलाई मगरात चाहियो रे !
गुरुङलाई तमुवान चाहियो रे !
लिम्बुलाई लिम्बुवान चाहियो रे !
खुम्बुलाई खुम्बुवान चाहियो रे !
मधेशीलाई मधेस एक प्रदेश चाहियो रे !
हरेक जात जाती भाषा भासी
सबैलाई आफ्नो पहिचान चाहियो रे !
राज्य चाहियो रे !
नेपाली भाषा नबोल्ने रे !
सँस्क्रिती परम्परा नबोल्ने रे !
फेरी फर्किने तयारीमा छौं हामी
जँग बहादुरको सोह्रौं शताब्दी तिर !
बाइसे चौबिसे राज्य तिर
सबैलाई अन्धेरी नगर चाहिएको छ
अनी सबै अन्धेरी नगरका चौपट राजा बनेर
राज्य गर्ने धोको छ !
मिलेर बसेका भाई भाई
आज आफै अाफैमा शत्रु बन्न थाल्दा
दुस्ट छिमेकीले हाम्रै घरमा
भाई भाई फुटाएर घर पुरै बाल्दा
अहँ हाम्रा आँखाहरु खुलेका छैनन !
कानहरु खुलेका छैनन !
हामी पुरै अन्धा भएकाछौं !
कान नसुन्ने बहिरा भएका छौं !
सबै अन्धकारमा हिडदा हिडदै
निस्किनै नसक्ने दल दलमा फस्दै गएका छौं !
छ्या कती मुर्ख हामीहरु !
अर्काको ईशारामा नाच्ने हामीहरु !
अर्काकै ईशारामा बाच्ने हामीहरु !
आफ्नै घरमा डढेलो लगाएर राम हेर्ने हामीहरु !
खरानीका लागि आफ्नै घरमा आगो झोँस्ने हामीहरु !
- रामप्रसाद खनाल, हाल अमेरिका

No comments:

Post a Comment