Wednesday, May 18, 2016

रेल र पानी जहाज चढ्न अात्तुर छु म !

किशुनजीले मेलम्चीको पानी
काठमाडौंमा झारेर सडक पखाल्दै गर्दा
मनै भरी मेलम्ची मेलम्ची देख्दै
पानी पानी भएका हामी
२०४७ देखी २०७३ सम्म अाइपुग्दा
अझै सपना मै छौं, बिपनाको खोजिमा... !
गिरिजाबाबुले भन्नु भाथ्यो
पञ्चायतले ३० बर्षमा नगरेको बिकास
काङ्रेसले तीन बर्षमा गर्छ
२०४८ देखी २०५१ सम्म ३ बर्ष सम्म
वहाँको भनाइ पत्याउँदै
हामीले सपना देख्यौं बिकासको
तर सपना सपनामै रह्यो
देखियो गिरिजा बाबुले के गर्नुभयो ?!
चौवत्तरे र छत्तिसेको खेलले
मदन र आश्रितलाई बगाएको
दासढुंगा नेरको त्रिशुलिको भेलले
२०५१ देखी एमालेलाई फलिफाप भो

अहिले सम्म थाहा छैन
दास ढुङ्गाको "हत्यारा" कहाँ गो ??
त्यो नारा कमरेड मनमोहन, माधव,
झलनाथ, केपी सबैलाई फलिफाप भो !
बिद्या दिदी राट्रपति बन्नु भो !
रुँदै हिंड्ने माया दिदीको के कुरा गर्नु, भो !
तर थाहा पाईएको छैन आज सम्म
दासढुङ्गाको हत्यारा कहाँ गो गो ??
२०५० सालको महाकाली सन्धी हुँदा
गिरिजाबाबुले राष्ट्रबादी सन्धि भन्नु भो
केपीले क्युसेकमा लगेर पानीको मात्रा गन्नु भो
सर्बोच्च अदालतका न्यायमुर्तिहरुले
महाकाली सन्धीमा राष्ट्रघात भएको छ भन्नु भो
हामी कसैले जिन्दाबाद भन्यौं
कसैले मुर्दाबाद भन्यौं
जे जे भन्यौं पत्याउनुस नपत्याउनुस्
मात्र हामी मुर्ख मात्र बन्यौं !
शेर बहादुरलाई शेर मान्दै
एक चोटि होइन कयौँ चोटि
देशको मुहार फेरिन्छ कि भन्दै दिन गन्दै जाँदा
कयौँ दिन बिते, महिना बिते, बर्ष बिते
तर हाम्रा सपना कहिलै बिपना बनेनन
सुर्य बहादुर, लोकेन्द्र बहादुर, फेरि शेर बहादुर हुँदै
महा शेर बनेका महाराजलाई पनि विश्वाश गरेकै हो
जे जे भन्छन आशा गर्दै सपना देख्दै भर परेकै हो
तर भयो के ?? छर्लँग छ सबैलाई
देश जनता सबै झन तल झरेकै हो !
पहिलेका गिरिजाबाबु जस्ता भए पनि
अहिलेका गिरिजाबाबु अब केही गर्छन् कि भन्दै
हामीले फेरि पत्यायौँ तर प्रतिफल ??
आकाशको फल आँखा तरी मात्र भो !
देशमा झन जात्रै जात्रा भो !
फाईदा उही दक्षिण लाई मात्र भो
मानौँ नमानौँ जुन जोगी आएनी उतैको पात्र भो !
बगरेले खसी रेटेझैं मान्छे रेटिए
दश बर्ष मान्छेका लाश मात्र भेटिए
कती कुटिए, कती लुटिए
घरबारहरु बेघरबार भए
सोझा साझा युवा युवती तरवार भए
चमत्कार गर्छौं भन्ने चमत्कारीहरुलाई पनि
अपराधका नायकहरुलाई देशका नायक मानेर
पालै पालो जनताले हेरेकै हो
केही गरिपो हाल्छन कि भन्दै ठेरेकै हो
तर, क्रान्तिकारी हौं भन्नेहरु नब सामन्त बनेर
पुराना सामन्तहरुलाई चटक्कै बिर्साए
ति चटकेहरुले देश लाई झनै घिस्राए
हाम्रा सपना कहिलै बनेनन बिपना !
हामी नेपाली जनता,
वाह कस्ता सहनशील जनता
जसले जे जे भन्छ पत्याएकै छौं
नेपाल लाई स्वीजरल्यान्ड बनाइदिन्छौं भने
त्यो पनि पत्यायौँ !
कसैले फेरि सिँगापुर बनाइदिन्छौं भने
लौ सिँगापुर नै सही भन्दै पत्यायौँ
हावा भरिएको बेलुन चढेर आकाशमा उडयौं
बेलुन आकाशमै पडकिँदा
गन्द्र्याम्म भुइमा पछारिएको क्षण बिर्सिंदै
फेरि हावाको बेलुन चढिरहेकै छौं
बेलुन उडाउनेहरु उडाइरहेकै छन
बेलुने हरुलाई चढाउने हरु चढाइरहेकै छन
लाग्छ हाम्रो नियती नै यस्तो हो ।
एक बर्ष भित्र हावा बाट बिजुली निकालेर
देशमा लोडसेडिङ हटाउने प्रधानमन्त्री
चुला चुलामा ग्यासका पाइप लाइन पुर्याउने प्रधानमन्त्री
भारतीय नाकाबन्दी र भाखाबन्दीमा
कुटनीतिक पहल भन्दा दाउरा बालेर देखाउने
राष्ट्रबादका पक्षपाती, मुसा पक्षपाती राष्ट्रबादी प्रधानमन्त्री
फेरि बर्षा नहुँदै जलमग्न काठमाडौंमा
पानी जहाज चलाऊन थाल्नु भएको छ
त्यो पनि नेपालको झण्डा गाढेर !
अब ति नेपाली झण्डा बोकेका पानी जहाज
हिन्द र प्रशान्त महासागरमा छिट्टै आउने छन !
काठमाडौंमा छिट्टै नेपालीले रेल चढ्न पाउने छन ।
दुनियाँ छक्क पर्ने छन, खुशीले बहुलाउने छन !
यसै भन्दैहुनुहुन्छ सम्माननीय प्रधानमन्त्री ज्यू
गरे के हुँदैन ? त्यो साँचो हो
तर कुन कुरा सम्भब छ र छैन
धरातलीय यथार्थ के छ ? साधन श्रोत के छ ?
समय सीमाको कुरा सोँच्दै नसोँची बुझ्दै नबुझी
कौवाले कान लाग्यो भन्दा कान नछाम्ने
कौवाको पछाडि डौडिने हामीहरु
उखान टुक्का सँगै मनका लडडु घिउमा डोब्दै
मुखमा हाल्दाको आनन्दमा लिप्त हामी
सपनाबाट कहिले ब्युझिन्छौँ ??
त्यो ब्युँझाइको दिनका लागि
म अर्को सपना देख्दै छु ।
- रामप्रसाद खनाल
'रेल र पानी जहाज चढ्न अात्तुर छु म !

- रामप्रसाद खनाल'

No comments:

Post a Comment